Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सरकारको कार्यशैलीप्रति गगनको असन्तुष्टि, प्रतिवाद गर्ने चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारको कार्यशैलीप्रति गगनको असन्तुष्टि, प्रतिवाद गर्ने चेतावनी
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपाली कांग्रेसका सभापति गगन थापाले पत्रकार पक्राउ प्रकरण र विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक नगरेको विषयलाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्दै उनले समाचार प्रकाशनकै आधारमा सञ्चार गृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यविपरीत भएको बताए। प्रधानमन्त्रीको सचिवालय र प्रहरीबाट आएका विरोधाभासपूर्ण अभिव्यक्ति तथा २८ जना पत्रकारको सूची तयार गरी प्रहरीलाई पठाइएको विषयले घटनालाई थप गम्भीर बनाएको उनको भनाइ थियो। पत्रकार रिहा हुँदैमा प्रकरण टुङ्गिने नभई राज्यशक्तिको प्रयोगबारे सरकारले जवाफ दिनुपर्ने उनले बताए। थापाले गृहमन्त्रीको सम्पत्तिसम्बन्धी विवाद, भदौ २४ को घटना र सुनसरीको कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन सार्वजनिक नभएको विषय समेत उठाए। छानबिन समिति गठन गर्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने प्रवृत्तिले सरकारी अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठेको उनले बताए। सरकारले आफू अनुकूलका विषयमा मात्रै छानबिन प्रतिवेदन प्रयोग गर्ने गरेको आरोप लगाउँदै उनले नागरिकप्रति जवाफदेही हुन सरकारलाई आग्रह गरे। राज्यका निकायलाई व्यक्तिगत इच्छा र आदेशका आधारमा परिचालन गर्न नहुने उल्लेख गर्दै थापाले लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथि हुने हस्तक्षेपविरुद्ध कांग्रेसले राजनीतिक तथा संस्थागत रूपमा प्रतिवाद गर्ने चेतावनी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मालपोत कर्मचारीको अवैध आम्दानी ९ करोड ७२ लाख
Latest NewsJust now

मालपोत कर्मचारीको अवैध आम्दानी ९ करोड ७२ लाख

भूमिसुधार विभाग अन्तर्गतका भूमिसुधार तथा मालपोत कार्यालयहरूमा कार्यरत यदुनाथ आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ रूपैयाँ र ८३ पैसा बराबर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कस... ...

नेपालखबर
सीपीसीको बैठकले लिएको निर्णय नेपालको लागि पनि महत्त्वपूर्ण : नारायणकाजी श्रेष्ठ
Latest NewsJust now

सीपीसीको बैठकले लिएको निर्णय नेपालको लागि पनि महत्त्वपूर्ण : नारायणकाजी श्रेष्ठ

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टीको २० औ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकको बारेमा गरेको यस्तो गोष्ठीले नेपालको सन्दर्भ राम्रो सन्देश दिएको बताएका... ...

रातोपाटी
न्यायाधीशविरुद्ध रास्वपाले कहिले अगाडि बढाउँछ महाभियोग
Latest NewsJust now

न्यायाधीशविरुद्ध रास्वपाले कहिले अगाडि बढाउँछ महाभियोग

सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र बेथिति’ बारे संसदबाट ‘निर्णायक कदम’ चाल्ने बताएपछि त्यसबारे आम चासो बढेको छ। पार्टीको सचिवालय बैठकको निर्देशन अनुसारसंसदीय प्रक्रिया र विधिमाथि रास्वपामा आन्तरिक छलफल भइरहेको छ।  गत शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसहित कानुन पृष्... ...

नेपालखबर
काठमाडौं फिल्म फेस्टिभल, व्यक्तिगत र पेशागत जीवनका कथा
Latest NewsJust now

काठमाडौं फिल्म फेस्टिभल, व्यक्तिगत र पेशागत जीवनका कथा

काठमाडौं । गएको शनिवार काठमाडौंमा झरी परिरहेको थियो । अलि चिसो पनि भएको, मौसम परिवर्तनले स्वास्थ्य बिग्रिएला कि भन्ने चिन्ताले घरबाट बाहिर निस्कौँ कि ननिस्कौँ भन्ने दोधार थियो । तर, नेपाल पर्यटन बोर्डको प्रेक्षालय भने कलाकार र हचलचित्र क्षेत्रका पारखीहरुले खचाखच थियो । त्यहाँ भारतीय अभिनेत्री शबाना आजमीका जीवनका कथा सुनाइरहेकी थपइन् । नेपाली अभिनेत्री स्वस्तिमा खड्का, आजमीको व्यक्तिगत, सामाजिक र पेशागत ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play