Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

Share:WhatsAppFacebookX (Twitter)Telegram
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
Photo / Coverage: केन्द्रबिन्दु

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो । पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि यही पुरानो गोरेटो बाटो भएर मानिसहरू आवतजावत गर्दथे । हाल उक्त बाटोमा मानिसको हिँड्डुल बन्द भए पनि पुरानो बाटोका डोबहरू अझै बाँकी रहेका स्थानीय बताउँछन् । स्थानीय शिक्षक रामग्याल्बो घलेका अनुसार परापूर्वकालमा भोट (तिब्बत) बाट नुन साट्न बेँसी झर्ने मुख्य मार्ग यही थियो । ‘मैले थाहा पाउँदासम्म यही बाटो धेरै पटक हिँडेको छु । तत्कालीन राजा वीरेन्द्र पनि यही बाटो भएर हिँड्नुभएको थियो’, घलेले भने, ‘राजमार्ग बनेपछि पुरानो बाटो सुनसान भयो र गुफा पनि ओझेलमा पर्‍यो ।’ तामाङ भाषामा ‘साङतोरमो’ भनिने यस गुफाको नामाकरण बौद्ध भिक्षाँणी (आनी)सँग जोडिएको छ । स्थानीय जानकार घलेका अनुसार यो गुफा रामायणकी सीतासँग नभई बौद्ध (लामा)धर्मग्रन्थको अनुशरण गर्दै शान्तिको खोजीमा तपस्या गर्न आएकी आनी सीतासँग सम्बन्धित छ । ‘परापूर्वकालमा गुरु रिम्पोछेका चेलीहरू डोल्मा, सोनाम र सीता गरी तीन जना भिक्षाणीले यस गुफामा बसेर ध्यान तथा तपस्या गरेको किंवदन्ती छ । ध्यानपछि गुफाको सिरानमा बसेर घाम ताप्ने र दर्शन गर्न आउने भक्तजनलाई आशीर्वाद दिने गरिन्थ्यो भन्ने यहाँका ज्येष्ठ नाथरिक बताउँछन्’, उनले भने। गुफाभित्र ढलान गरेजस्तो चिल्लो ढुङ्गाको भित्तामा लामा लिपिमा लेखिएका अक्षरहरू अझै देख्न सकिन्ने घलेले जानकारी दिए । उनका अनुसार गुफा वरपर तत्कालीन समयमा भिक्षुणीहरूले प्रयोग गरेका ढिकी, हलो, ओदान, मान्द्रोलगायत सामग्रीहरू अझै सुरक्षित छन् । तामाङ समुदायको बसोबास रहेको बोकेझुण्डाको नामाकरणसँग राणाकालीन इतिहास जोडिएको छ । जङ्गबहादुर राणाको पालामा गोसाइँकुण्ड जाने क्रममा उनका सेनाले बाटोमा भेटिएको बाघलाई मारेर त्यहाँको करिब ५०० वर्ष पुरानो चाँपको रुखमा झुण्ड्याएका थिए । सुरुमा ‘बाघझुण्डा’ भनिए पनि पछि बोलिचालीको भाषामा अपभ्रंश हुँदै ‘बोकेझुण्डा’ रहन गएको स्थानीय बताउँछन् । उक्त ऐतिहासिक चाँपको रुख गत असार ६ गते आफैँ ढलेको घलेले जानकारी दिए । सोही स्थानमा काठमाडौँको हनुमानढोकाबाट १९ कोषको दूरीमा रहेको व्यहोरा उल्लेखित शिलालेख अझै जीवन्त छ । काठमाडौँबाट ११३ किलोमिटरको दूरीमा रहेको यस क्षेत्रमा २०७२ सालको भूकम्पले पुराना शैलीका घरहरू भत्काएपछि स्थानीय बासिन्दा राजमार्ग छेउछाउ बसाइँ सरेका छन् । स्थानीय सरकार गठन भएपछि गाउँको मौलिक संस्कृति, कृषि र ऐतिहासिक सम्पदाको संरक्षण हुने अपेक्षा गरिए पनि कसैले चासो नदिएको स्थानीय माछा पालक कृषक ल्वाङ ग्याल्बो घलेको गुनासो छ । “गाउँ(गाउँमा सिंहदरबार आयो भनिन्छ, तर यस्ता ऐतिहासिक धरोहरको संरक्षणमा कसैको ध्यान गएको छैन”, उनले भने । सरकारी निकायले बवास्ता गरेपछि स्थानीय शिक्षक राम घलेको नेतृत्वमा सात जना युवाको समूहले गुफाको सरसफाइ गर्ने, झाडी फाँड्ने र यसको महत्वलाई प्रचारप्रसार गरी भावी पुस्तासम्म जोगाइराख्ने योजना बनाएका छन् । धार्मिक आस्थाको केन्द्र छङगमदेवीभन्दा करिब डेढ किलोमिटर तल रहेको यस गुफालाई संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने स्थानीयको विश्वास छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सगरमाथा आधार शिविर पुगे डेभिड मिलर
Latest NewsJust now

सगरमाथा आधार शिविर पुगे डेभिड मिलर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलर शनिबार सगरमाथा आधार शिविर पुगेका छन् । कर्णाली याक्सबाट एनपीएल खेलिरहेका मिलरले नेपालको... ...

रातोपाटी
हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)
Latest NewsJust now

हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)

मकवानपुरको हेटौंडास्थित राप्ती नदी किनारमा छठ पर्व मनाउन सम्पूर्ण तयारी गरिएको छ। छठ पूजाका लागि हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती तटमा ७ सय फिट लामो पाण्डाल निर्माण गरिएका छन्। संयुक्त मधेसी सेवा समाज नेपाल मकवानपुर र छठ पूजा समारोह समितिको आयोजनामा हुने छठ पूजाका लागि ७ सय फिट लामो पाण्डाल तयार गरिएको हो। यसको चौडाइ २० फिड रहेको संयुक्त मधेशी ... ...

नेपालखबर
भारतसँग नेपाल यू-१९ महिला टोली पराजित
Latest NewsJust now

भारतसँग नेपाल यू-१९ महिला टोली पराजित

काठमाडौं । भारतको बेंगलुरुमा जारी यू-१९ महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपाली टोलीले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपाल भारत ‘ए’सँग १२५ रनले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ले निर्धारित २० ओभरमा २०५ रन बनाएको थियो । भारतीय टोलीका ब्याटरहरूले आक्रामक प्रदर्शन गर्दै नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेका थिए । जवाफमा नेपाली ...

केन्द्रबिन्दु
पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न ओलीको निर्देशन
Latest NewsJust now

पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जिम्मेवारीमा बसेर आफ्नै पार्टीका उम्मेदवारलाई भोट नदिने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीमा बसेर पार्टीकै विरोध गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका हुन्। पार्टी नछाड्ने तर चुनावमा अन्य दलका उम्मेदवारलाई भोट […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play