Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत

Share:WhatsAppFacebookX (Twitter)Telegram
समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत
Photo / Coverage: केन्द्रबिन्दु

नोम पेन्ह । कम्बोडिया र थाइल्यान्डले विवादित समुद्री क्षेत्रको भौगोलिक अवस्था बुझ्न संयुक्त राष्ट्रसङ्घीय आयोगलाई दुवै देशका तट तथा सम्बन्धित टापुहरूको स्थलगत भ्रमण गर्न अनुमति दिने सहमति गरेका छन् । समुद्री कानूनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (युएनसीएलओएस) अन्तर्गतको मेलमिलाप आयोगसँग मलेसियाको क्वालालम्पुरमा भएको चारदिने तेस्रो बैठकपछि दुवै देशले यस्तो सहमति गरेका हुन् । बैठकका क्रममा समुद्री सीमा निर्धारणसँग सम्बन्धित प्राविधिक विषयमा काम गर्न दुवै देशका विज्ञ र आयोगका सदस्यहरू सम्मिलित संयुक्त प्राविधिक कार्यदल गठन गरिएको थियो । बैठकपछि जारी विज्ञप्तिमा सम्बन्धित टापु र दुवै देशका तटहरूको भ्रमणले विवादित क्षेत्रको भौगोलिक अवस्था तथा त्यससँग जोडिएका विशिष्ट परिस्थितिबारे आयोगलाई थप जानकारी प्राप्त हुने उल्लेख गरिएको छ । कम्बोडियाका उपप्रधानमन्त्री तथा विदेशमन्त्री प्राक सोखोन्नेले क्वालालम्पुर बैठकमा भएको प्रगतिलाई दुवै देशका लागि सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन्। उनले कम्बोडिया र थाइल्यान्ड सधैँ छिमेकी रहने भएकाले आपसी सहकार्य र समझदारी महत्त्वपूर्ण रहेको बताए । त्यसैगरी, थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिहासाक फुआंगकेटकोले समुद्री सीमा विवाद समाधानका लागि थाइल्यान्डले मेलमिलाप प्रक्रियामा रचनात्मक सहभागिता जनाइरहने बताएका छन् । उनले दुई देशबीचको समुद्री सीमा निर्धारणमा निरन्तर प्रगति हुने आशा व्यक्त गरे । -सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पूर्वमुख्यसचिव अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न अनुमति
Latest NewsJust now

पूर्वमुख्यसचिव अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न समय दिइएको छ । काठमाडौं जिल्ला अदालतले शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सो अनुमति दिएको हो । विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट बिहीबार पक्राउ परेका अर्याललाई अनुसन्धानका लागि समय माग गर्दै शुक्रबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएको थियो । सीआईबीले बिहीबार […] ...

लोकपथ
बीमितको बोनस खुम्च्याउँदै शेयरधनीलाई पोस्दै नेपाल लाइफ, बीमितको हितमा नियामक किन मौन ?
Latest NewsJust now

बीमितको बोनस खुम्च्याउँदै शेयरधनीलाई पोस्दै नेपाल लाइफ, बीमितको हितमा नियामक किन मौन ?

• नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लगातार तीन वर्षदेखि शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्दै आएको छ, तर बीमितको बोनसदरमा उतारचढाव रहेको छ। • कम्पनीको बीमा कोष २ खर्ब ३३ अर्ब पुगेको छ, र बीमाशुल्क संकलन १८ प्रतिशतले वृद्धि भएको छ। • बीमित र शेयरधनीको लाभांश र बोनसदरको वितरण प्रक्रियामा पारदर्शिता र न्यायको आवश्यकताबारे चासो व्यक्त गरिएको छ। ...

नेपालबहस
दक्षिण सुडानका प्रमुख चार क्षेत्रमा सङ्कटकाल हटाइयो
Latest NewsJust now

दक्षिण सुडानका प्रमुख चार क्षेत्रमा सङ्कटकाल हटाइयो

जुबा, मङ्सिर ११ गते । दक्षिण सुडानका राष्ट्रपतिले चार क्षेत्रबाट सङ्कटकाल हटाएको उहाँको राष्ट्रिय टेलिभिजनले बिहीबार जनाएको छ । यससँगै द्वन्द्वका कारण ढिलो भएका चुनाव अब अर्को वर्ष... ...

गोरखापत्र
अर्घाखाँची सिमेन्टले उत्कृष्ट डिलरलाई गरायो मुक्तिनाथ दर्शन
Latest NewsJust now

अर्घाखाँची सिमेन्टले उत्कृष्ट डिलरलाई गरायो मुक्तिनाथ दर्शन

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले बिक्री लक्ष्य पूरा गर्ने उत्कृष्ट डिलरलाई मुक्तिनाथ दर्शन गराएको छ। कम्पनीले आफ्ना डिलरका लागि आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न गरेको हो। गत जेठ र असारमा सञ्चालन गरिएको विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरलाई यात्रामा सहभागी गराइएको कम्पनीले जनाएको छ। तीनदिने यात्राका क्रममा सहभागी डिलरहरूले मुक्तिनाथ, कागबेनीलगायत धार्मिक तथा पर्यटकीय स्थलको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement