Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

सम्वत् सम्बन्धी नीति खोइ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
सम्वत् सम्बन्धी नीति खोइ ?
Photo / Coverage: अनलाइनपाना

नेपाल सरकारले नेपाल सम्वत्‌लाई राष्ट्रिय मान्यता प्रदान गर्ने क्रममा अब सरकारी दस्तावेजहरूमा पनि यसको औपचारिक प्रयोग गर्ने आधिकारिक निर्णय गरिसकेको छ । यस अवस्थामा अब नेपाल सम्वत्‌को प्रयोग कुन स्तरमा पुग्यो भने यसले राष्ट्रिय मान्यता पाएको ठहर हुन्छ भनेर बुँदागत रुपमै स्पष्ट हुनुपर्ने खाँचो छ । नेवाः समुदाय, त्यसमा पनि काठमाडौं उपत्यकाका नेवाः समुदायको अगुवाई र सहभागितामा नेपाल सम्वत्‌को अभियान वा भिन्तुना आन्दोलन चलेको थियो । त्यसो भन्दैमा यो नेवाः समुदायको मात्र अभियान भने होइन । अहिले पनि यो नेवार समुदायको सम्वत् भन्ने भ्रम धेरैमा रहेको पाइन्छ । त्यही कारणले हरेक वर्ष प्रधानमन्त्रीलाई भेट्न जाँदा नेपाल सम्वत्‌को अभियान नेवाः समुदायले अगुवाई गरेकै आधारमा यो नेवाः हरूको मात्र सम्वत् भन्न मिल्छ भनेर प्रश्न सोध्दै आएको छु । नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चारै जना नेवाः समुदायका हुन् । नेपाली कांग्रेस संस्थापना गर्ने व्यक्तिहरू पनि नेवाः समुदायका छन् । नेवाःहरूले स्थापना गरेको पार्टी बोकिरहन मिल्ने तर नेपाल संवत्‌लाई किन बोक्न नमिल्ने भनेर अहिलेका प्रधानमन्त्री र प्रधानमन्त्री भइसकेका वरिष्ठ नेताहरू सबैलाई सोधिसकेको छु । नेपाल सम्वत्‌को प्रयोग सरकारीस्तरमा व्यापक बनाउन प्रधानमन्त्रीलाई केले अप्ठ्यारो पारेको छ ? यस सम्बन्धी निर्णय गर्न केले रोके को छ? जवाफमा यस सम्बन्धी ठोस काम गर्छु भनेर हरेक प्रधानमन्त्रीले भन्ने गरेको छ। नेपाल सम्वत्को अभियानले केही उपलब्धि हासिल नगरेको होइन । तथापि ती उपलब्धीहरू किस्ताबन्दीका रुपमा पाइरहेका छौं। फेरि हामीले सरकारलाई भन्यौं– किस्ताबन्दी रुपमा पाइरहेको उपलब्धि पर्याप्त भएन । नेपाल सम्वत्को प्रयोग सम्बन्धी राष्ट्रिय सम्वत् नीति बनाउनु आवश्यक छ । सम्वत्‌को प्रयोगका सन्दर्भमा सरकारी दृष्टिकोण के हो ? सरकारलाई बारम्बार सोध्दै आएका छौं । कमसेकम सम्वत् सम्बन्धी एउटा छुट्टै नीति आवश्यक छ । यस आन्दोलनका सर्वोच्च नेता पद्मरत्न तुलाधर हुँदादेखि हामीले यही कुरो भन्दै आएका छौं। तर पनि राज्यबाट टुक्रा टुक्रा रुपमा मागहरू पूरा हुँदै आइरहेको छ । कहिले नेपाल सम्वत्‌लाई राष्ट्रिय मान्यता प्रदान गरेको छ, कहिले सरकारले मान्यता दिएको भनेछ, त कहिले शंखधरलाई राष्ट्रिय विभूति घोषणा छ, कहिले बिदा भनेको छ र कहिले कार्यदल गठन गरेको छ । आजभन्दा २५ वर्ष अघिदेखि अहिलेसम्म हामीले नेपाल सम्वत्‌का सवालमा छ सात वटा सरकारी निर्णयहरू पाइसकेका छौं । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाल संवत् सम्बन्धी कार्यदल पनि गठन गरियो । कार्यदलले प्रतिवेदन पनि बुझायो तर त्यो प्रतिवेदन अध्ययन नहुँदै सरकार फेरबदल भयो । जनताले प्रतिवेदनमा के छ भनेर अहिलेसम्म थाहा पाएको छैन । सरकारले नेपाल सम्वत्‌लाई ग्रहण गरिदिनुस् । हाम्रो आग्रह यही रहेको छ । सरकारी कामकाजमा नेपाल सम्वत्‌को प्रयोग गर्ने भनेर नयाँ वर्षकै अघिल्लो दिन (विक्रम सम्वत् २०८१को कार्तिक २७ गते) मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । तर, त्यो निर्णय राजपत्रमा निस्किएन । मन्त्रिपरिषद्ले निर्णय गर्ने तर राजपत्रमा ननिस्किने पनि हुन्छ ? त्यसपछि कस्तो निर्णय भएको छ भनेर हामी सिहंदरबार गयौं । ठाडो आदेशको भरमा निर्णय गरिएको रहेछ । ठाडो आदेशको भरमा गरिएको निर्णय राजपत्रमा ननिस्किने रहेछ । मन्त्रालयबाट प्रक्रिया पुऱ्याएर, कानुन मन्त्रालयको सहमति लिएर मन्त्रिपरिषद्मा जानुपर्ने प्रक्रिया रहेछ । यो विषयमा कर्मचारी संयन्त्र र प्रधानमन्त्रीलाई पनि भेटेर भनिसकेका छौं । हामीले बजेट वा अरु भौतिक सामग्री मागेका होइनौं, मन्त्रिपरिषद्ले गरेको निर्णय राजपत्रमा प्रकाशित गरिदिनु भए पुग्छ भनेर प्रधानमन्त्री समक्ष भनेका थियौं । राजपत्रमा प्रकाशित भए भोलि काम गर्न सजिलो हुनेछ, कर्मचारी संयन्त्रलाई काम गर्न सहज हुनेछ । हामीले मागेको यति मात्रै हो । अर्थात सरकारले गरिसकेको निर्णयलाई औपचारिक प्रदान गरियोस् भन्ने मात्रै हाम्रो माग हो । त्यसै गरी अहिले नेपाल सम्वत्‌को सरकारी कार्यालयमा प्रयोग बारे अनुगमन गर्न सरकार समक्ष भन्दै आएका छौं । विभिन्न सरकारी कार्यालय, अड्डा र निकायले अहिले नेपाल सम्वत् प्रयोग गर्दै आएको छ । तर त्यसको प्रयोगमा कहीं समस्या छ कि ? त्यसलाई अझै सहज बनाउने कुनै उपाय छ कि ? अथवा कसैले प्रयोग नगरेको अवस्था पो छ कि ? त्यसको अनुगमन गर्न जरुरी छ । अहिलेसम्म पाएको उपलब्धिमा हामी खुशी छौं । तर, त्यो पर्याप्त छैन । यसका लागि सम्वत् सम्बन्धी नीति बनाएर कानुनी रुपमै अघि बढ्नुपर्ने खाँचो छ । मुख्यरुपमा भन्नुपर्दा सरकारले नेपाल सम्वत्‌को अपनत्व ग्रहण गर्नुपर्दछ । अहिले सरकारको शून्य लगानीमा नेपाल सम्वत् क्यालेण्डर हेर्ने एप्स बनाएका छौं। सरकारले नेपाल सम्वत्‌को प्रयोगको लागि लगानी गरेपछि मात्र नेपाल सम्वत्‌को तिथिमिति, यसबारे सारा जनताले थाहा हुनेछ । यसले नेपाल सम्वत्‌बारे बुझाउन धेरै सहयोग गर्नेछ। त्यसपछि नेपाल सम्वत्‌को प्रयोग अझ बढ्ने छ । पञ्चायती सत्ता ढाल्न नेपाल सम्वत् को आन्दोलन निकै सहयोगी बनेको इतिहास हामी सामू छ । यो कुरो अहिलेका शासकहरूले बुझेर पनि बुझपचाउनु भएन । भोलि नेपाल सम्वत्‌को आन्दोलनको गति तीब्र भयो भने के हुन्छ भनेर शासकहरूले गम्भीर रुपमा सोच्नुपर्ने खाँचो छ । बंगलादेश लगायत विभिन्न देशको गतिविधि हेर्ने हो भने यसो हुँदैन भन्न सकिन्न। त्यसले गर्दा नेपाल सम्वत्‌लाई राष्ट्रकै सम्वत् भनेर लिनु आवश्यक छ । हामी सानै उमेरदेखि विक्रम सम्वत् पढ्दै प्रयोग गर्दै हुर्किएकोले हामीले नेपाल सम्वत् प्रयोगलाई ल्याउन नसकिएको हो । नेपाल सम्वत्बारे अहिले स्कुलबाटै शिक्षा दिने हो भने अहिले विक्रम सम्वत् प्रयोग गरे झै यसको पनि प्रयोग सहज हुनेछ । त्यसका लागि शिक्षा, चेतना दिनुपर्ने खाँचो छ । राम्रो चिज सिकायौं भने त्यसको ग्राह्यता पनि सहज हुन्छ । जुन कुरा सिकाइन्छ, त्यही सिक्छौं । राणाकालदेखि नेपाल सम्वत् बारे सिकाइएन । त्यसैले हामीले सिकेनौं। वि.सं २०५६ सालमा शंखधर साख्वाः राष्ट्रिय विभूति घोषणा गरेको थियो । अहिले विद्यालयस्तरमा ठाउँको जीवनीबारे र इतिहासबारे पढाइने गरेको छ । ६ कक्षाको नेपालीमा शंखधरको जीवनी राखिएको छ। त्यसपछि कक्षा ५ र ९ कक्षामा नेपाल सम्वत्का प्रणेता शंखधर साख्वाः भनेर राखिएको छ। यसले शंखधर साख्वाःको प्रचार जनजनमा फैलाउन धेरै काम गयो । तर, स्थानका विषयमा समेटिएको पुगेन भनेर भन्दै आएका छौं । शंखधर साख्वाःको माध्यमबाट राष्ट्रियता, गरिबी निवारण, सामाजिक कल्याणकारी सेवा लगायतका विषयमा ज्ञान दिन सकिन्छ। ठिमी ल्यायम्ह पुचःको अगुवाईमा विभिन्न स्थानमा नेपाल सम्वत्का प्रणेता शंखधर साख्वाःको सालिक निर्माणलाई तीव्रता दिएका छौं । अहिले देशभर २८ ठाउँमा शंखधरको सालिक रहेको छ । शंखधर साख्वाःको सालिकप्रतिको सम्मानले हामीलाई लोककल्याणको मार्गमा अग्रसर हुन प्रेरणा प्रदान गर्दछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मी पूजाको रात झिलिमिली काठमाण्डु
Latest NewsJust now

लक्ष्मी पूजाको रात झिलिमिली काठमाण्डु

काठमाण्डु – हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आईतबार लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ। लक्ष्मी पूजाको अवसरमा काठमाण्डु उपत्यका झिलिमिली बनेको छ। धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले सजावट गरिएपछि उपत्यकाका […] ...

काठमाण्डुपाटी
कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, भोटेकोसी बाढीलाई उदाहरण बनाएर क्षतिपूर्ति माग
Latest NewsJust now

कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, भोटेकोसी बाढीलाई उदाहरण बनाएर क्षतिपूर्ति माग

नेपालले ठूलो मात्रामा जलवायु वित्तको परिचालन हुनुपर्ने, जलवायु जन्य नोक्सानीमा नेपालले क्षतिपूर्ति पाउनुपर्ने, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नुपर्ने अडान सहित कोप–३१ मा पेस गर्ने ‘पोजिसन पेपर’ तयार गरेको छ।  संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मे... ...

नेपालखबर
राइफलको गोलीसहित राजधानीको कलंकीबाट एक जना पक्राउ
Latest NewsJust now

राइफलको गोलीसहित राजधानीको कलंकीबाट एक जना पक्राउ

काठमाडौँ । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play