Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
Photo / Coverage: पर्दाफास

नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न तथा त्यसको कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप-३१ को निर्णय मस्यौदामा तीन बुँदे प्रस्ताव पेस गर्ने भएको छ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र र हिमनदीमा निर्भर समुदायले भोगिरहेका जोखिम सम्बोधन गर्ने उद्देश्यले कोप-३१ को अध्यक्षताको परामर्शमा तयार गरिएको निर्णय मस्यौदामा छुट्टै पर्वतीय जलवायु कार्यक्रम स्थापना गर्ने प्रस्ताव समेटिएको छ । नेपालले उक्त प्रस्तावको स्वागत गरे पनि कार्यक्रम कार्यान्वयनका महत्त्वपूर्ण पक्ष स्पष्ट नभएको भन्दै थप व्यवस्था गर्नुपर्ने धारणा राखेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकालका अनुसार नेपालले कार्यक्रम सन् २०२७ देखि सुरु गर्ने समयसीमा, कार्यक्षेत्र तथा कार्यान्वयन विधि र जलवायु वित्त तथा अनुकूलनका पर्वत विशेष सूचक स्पष्ट गर्न प्रस्ताव गर्नेछ । कोप-३१ को अध्यक्षतामा पक्ष राष्ट्रहरूसँगको परामर्शपछि तयार गरिएको मस्यौदाको बुँदा ३१ मा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम स्थापना गर्ने प्रस्ताव छ । कार्यक्रमले वैज्ञानिक बुझाइ अभिवृद्धि, अनुकूलनका कार्य, उत्थानशीलता निर्माण तथा पर्वतीय र हिमनदीमा निर्भर समुदायलाई सहयोग गर्ने लक्ष्य राखेको छ । मस्यौदामा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी विषयलाई पक्ष राष्ट्रहरूको सम्मेलन (कोप) को स्थायी कार्यसूचीमा समावेश गर्ने तथा कोप–३२ मा उच्चस्तरीय संवाद आयोजना गर्ने प्रस्ताव पनि छ । बुँदा ३२ मा सहायक निकायका ६६औँ र ६८औँ अधिवेशनमा यस विषयमा संवाद आयोजना गर्ने र त्यसलाई निरन्तरता दिने उल्लेख छ । साथै, पर्वतीय देश, आदिवासी तथा स्थानीय समुदायका प्राथमिकतालाई जलवायु कार्यमा समेट्न नियमित उच्चस्तरीय संवाद सञ्चालन गर्न प्रोत्साहित गरिएको छ । मस्यौदामा समेटिएका यी प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा पर्वतीय मुद्दालाई संस्थागत रूपमा स्थापित गर्ने नेपालको प्रयासमा भएको प्रगतिका रूपमा हेरिएको छ । यद्यपि, नेपाल र भुटानले गत अक्टोबर २९ मा संयुक्त रूपमा अघि सारेका विषय मस्यौदामा पूर्ण रूपमा समेटिएका छैनन् । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीका सल्लाहकार अभिषेक श्रेष्ठले मस्यौदाको स्वागत गर्दै नेपालले प्रस्ताव गरेका सबै विषय समेट्न थप प्रयास जारी राखिने बताए । उनले यसका लागि सम्बन्धित राष्ट्र र समूहसँग वार्ता भइरहेको र प्रस्तावका विषय समेटिने अपेक्षा गरिएको जानकारी दिए। हिमाली क्षेत्रमा तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसको सीमाभित्र राख्ने विषयलाई कोप-३१ को छुट्टै एजेन्डामा समावेश गर्न नेपाल र भुटानले गत अक्टोबर २९ मा संयुक्त प्रस्ताव अघि सारेका थिए । दुवै देशले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख विषय बनाउन उक्त प्रस्ताव गरेका थिए । मन्त्री चौधरीले नेपाल र भुटानका तर्फबाट सम्मेलनको मस्यौदा कार्यविधिको नियम १२ अन्तर्गत प्रस्ताव पेस गरेकी थिइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पूर्वाधार विकास मन्त्रालयका सात इन्जिनियर सेवाबाट बर्खास्त, यस्तो छ कारण
OthersJust now

पूर्वाधार विकास मन्त्रालयका सात इन्जिनियर सेवाबाट बर्खास्त, यस्तो छ कारण

पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो । सूचनाअनुसार पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेललाई कार्यालयमा हाजिर ...

पर्दाफास
रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला
OthersJust now

रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली फेला

१ मंसिर, रौतहट । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएम गोलीजस्तो देखिने २७ थान गोली बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा मंगलबार उक्त गोली फेला पारेको हो। गस्ती टोलीले कानुपट्टी सीमा… ...

अनलाइन खबर
खेताला अभावले गुल्मीमा बढ्यो थ्रेसरको प्रयोग
OthersJust now

खेताला अभावले गुल्मीमा बढ्यो थ्रेसरको प्रयोग

२ मंसिर, गुल्मी । पश्चिम गुल्मीका कृषक धान भित्र्याउन थ्रेसर मेसिनको प्रयोग गर्न थालेका छन् । गाउँमा कृषि मजदुरको अभाव बढ्दै गएपछि धान झाट्ने र भित्र्याउने काममा आधुनिक उपकरणको प्रयोग बढ्न थालेको हो । कुनै समय गोरुले खेत जोत्ने र मानिसको सहायताले धान झाट्ने चलन सामान्य थियो । अहिले खेतीपातीका काममा आधुनिक मेसिनको प्रयोग विस्तार… ...

अनलाइन खबर
सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित
OthersJust now

सप्तरीमा जंगली हात्तीको बथान गाउँ पस्न थालेपछि स्थानीय त्रसित

२ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर गाउँमा जंगली हात्तीको बथान रातिको समयमा गाउँ प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्। ‎ ‎स्थानीयका अनुसार विगत तीन दिनदेखि चुरे जंगलबाट बेलुका गाउँ पस्ने र बिहान करिब ९ बजे पुनः जंगल फर्किने गरेको छ। करिब २६ वटा हात्तीको बथान गाउँ प्रवेश गरी खेतीबालीमा क्षति पुर्‍याउन थालेपछि… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play