Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सबै अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आधार तयार गरिएको छः मन्त्री वादी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सबै अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आधार तयार गरिएको छः मन्त्री वादी
Photo / Coverage: टक्सार

काठमाडाैँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सरकारले संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने नीतिगत आधार तयार गरेको बताएकी छिन् । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा मन्त्री बादीले क्रमशः प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी अस्थायी प्रकृतिका सबै कर्मचारी तथा शिक्षकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको योजना रहेको बताएकी हुन् । निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकसँगै सरकारी क्षेत्रका सामाजिक सुरक्षा सुविधा प्राप्त नगरेका कर्मचारीलाई पनि सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराउने सरकारको नीति रहेको बताइन् । उनकाअनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमा विनियोजन गरिएको एक अर्ब ८० करोड ६३ लाख रूपैयाँमध्येबाट संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई कोषमा आवद्ध गराउने आधार तयार गरिएको छ । त्यसैगरी अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन स्थानीय तहको सहयोगदानसहितको सहभागितालाई प्रोत्साहन गर्ने र श्रमिकका लागि हाल एक प्रतिशतले हुने रकम बराबरको सहयोगदान संघीय सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइएको उनले बताइन् । सरकारका उच्च पदाधिकारीदेखि आधारभूत तहका श्रमिकसम्म सबैलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रिया अघि बढाइएको मन्त्री वादीको भनाइ छ । सार्वजनिक खरिद प्रक्रियामा सामाजिक सुरक्षा कोषमा आबद्धतालाई अनिवार्य बनाउने व्यवस्थाले सामाजिक सुरक्षालाई रोजगारी, श्रम बजार र सार्वजनिक नीतिसँग जोड्ने आधार तयार गरेको उनले बताइन् । विभिन्न निकाय र कार्यक्रममार्फत छरिएर रहेका सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई समन्वय र एकीकृत गर्न एकीकृत सामाजिक सुरक्षा कोषको संस्थागत विकासमा सरकार क्रियाशील रहेको बताउँदै मन्त्री वादीले सामाजिक सुरक्षा कोषलाई श्रमिकको योगदान, रोजगारदाताको जिम्मेवारी र सरकारको कल्याणकारी प्रतिवद्धताबाट निर्माण भएको नागरिकको भविष्यसँग जोडिएको साझा भरोसाको पुँजीका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन् । कोषको संरक्षण, पारदर्शिता, प्रभावकारी व्यवस्थापन, योगदानको उचित परिचालन तथा दीर्घकालीन वित्तीय दिगोपना सुनिश्चित गर्न सरकार गम्भीर रहेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१०औँ राष्ट्रिय खेलकुद :  महिला क्रिकेटतर्फ एपीएफ सेमिफाइनल प्रवेश
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद :  महिला क्रिकेटतर्फ एपीएफ सेमिफाइनल प्रवेश

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्तर्गत विभागीय टोली एपीएफ क्लबले मधेस प्रदेशलाई पराजित गरेको छ । शुक्रबार दोस्रो जीतसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफले मधेसलाई ८० रन अन्तरमा... ...

रातोपाटी
एमालेलाई फेरि जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : शङ्कर पोखरेल
Latest NewsJust now

एमालेलाई फेरि जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : शङ्कर पोखरेल

तनहुँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जितेर एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन् । एमाले तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताएका हुन् । उनले एउटा निर्वाचनमा पार्टी पराजित हुँदैमा एमालेको […] ...

लोकपथ
कानेपोखरीमा १४ वर्षीया बालिकामाथि बलात्कार, कुटपिटको भिडियो खिच्ने युवक पक्राउ
Latest NewsJust now

कानेपोखरीमा १४ वर्षीया बालिकामाथि बलात्कार, कुटपिटको भिडियो खिच्ने युवक पक्राउ

मोरङको कानेपोखरीमा बलात्कार आरोपितका २३ वर्षीय छोराले बालिकामाथि सोधपुछ गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा राखेका थिए। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement