Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सडक सीमा अतिक्रमण गरी राखिएका संरचना हटाउन सडक डिभिजन जुम्लाको ३० दिने अल्टिमेटम

Share:WhatsAppFacebookX (Twitter)Telegram
सडक सीमा अतिक्रमण गरी राखिएका संरचना हटाउन सडक डिभिजन जुम्लाको ३० दिने अल्टिमेटम
Photo / Coverage: हिमालय टाइम्स

मुगु । सडकको क्षेत्रा धिकार मिचेर राखिएका व्यापारिक सामान, निर्माण सामग्री तथा अस्थायी संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतको मातहतमा रहेको सडक डिभिजन जुम्लाले मंसिर ९ गते सार्वजनिक सूचना जारी गर्दै सडक सीमा खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई आग्रह गरेको हो । सडक डिभिजन जुम्लाको कार्यक्षेत्रभित्र पर्ने कर्णाली राजमार्गको दैलेख खोला–नाग्मा–जुम्ला सडक खण्ड तथा नाग्मा–गमगढी सडक खण्ड (NH-60) को सडक सीमा तथा क्षेत्राधिकार भित्र व्यापारिक मालसामान राख्ने, गाईबस्तु बाँध्ने, सवारीसाधन पार्किङ गर्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारमा अस्थायी वा खुद्रा व्यापार सञ्चालन गर्ने तथा टहरा, छाप्रा, घुम्ती, बार र घेराबार लगायतका संरचना निर्माण गर्ने कार्य नगर्न सूचना मार्फत सचेत गराइएको छ। कार्यालयले सडकको नाली, पेटी तथा अन्य संरचनामा अवरोध पुग्ने गरी सामग्री राख्ने र विभिन्न गतिविधि सञ्चालन गर्दा सवारी आवागमन, सडक सुरक्षा, मर्मत सम्भार तथा निर्माण कार्यमा समस्या भइरहेको जनाएको छ । सूचनामा सडक सीमा तथा क्षेत्राधिकार भित्र राखिएका सम्पूर्ण माल सामान, निर्माण सामग्री, व्यापारिक सामग्री, अस्थायी संरचना तथा अन्य अवरोधहरू सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित व्यक्ति, संस्था वा निकाय आफैँले हटाई सडक क्षेत्र खाली गराउन अनुरोध गरिएको छ । त्यस्तै, आगामी दिनमा समेत सडक सीमा तथा क्षेत्राधिकार भित्र कुनै पनि किसिमका संरचना निर्माण गरी अवरोध सिर्जना नगर्न आग्रह गरिएको छ । तोकिएको अवधि भित्र सडक क्षेत्र खाली नगरेमा प्रचलित सार्वजनिक सडक ऐन, २०३१ तथा सम्बन्धित अन्य कानुनबमोजिम अनधिकृत संरचना र अवरोध हटाउने तथा भत्काउने लगायतका आवश्यक कारबाही सडक डिभिजन कार्यालय बाट अघि बढाइने सूचनामा उल्लेख छ। कार्यालयले त्यस्ता संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट असुलउपर गरिने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
Latest NewsJust now

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

झापा । झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् । कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल... ...

रातोपाटी
भोटेकोशी बाढीपीडित बालबालिकालाई मासिक १७ हजार ५०० रुपैयाँ दिन थालियो
Latest NewsJust now

भोटेकोशी बाढीपीडित बालबालिकालाई मासिक १७ हजार ५०० रुपैयाँ दिन थालियो

रसुवा । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक […] ...

लोकपथ
भारतसँग हवाई रुटमा सहमतिसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै
Latest NewsJust now

भारतसँग हवाई रुटमा सहमतिसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको एउटा महत्त्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग माग गर्दै आएको थप हवाई... ...

रातोपाटी
चार देशमा एआई सर्भर आपूर्ति रोक्न एनभिडियाको निर्देशन
Latest NewsJust now

चार देशमा एआई सर्भर आपूर्ति रोक्न एनभिडियाको निर्देशन

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले आफ्ना एआई चिप जडित कम्प्युटर सर्भरलाई मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा पठाउन रोक लगाएको छ । आफ्ना उत्पादन साझेदारहरूलाई यस्तो रोक लगाउन कम्पनीले निर्देशन दिएको हो । अमेरिकी सरकारले संवेदनशील प्रविधिको निर्यात नियन्त्रण कडा पारेपछि कम्पनीले यस्तो कदम चालेको फाइनान्सियल टाइम्स (एफटी) ले जनाएको छ । अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२२ देखि चीनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement