Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

सन्दीप र कुशलको घातक बलिङ, यूएई १२१ रनमै अलआउट

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन्दीप र कुशलको घातक बलिङ, यूएई १२१ रनमै अलआउट
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । एसीसी राइजिङ स्टार्स कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई १२१ रनमै समेटेको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएई नेपाली बलरको धारिलो प्रदर्शनसामु टिक्न सकेन । नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै समान तीन–तीन विकेट लिनुभयो । सन्दीपले १० ओभर बलिङ गर्दा मात्र ११ रन खर्चिनुभयो । खराब सुरुवात गरेको यूएईले ११ रन जोड्दा दुई विकेट गुमाएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका रसिद खानले आर्यान्स शर्मालाई आठ रनमा आउट गर्नुभयो । अंश टन्डन पनि एक रनमा रनआउट हुनुभयो । त्यसपछि हर्प्रित सिंह र मुहम्मद सेहदादले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै यूएईको इनिङ्स सम्हाल्ने प्रयास गर्नुभयो । तर, सन्दीपले उक्त साझेदारी तोडेपछि यूएईको ब्याटिङ क्रम धराशयी बन्यो । यूएईका आठ जना ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका लागि मुहम्मद सेहदादले सर्वाधिक ४० र हर्प्रित सिंहले ३२ रन बनाउनुभयो । नेपाली बलरको प्रभावकारी प्रदर्शनका कारण यूएई ३९.५ ओभरमा १२१ रनमै अलआउट भयो । यस खेलमा कप्तान सन्दीपले स्पिन बलिङलाई प्राथमिकता दिँदै पाँच जना स्पिनर प्रयोग गर्नुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टीभीएसको नयाँ अपाचे आरटीआर २००४भी यूएसडी नेपाली बजारमा सार्वजनिक
Latest NewsJust now

टीभीएसको नयाँ अपाचे आरटीआर २००४भी यूएसडी नेपाली बजारमा सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक साझेदार जगदम्बा मोटर्स प्रालिले नयाँ अपाचे आरटीआर २०० ४भी यूएसडी मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले शनिबार आयोजित ‘अपाचे ट्र्याक एक्सपेरियन्स’ (एटीई) कार्यक्रममार्फत नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो। टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय योजनाकार सुगन्धा सिंह र जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत (सीओओ) दीपेन्द्र मिश्रले संयुक्त रूपमा मोटरसाइकलको अनावरण गरेका हुन्। नयाँ मोटरसाइकलमा ...

कर्पोरट खबर
नेपालका कवाड सामग्री भारतमा खपत, वर्षेनी करोडौंको निर्यात
Latest NewsJust now

नेपालका कवाड सामग्री भारतमा खपत, वर्षेनी करोडौंको निर्यात

काठमाडौं । नेपालमा प्रयोग भएर फालिएका तथा पुनः प्रयोग गर्न सकिने कवाड सामग्री भारतका लागि भने आम्दानीको स्रोत बन्दै गएको छ । नेपालबाट वर्षेनी करोडौं रुपैयाँ बराबरका कवाड सामग्री भारत निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालमा खेर गएका जस्ता, विभिन्न धातुजन्य फोहोर तथा टुक्राटाक्री भारतमा निर्यात हुँदै आएका छन् । प्रयोगपछि बेकार ठानिएका यस्ता सामग्री संकलन गरी ...

केन्द्रबिन्दु
दशौँ राष्ट्रिय खेलकुदको अन्तिम खेल तालिका र स्थान टुङ्गो लाग्यो
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको अन्तिम खेल तालिका र स्थान टुङ्गो लाग्यो

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ को अन्तिम खेल तालिका र आयोजना स्थल टुङ्गो लागेको छ । सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play