Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सरकारले प्रतिपक्षी र संसद्लाई हेपेको महामन्त्री पौडेलको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारले प्रतिपक्षी र संसद्लाई हेपेको महामन्त्री पौडेलको आरोप
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले प्रतिपक्षी दल, संसद्, जनता र सञ्चार जगत्लाई हेपेर ज्यादती बढाएको आरोप लगाएका छन्। सोमबार सिंहदरबारमा आयोजित कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले सरकार पूर्ण रूपमा स्वेच्छाचारी बन्दै गएको दाबी गरे। महामन्त्री पौडेलले सरकारले संविधान र कानुनको ठाडो बेवास्ता गरेको र कानुनी व्यवस्थालाई कमजोर पार्दै सत्ताको चरम दुरुपयोग गरिरहेको बताए। उनले राज्यका संवैधानिक अंगहरूलाई समेत कमजोर बनाउने काम भइरहेको उल्लेख गरे। बैठकमा उनले सरकारका यस्ता गलत कदमविरुद्ध संसद्मा सशक्त आवाज उठाउनुपर्नेमा जोड दिएका थिए। उनले सरकारको स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्न अन्य प्रतिपक्षी दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो औंल्याए। त्यसका लागि तत्काल प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्नुपर्ने कांग्रेसको माग हुनुपर्ने उनको भनाइ थियो। यसका साथै पौडेलले अदालतमा विचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरी नेतृत्व मुछिएको भनिएको ‘सेटिङ प्रकरण’ को निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। सरकार आफैंले यसबारे निष्पक्ष छानबिन गर्नेमा आफूलाई विश्वास नरहेको बताउँदै उनले यसका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने माग अघि सारेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डा. केसीकाे उपचार त्रिवि शिक्षण अस्पतालमा  हुँदै
Latest NewsJust now

डा. केसीकाे उपचार त्रिवि शिक्षण अस्पतालमा हुँदै

काठमाडौं । स्वास्थ्यमा जटिलता देखिएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान १०ः३० बजे काठमाडौं ल्याइएका केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै डा. केसीले गत बिहीबारदेखि इलामस्थित नारायण मन्दिरमा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए । अनसनका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि ...

केन्द्रबिन्दु
सत्तारुढ दल रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याए विपक्षी कांग्रेसले के गर्छ ?
Latest NewsJust now

सत्तारुढ दल रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याए विपक्षी कांग्रेसले के गर्छ ?

• राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिचौलियासँग सम्बन्धित न्यायाधीशहरूको महाभियोगको विषयमा कांग्रेसको समर्थनको अपेक्षा गर्दै आन्तरिक छलफल गरिरहेको छ। • कांग्रेसले महाभियोगको विषयमा तत्काल धारणा सार्वजनिक नगर्ने निर्णय गर्दै 'पर्ख र हेर'को नीति अपनाएको छ। • रास्वपामा न्यायाधीशहरूको महाभियोगको विषयमा दुई धार देखिएको छ, र बिचौलिया सापकोटासँगको सम्बन्धले रास्वपाको नेतृत्वलाई अन्योलमा पारेको छ। ...

नेपालबहस
डिजिटल प्रविधिले वित्तीय पहुँच र आर्थिक विकासमा ठूलो टेवा पुग्छ :  गभर्नर पौडेल
Latest NewsJust now

डिजिटल प्रविधिले वित्तीय पहुँच र आर्थिक विकासमा ठूलो टेवा पुग्छ : गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधिको तीव्र विकासले परम्परागत वित्तीय सेवा प्रवाह गर्ने शैलीमा आमूल परिवर्तन ल्याइरहेको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको ‘वित्तीय सेवाबाट... ...

रातोपाटी
कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु
Latest NewsJust now

कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु

बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश र कर्मचारीतन्त्रमा बढेको त्रासबारे छलफल भइरहेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play