Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा घरेलु टाेली लाेहरूङलाई हराउँदै सेकाहा फाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
संखुवासभा गोल्डकप : दोश्रो सेमिफाइनलमा घरेलु टाेली लाेहरूङलाई हराउँदै सेकाहा फाइनलमा
Photo / Coverage: हिमालय टाइम्स

भोजपुर । संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा घरेलु टोली लोहरुङ क्लब पाङ्मालाई पराजित गर्दै सेकाहा सामुदायिक क्लब फाइनलमा प्रवेश गरेको छ । बिहीबार खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेकाहाले लोहरुङलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १३औँ मिनेटमा विनोद राईले गोल गर्दै सेकाहालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि अर्थात् १७औँ मिनेटमा सविन राईले अर्को गोल थपेपछि सेकाहा पहिलो हाफमै २–० ले अघि बढेको थियो । दुई गोलले पछि परेको लोहरुङले खेलमा फर्किने प्रयास गर्दै ७७औँ मिनेटमा मिलन राईमार्फत एक गोल फर्कायो । तर, खेलको ८०औँ मिनेटमा विनोद राईले व्यक्तिगत दोस्रो गोल गरेपछि सेकाहाले ३–१ को जित सुनिश्चित गर्‍यो । यस जितसँगै सेकाहाले शुक्रबार दिउँसो हुने फाइनलमा उपाधिका लागि सुनसरीको न्यु स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलबाट न्यु स्टार फाइनलमा पुगेको आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स) का अध्यक्ष प्रकाश घिमिरेले जानकारी दिनुभयो । कार्तिक १६ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स), सुनसरीको न्यु स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा–११ फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लब गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलका उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’लाई पाँच हजार रुपैयाँ दिइनेछ भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा रिट पेस
Latest NewsJust now

निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा रिट पेस

• निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। • रिट निवेदन आज पेस भएको भए पनि दर्ता हुने विषयमा शुक्रबार छलफल हुने भएको छ। • सरकारले कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। ...

नेपालबहस
अख्तियारको मुद्दापछि अस्पतालको करोडौँ लगानी जोखिममा
Latest NewsJust now

अख्तियारको मुद्दापछि अस्पतालको करोडौँ लगानी जोखिममा

विराटनगर । विराटनगरको रिजाल क्यानिङको जग्गा प्रकरणले तरंग सिर्जना गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री... ...

रातोपाटी
रवि लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट
Latest NewsJust now

रवि लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

भारतका विदेश सचिव विक्रम मिस्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका मिस्रीले लामिछानेसँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा दुई देशबीचको बहुआयामिक सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ । लामिछानेले आफ्नो विगतको भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताको कामना ...

फरकधार
‘चिरञ्जीवी भवः’को गीत ‘जाले रुमाल’ सार्वजनिक
Latest NewsJust now

‘चिरञ्जीवी भवः’को गीत ‘जाले रुमाल’ सार्वजनिक

काठमाडौँ। चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले ‘जाले रुमाल’ बोलको गीत बिहीबार ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा शब्द दीपकप्रसाद आचार्यको छ । यसमा रचना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play