Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सरकार अराजकतातर्फ उन्मुख : प्रदीप पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकार अराजकतातर्फ उन्मुख : प्रदीप पौडेल
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम।नेपाली कांग्रेसका महासचिव प्रदीप पौडेलले सरकारको क्रियाकलापका कारण लोकतन्त्र समाप्त हुने र मुलुकमा अराजकता बढ्ने खतरा रहेको बताएका छन्। उनले सरकारले विधिको शासनलाई कमजोर बनाउँदै मुलुकलाई अराजकतर्फ धकेल्न खोजेको आरोप लगाए। जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले विगतमा प्रश्न गर्नेहरूलाई हेप्ने गरेको सरकारले अहिले प्रश्न गर्नेलाई थुन्ने, अपमानित गर्ने र विधिको शासन नमान्ने प्रवृत्ति देखाएको बताए। पुराना दलको विरोध गर्दै उदाएको नयाँ पार्टी झन् बढी अराजक बन्न खोजेको उनको आरोप थियो। पछिल्ला घटनाक्रमले सरकारको व्यवहार लोकतान्त्रिक सिद्धान्तविपरीत रहेको पुष्टि गरेको उनले बताए। सुनकोशी–मरिण डाइभर्सनदेखि सञ्चार गृहमा प्रवेश गरी पत्रकार पक्राउ गर्ने घटनाले सरकारको स्वेच्छाचारी चरित्र देखाएको पौडेलले आरोप लगाए। यस्तै अवस्था रहे नेपाली कांग्रेस चुप लागेर नबस्ने भन्दै उनले दुर्गानन्द झा जन्मिन सक्ने चेतावनी समेत दिए। सरकार दुई तिहाइको दम्भमा अघि बढिरहेको र अन्य दललाई कमजोर बनाउने तथा ती दलभित्र खेल्ने प्रयास गरिरहेको उनको भनाइ थियो। सरकारले नेपाली कांग्रेसमाथि नियोजित रूपमा आरोप लगाएर पार्टीलाई कमजोर बनाउने प्रयास गरिरहेको भन्दै उनले त्यस्ता गतिविधिले कांग्रेस कमजोर नभई अझ सशक्त भएर जाने बताए। पौडेलले सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था सिर्जना गरिरहेको आरोप पनि लगाए। स्थानीय तहको निर्वाचन मिति ६ महिनाअघि नै घोषणा हुनुपर्ने संवैधानिक प्रावधान भए पनि सरकारको गतिविधि हेर्दा निर्वाचन गराउनेतर्फ ध्यान नदिएको उनले बताए। मधेस प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस सभापति गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको प्रसङ्गमा पौडेलले त्यसलाई अन्य राजनीतिक अर्थ लगाउन नहुने बताए। मधेस प्रदेशमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार रहोस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै उनले त्यसका लागि कुनै पनि प्रकारको अनैतिक गठबन्धन नगर्ने स्पष्ट पारे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिया तथा कफीमा आत्मनिर्भर बन्दै नेपाल, विश्वबजारमा माग बढ्दो
Latest NewsJust now

चिया तथा कफीमा आत्मनिर्भर बन्दै नेपाल, विश्वबजारमा माग बढ्दो

काठमाडौं । नेपाली चिया तथा कफीको अन्तर्राष्ट्रिय बजार विस्तार हुँदै गएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्मको अवधिमा नेपालबाट चिया तथा कफीजन्य विभिन्न उत्पादनको निर्यात उल्लेख्य देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा कफी, ग्रीन टी, कालो चिया तथा चिया मसलासहितका उत्पादन गरी कुल १ अर्ब ६६ करोड ५२ लाख ६ हजार रुपैयाँ बराबरको निर्यात भएको ...

केन्द्रबिन्दु
‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’
Latest NewsJust now

‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’

काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुने क्रममा टर्किएको अन्ताल्यामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) तुर्किएका अध्यक्ष विनोद पौडेलसँग भएको भेटवार्ता तथा छलफलका क्रममा परराष्ट्रमन्त्री खनालले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। एनआरएनए एनसिसी तुर्किएका अध्यक्ष पौडेलले परराष्ट्रमन्त्री ...

नेपालन्युज
ब्रह्माण्डको सबैभन्दा ठुलो थ्रीडी नक्सा : १५ हजार ‘ग्र्याभिटेसनल लेन्सिङ’ सहित ९० करोड आकाशगङ्गाको खोजी
Latest NewsJust now

ब्रह्माण्डको सबैभन्दा ठुलो थ्रीडी नक्सा : १५ हजार ‘ग्र्याभिटेसनल लेन्सिङ’ सहित ९० करोड आकाशगङ्गाको खोजी

काठमाडौँ । ब्रह्माण्डको अहिलेसम्मकै सबैभन्दा ठुलो थ्रीडी नक्सा तयार पार्ने अभियानमा रहेको ‘युक्लिड’ मिसनले आफ्नो पहिलो मुख्य तथ्यांक सार्वजनिक गरेको छ। युरोपेली अन्तरिक्ष निकाय (ईएसए) को यस मिसनले पहिलो चरणमै ९०... ...

रातोपाटी
छठ व्रत विधि आजदेखि सुरु
Latest NewsJust now

छठ व्रत विधि आजदेखि सुरु

काठमाडौँ । राजधानी काठमाडौँ सहरमा प्रत्येक वर्ष छठ बर्तालुुको सङ्ख्या वृद्धि हुँदै गएको छ । भगवान् सूर्यदेव र नदीको श्रद्धा भक्तिपूर्वक पूजा, आराधना गरी मनाइने छठ पर्वका लागि बर्तालु राजधानीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play