Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, दुर्घटनामा मृत्यु भएका प्रतिपरिवार ५० हजार राहत

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, दुर्घटनामा मृत्यु भएका प्रतिपरिवार ५० हजार राहत
Photo / Coverage: पर्दाफास

सर्लाहीको चक्रघट्टा गाउँपालिकाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका स्थानीय नागरिकका परिवारलाई प्रतिमृतक ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले आज शुक्रबार एक दिन स्थानीय शोक बिदासमेत दिएको छ । गाउँपालिकाले बिहीबार जारी गरेको शोक बिदासम्बन्धी सूचनाअनुसार बिहीबार बिहान मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६, सिचापानी क्षेत्रमा भएको यात्रुवाहक विद्युतीय सवारी दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जना यात्रुको दुःखद निधन भएको थियो । उक्त दुर्घटनामा आफ्ना स्थानीय नागरिक गुमाउनुपरेपछि गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे । गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले राहतस्वरूप आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । साथै मृतकहरूप्रति सम्मान प्रकट गर्दै गाउँपालिकाभित्रका सरकारी कार्यालय तथा शैक्षिक संस्थामा आज एक दिन शोक बिदा दिइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष
OthersJust now

‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

'रोनाल्डोको अगाडि कुनै पनि भाले हात्ती ढिम्किन पाउँदैन थे, उ बितेपछि कसले यसलाई पकडमा राख्ने भन्ने प्रतिस्पर्धा चर्किएको छ' केन्द्र प्रमुख चौधरी भन्छन्, 'तीन वटा भाले हात्ती भिडिरहेका छन्, अझै ध्रुबे त देखिएको छैन ।' ...

अनलाइन खबर
प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने
OthersJust now

प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् । प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य पनि सहभागी छन् । उनीहरू आजै रुसी समय सनुसार राति साढे ११ बजे मस्को पुग्नेछन् । त्यसपछि पाँच दिन… ...

अनलाइन खबर
च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति
OthersJust now

च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

काठमाडौँ उपत्यकाको इतिहासलाई गोपालराज वंशावलीले शासक अनुकूल तोडमरोड गरे पनि यहाँका गल्ली, फल्चा र उपेक्षित मूर्तिहरूले प्राचीन किरात सभ्यताको जीवन्त गवाही दिइरहेका छन्। लिच्छवि सेनाले च्यासलमा ८०० किरातीको टाउको काटेर गाडेको फल्चादेखि ‘तेपा’ भित्र लुकेर ज्यान जोगाएका व्यञ्जनकार समुदायको कथा र स्वयम्भूमा बेवारिसे अवस्थामा रहेको किरात राजाको विशिष्ट मूर्तिले उपत्यकाको प्रागैतिहासिक यथार्थको उत्खनन मागिरहेको छ। ...

अनलाइन खबर
ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्
OthersJust now

ट्रम्पले जेडी भान्सलाई इरान शान्ति वार्ताबाट हटाए, भने- उपराष्ट्रपतिले घरेलु मामिलामा ध्यान दिऊन्

२७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा भान्सले अब अमेरिकाको डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरहरूमा हुने भ्रष्टाचार र अपराधको अनुसन्धानमा ध्यान केन्द्रित गर्ने बताएका छन्। ट्रम्पले अमेरिकालाई अब इरानसँग कुनै सम्झौताको आवश्यकता नरहेको पनि स्पष्ट पारेका छन्। भान्सले इरानसँग… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play