काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीमा आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम छन्। टोलीमा परेका अभिषेकले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेल्ने अवसर पाउने सम्भावना छ। उनले हालै राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान ‘ए’ विरुद्ध खेल्दै लिस्ट ‘ए’ क्रिकेटमा डेब्यू गरेका थिए। आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा हुने छनोट प्लेअफमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सहभागी हुन युगान्डा र इटालीका टोली नेपाल आइसकेका छन् भने नामिबियाको टोली पनि नेपालका लागि प्रस्थान गरिसकेको छ।
सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टोली घोषणा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






