Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन
Photo / Coverage: केन्द्रबिन्दु

संयुक्त राष्ट्रसंघ । चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ । देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी पुस्ताको सञ्चार नेटवर्क विकास गर्ने उद्देश्यले चिनियाँ सरकारी निकायहरूले बिहीबार संयुक्त रूपमा कार्यान्वयन योजना सार्वजनिक गरेका हुन् । योजनाअनुसार चीनले छैटौँ पुस्ताको मोबाइल नेटवर्क (६जी) विकासलाई उपयुक्त समयमा अगाडि बढाउनेछ । साथै, सन् २०३० सम्ममा लो अर्थ अर्बिट (एलईओ) भू–उपग्रहमा आधारित इन्टरनेट प्रणालीको निर्माण मूलतः सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चीनले औद्योगिक इन्टरनेट र इन्टरनेट अफ भेहिकल्स (सवारीसाधनमा आधारित इन्टरनेट) जस्ता एकीकृत सञ्चार सञ्जालको पनि व्यापक विस्तार गर्ने योजना बनाएको छ । नयाँ योजनाले सञ्चार प्रविधिको स्मार्ट विकासलाई तीव्रता दिनुका साथै नेटवर्कको कार्यक्षमता र पहुँचमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ । त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित औद्योगिक पारिस्थितिक प्रणालीलाई थप बलियो बनाउने लक्ष्य पनि योजनामा समेटिएको छ । ६जी प्रविधि, भू–उपग्रह इन्टरनेट र औद्योगिक सञ्चार सञ्जालको विकासमार्फत चीनले आगामी पुस्ताको डिजिटल पूर्वाधारलाई थप सुदृढ बनाउने रणनीति अघि सारेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन
Latest NewsJust now

राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका छन् । मन्त्रिस्तरीय निर्णय गर्दै आज उनले जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा ऊर्जा क्षेत्रको संस्थाहरुका प्रतिनिधि र विज्ञ पनि […] ...

मकालु खबर
हेलिकोप्टरमार्फत सुत्केरी आमा र नवजात शिशुको उद्धार
Latest NewsJust now

हेलिकोप्टरमार्फत सुत्केरी आमा र नवजात शिशुको उद्धार

वासुदेव शर्माजाजरकोट, मङ्सिर १० गते । जाजरकोटमा सुत्केरी आमा र नवजात शिशुको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । नलगाड नगरपालिका –१२ की २३ बर्षीया बिमला रावल र नवजात शिशुलाई हेलिकोप... ...

गोरखापत्र
आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार

पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ, मलेसिया पठाउने श्रमिकलाई ठगी गरेको आरोप कृषिमन्त्री गिता चौधरी आफैं स्कुटर चलाएर अनुगमनमा गइन्, उनी स्कुटर आफैं चलाउँदै र स्कुटरको पछाडि पीएसओलाई राखेर मासु पसलमा गरेकी हुन् छड्के अनुगमन १४ वर्षीया सुत्केरी बालिकामाथि जबरजस्ती करणी गर्ने उनका ससुरा र कुटपिट गर्ने श्रीमान पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै भारततर्फ खसीबोका निर्यात बढ्यो भन्दै मासु व्यवसायीले आपत्ति जनाए, स्वदेशी बजारमा ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement