Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सरकारले नीतिगत स्थिरता र अनुकूल व्यावसायिक वातावरण निर्माण गरोस्, निजी क्षेत्र लगानीका लागि तयार छः महासंघ अध्यक्ष श्रेष्ठ

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारले नीतिगत स्थिरता र अनुकूल व्यावसायिक वातावरण निर्माण गरोस्, निजी क्षेत्र लगानीका लागि तयार छः महासंघ अध्यक्ष श्रेष्ठ
Photo / Coverage: टक्सार

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्र लगानीका लागि तयार रहेको भन्दै त्यसका लागि सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा र अनुकूल व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । काठमाडौँमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकारले पूर्वाधार क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको समेत बताए । बजारमा उत्पादनको माग घट्दै गएको र मुद्रा प्रवाहसमेत कमजोर हुँदा उद्योगी व्यवसायी प्रभावित भएको उनको भनाइ छ । उनले बढ्दो युवा पलायनका कारण आन्तरिक बजारमा वस्तु तथा सेवाको माग घटिरहेको उल्लेख गर्दै बजारमा माग बढाउने वातावरण निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गराए । उनले पछिल्लो समय पूर्वाधार क्षेत्रमा राज्यको लगानी र खर्च अपेक्षाकृत रूपमा बढ्न नसकेको समेत उल्लेख गरे । पूर्वाधारमा सरकारी लगानी बढे मात्रै बजारमा मुद्रा प्रवाह र माग विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले उत्पादन, निर्यात, रोजगारी र लगानी विस्तारमा निजी क्षेत्रको भुमिका प्रभावकारी बनाउन महासंघले छिमेकी मुलुकहरूसँग पनि छलफल अघि बढाएको बताए । संयुक्त व्यापार मञ्च (जोइन्ट बिजनेस फोरम) गठन गरी नेपालबाट छिमेकी मुलुकमा निर्यात गर्न सकिने वस्तु तथा ती मुलुकबाट नेपालमा आयात गर्न सकिने उत्पादन पहिचान गर्ने काममा महासंघ क्रियाशील रहेको अध्यक्ष श्रेष्ठले बताए ।महासंघले मुलुकमा व्यापार विस्तार, लगानी आकर्षण, निर्यात प्रवद्र्धन र व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले अगामी १७ देखि २१ मंसिरसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दैछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डा. केसीकाे उपचार त्रिवि शिक्षण अस्पतालमा  हुँदै
Latest NewsJust now

डा. केसीकाे उपचार त्रिवि शिक्षण अस्पतालमा हुँदै

काठमाडौं । स्वास्थ्यमा जटिलता देखिएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान १०ः३० बजे काठमाडौं ल्याइएका केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै डा. केसीले गत बिहीबारदेखि इलामस्थित नारायण मन्दिरमा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए । अनसनका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि ...

केन्द्रबिन्दु
सत्तारुढ दल रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याए विपक्षी कांग्रेसले के गर्छ ?
Latest NewsJust now

सत्तारुढ दल रास्वपाले विवादित न्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याए विपक्षी कांग्रेसले के गर्छ ?

• राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिचौलियासँग सम्बन्धित न्यायाधीशहरूको महाभियोगको विषयमा कांग्रेसको समर्थनको अपेक्षा गर्दै आन्तरिक छलफल गरिरहेको छ। • कांग्रेसले महाभियोगको विषयमा तत्काल धारणा सार्वजनिक नगर्ने निर्णय गर्दै 'पर्ख र हेर'को नीति अपनाएको छ। • रास्वपामा न्यायाधीशहरूको महाभियोगको विषयमा दुई धार देखिएको छ, र बिचौलिया सापकोटासँगको सम्बन्धले रास्वपाको नेतृत्वलाई अन्योलमा पारेको छ। ...

नेपालबहस
डिजिटल प्रविधिले वित्तीय पहुँच र आर्थिक विकासमा ठूलो टेवा पुग्छ :  गभर्नर पौडेल
Latest NewsJust now

डिजिटल प्रविधिले वित्तीय पहुँच र आर्थिक विकासमा ठूलो टेवा पुग्छ : गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधिको तीव्र विकासले परम्परागत वित्तीय सेवा प्रवाह गर्ने शैलीमा आमूल परिवर्तन ल्याइरहेको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको ‘वित्तीय सेवाबाट... ...

रातोपाटी
कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु
Latest NewsJust now

कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु

बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश र कर्मचारीतन्त्रमा बढेको त्रासबारे छलफल भइरहेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play