काठमाडौं।सभामुख डोलप्रसाद (डीपी) अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै उनीहरूले देखेको समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको संकल्प आत्मसात् गर्नुपर्ने बताए। यसअघि आज बिहान सभामुख अर्याल कलैयास्थित रामजानकी छठघाट पुगेर उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्नुका साथै छठी माताको पूजा–आराधनामा सहभागी भएका थिए। उनको सचिवालयले यो जानकारी दिएको हो।
सभामुख अर्यालद्वारा सहिदलाई श्रद्धाञ्जली

Read Complete Original Article
Published originally on नेपालन्युज






