Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

‘संकटमा नेपाली सेनाले देखाएको साहस’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘संकटमा नेपाली सेनाले देखाएको साहस’
Photo / Coverage: हिमालय टाइम्स

नेपाल प्राकृतिक विपद्को दृष्टिकोणले अत्यन्तै उच्च जोखिममा रहेको देश हो । भौगोलिक बनावट, भिरालो जमिन, र पछिल्लो समय जलवायु परिवर्तनका कारण वर्षेनी ठूला प्रकारका प्राकृतिक प्रकोपहरूको चपेटामा परिरहन्छ । यतिबेला मुलुक विनाशकारी बाढीका कारण अत्यन्तै कठिन परिस्थितिमा गुज्रिरहेको छ । गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व तिब्बती भू-भागमा हिमचट्टान खोलामा खस्दा नेपालमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्‍यायो । बाढीले सडक बगाएको, पहिरोले बस्ती पुरेको, पुल भत्किएको र सञ्चार सम्पर्क टुटेको अवस्थामा सबै संरचना एकाएक कमजोर हुन पुगे । जब नेपाल प्राकृतिक विपद्को चपेटामा पर्छ तब नेपाली सेनाको भूमिकाको चर्चा र प्रशंसा हुने गर्दछ । केही दिनअघि सुरु भएको विनाशकारी बाढीले भौतिक संरचनामात्रै बगाएन, धेरै परिवारको जीवन नै तहसनहस बनाएको छ । यस्तो अवस्थामा राज्यको सबैभन्दा सक्रिय र देखिने शक्ति बनेको छ‑ नेपाली सेना । त्यसो त नेपाल प्रहरी र शशस्त्र प्रहरीको भूमिकापनि प्रशंसनीय छ । यसपटकको बाढीमा नेपाली सेनाले गरेका उत्कृष्ट र प्रशंसनीय कार्यले सामाजिक सञ्जालमा खुलेरै प्रशंसा पाएको छ । नेपालमा विपद् व्यवस्थापनको जिम्मेवारी केवल सेनाको होइन । गृह प्रशासनदेखि स्थानीय तहसम्म यसको आफ्नै संरचना छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार, स्वास्थ्यकर्मी, रेडक्रस, स्वयंसेवक र नागरिक समाज सबैको भूमिका हुन्छ । जब विपद् सामान्य प्रशासनको क्षमताभन्दा बाहिर जान्छ, नेपाली सेनाको विशेष क्षमता आवश्यक पर्छ । सेनाको क्षमता स्थानीय समुदाय र स्थानीय सरकारको क्षमतासँग जोडिनुपर्छ । विपद् व्यवस्थापनमा नेपाली सेनालाई अझ प्रभावकारी बनाउने प्रश्न केवल सेनाको क्षमता बढाउने विषयमात्र होइन । यो समग्र राज्यको विपद् प्रतिकार्य प्रणालीलाई पुनर्संरचना गर्ने विषय पनि हो । प्रहरी तथा सशस्त्र प्रहरीको दरिलो साथ, स्थानीय तहको प्रभावकारी समन्वय, सञ्चारजगतबाट सत्य तथ्य सूचना, सचेत र सहयोगी समुदाय बन्ने र सेनालाई सहयोग गर्ने हो भने भविष्यमा ठूला विपद्का घटनामा थप सफलता पाउन सकिन्छ । नेपाली सेनासँग सीमित मात्रामा भए पनि प्रशिक्षित जनशक्ति छ । त्यससँगै हेलिकप्टर, इन्जिनियरिङ जनशक्ति, चिकित्सा टोली, खोज तथा उद्धारका लागि विशेष तालिम र कठिन भूगोलमा परिचालन हुनसक्ने संगठनात्मक क्षमता छ । अहिलेको विपद्मा यसको प्रत्यक्ष उदाहरण देखिएको छ । सडक सञ्जालबाट उद्धारकार्य सम्भव नहुने भएपछि हेलिकप्टर प्रयोग भएको छ । सीमित उपकरणका बाबजुद जोखिमपूर्ण क्षेत्रमा नेपाली सेनाले खोज एवं उद्दार कार्यलाई तीव्रता दियो भने पहिरोले अवरुद्ध सडक खोल्ने काम र बेलिब्रिज निर्माणमा उल्लेखननीय योगदान पुर्‍यायो । जलविद्युत् आयोजनाका संरचनाभित्र फसेका मानिसलाई समेत उद्धार गर्न सेनाको टोली परिचालन भयो र विपद्को सबैभन्दा जटिल पक्षमध्ये एउटा जलविद्युत् आयोजनाका सुरुङमा फसेका केही कामदारको जीवितै उद्धार गर्नसमेत सफल रह्यो । नेपाली सेना नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय अनुसार हजारौं नेपालीसहित चिनियाँ, जर्मनी, अमेरिका, कोरियालगायत विदेशी नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन भूमिका खेल्यो । उद्दारमा नेपाली सेनाका सात र अन्य निजी कम्पनीका आठ गरी जम्मा १५ वटा हेलिकप्टर परिचालन गरेको थियो भने करिब नौ हजार फौजले समन्वयात्मक रूपमा कार्य गरेको थियो । खुला नदीमा बगेको मानिस खोज्नु र माटो तथा भग्नावशेषले भरिएको सुरुङभित्र प्रवेश गरेर मानिस खोज्नु एउटै प्रकृतिको काम होइन । यहाँ इन्जिनियरिङ, प्राविधिक उपकरण, सुरक्षा र उद्धार कौशल एकैपटक आवश्यक हुन्छ । यही ठाउँमा सेनाको परम्परागत सैन्य भूमिकाभन्दा फरक इन्जिनियरिङ र प्राविधिक क्षमता उपयोगी हुन्छ । सेनाले कठिन संरचनाभित्र उद्धारका लागि ड्रिलिङ लगायतका उपकरणहरूको प्रयोग भएको छ । तर पर्याप्त उपकरणको अभावमा कतिपय स्थानमा उद्दार गर्न सेनालाई समेत हम्मे हम्मे पर्‍यो । यसले भविष्यको विपद् व्यवस्थापनका लागि नेपालले अब उद्धारलाई केवल डोरी, डुंगा र हेलिकप्टरको सीमामा राख्न सक्दैन । आधुनिक उद्धारका लागि ड्रोनसहितका अत्याधुनिक क्यामेरा, भू-स्थानिक सूचना, भारी उपकरण, सुरुङ उद्धार प्रविधि, वास्तविक समयको सूचना प्रणाली र दक्ष जनशक्तिको अपरिहार्य बनेको छ । नेपाली सेनाको भूमिका अगाडि देखिए पनि यो उद्धार अभियान सेना एक्लैले चलाएको भने होइन । सशस्त्र प्रहरीको भूमिका विशेषगरी बाढी र नदीजन्य विपद्मा महत्त्वपूर्ण देखिन्छ । जोखिमयुक्त नदी किनारका बस्तीमा साइरन र माइकिङमार्फत मानिसलाई सुरक्षित स्थानमा जान सूचित गर्ने कामसमेत भइरहेको छ । नदीको माथिल्लो क्षेत्रमा थप जोखिम देखिएमा सूचना प्रवाह गर्ने, सम्भावित प्रभावित बस्तीलाई सचेत गराउने र आवश्यक परे सुरक्षित स्थानमा सार्ने काम त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । यस्तै नेपाल प्रहरीको स्थानीय उपस्थिति देशभर भएकाले विपद्को प्रारम्भिक सूचनादेखि नागरिकको सुरक्षा, बेपत्ताको विवरण, शव पहिचान, भिड व्यवस्थापन, सडक नियन्त्रण र स्थानीय प्रशासनसँगको समन्वयसम्म उसको भूमिका फैलिएको हुन्छ । आलोचनालाई चिर्ने अवसरसेनाले नेपालको संविधान २०७२ र नेपालका विगतदेखि वर्तमानसम्मका विभिन्न कानुनको परिधिभित्र रहेर अक्षरस पालना गर्दै सरकारले दिएको जिम्मेवारी निडर र साहस साथ पालना गर्दै आएको छ । विगतमा भएका भूकम्प, महामारी, बाढीपहिरो, डुबान, हवाई र सडक दुर्घटना देखि हिमपहिरो र आगलागीका विगतदेखि वर्तमानसम्म विपद्मा सेनाले गरेका कार्यले जनताको विश्वास जितेकोमा कुनै दुई मत छैन् । विभिन्न आलोचनाका बाबजुद आलोचनालाई चिर्दै देशमा कुनै बेला कुनै प्रकारका विपद् आइलाग्दा सबभन्दा अग्रणी मोर्चामा खटिने नेपाली सेना नै हो । प्राकृतिक वा मानवीय विपत्तिहरू आइलाग्यो भने नेपाली सेना ब्यारेकभित्र चूप लागेर बसेको अवस्था छैन् । नेपाली सेनाले गरेको उद्धारले हजारौं जनताको ज्यान बचाउने साहसिक कार्य गरेको र सेना भगवान भएर उदाएको भन्दै उच्च प्रशंसा गर्ने नागरिकहरूको जमात ठूलो छ । गत भदौमा भएको जेन-जी आन्दोलनमा सेनाले कतिपय सरकारी भवनको सुरक्षा गर्न नसकेको भनेर आलोचना खेप्नुपरेको थियो । आजको सामाजिक सञ्जालको युगमा सेनालाई हल्का र हल्लाको भरमा टिकाटिप्पणी गर्ने गरिएतापनि नेपाल र नेपालीका लागि नेपाली सेना रक्षक बनेर उभिएको हाम्रो सामु छर्लंगै छ । देश र जनताको सुरक्षार्थ भौतिक संरचनाको क्षतिलाई वेवास्ता गर्दै सेनाले नेपाली जनतालाई उच्च प्राथमिकतामा राखेर कार्य गर्दै आएको छ । जेन-जी आन्दोलनमा नागरिकको जीवनभन्दा ठूलो कुनै भौतिक संरचना नभएको ठहर गर्दै नागरिकको जीवन रक्षालाई प्राथमिकतामा राखेको भनेर बुझ्दा अन्यर्था नहोला । यस्ता आलोचनालाई चिर्दै सेनाले विनाशकारी बाढीमा देखाएको साहसलाई आमजनताले मुक्तकण्ठले खुलेर प्रशंसा गरेका छन् । जसका कारण नेपालमा सेनालाई किन पालिराख्ने ? भनेर स्थापित बनाइएका भाष्यहरूलाई समेत गतिलो जवाफ भएका छन् । विपद्को समयमा नेपाली सेनाको भूमिका आज पनि नेपाली राज्यको सबैभन्दा भरोसायोग्य क्षमतामध्ये एक हो । तर बदलिँदो विपद्को प्रकृति र बढ्दो जोखिमबीच सेनाको प्रभावकारिता केवल संकटपछि गरिने उद्धार र राहतमा सीमित राखेर पर्याप्त हुँदैन । अब नेपाली सेनालाई ‘विपद् आएपछि परिचालन हुने शक्ति’बाट ‘विपद् आउनुअघि नै तयारी गर्ने र राज्यको समग्र विपद् प्रतिकार्य क्षमतालाई बलियो बनाउने संस्थागत शक्ति’का रूपमा विकास गर्न आवश्यक छ । यसका लागि आधुनिक प्रविधि, विशेषीकृत उद्धार क्षमता, हवाई तथा इन्जिनियरिङ स्रोतको विस्तारसँगै तीनवटै सुरक्षा निकाय, संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट कार्यविभाजन र प्रभावकारी समन्वय प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ । अन्त्यमा, सेनाको क्षमता स्थानीय समुदाय र स्थानीय सरकारको क्षमतासँग जोडिनुपर्छ । विपद् व्यवस्थापनमा नेपाली सेनालाई अझ प्रभावकारी बनाउने प्रश्न केवल सेनाको क्षमता बढाउने विषयमात्र होइन । यो समग्र राज्यको विपद् प्रतिकार्य प्रणालीलाई पुनर्संरचना गर्ने विषय पनि हो । प्रहरी तथा सशस्त्र प्रहरीको दरिलो साथ, स्थानीय तहको प्रभावकारी समन्वय, सञ्चारजगतबाट सत्य तथ्य सुचना, सचेत र सहयोगी समुदाय बन्ने र सेनालाई सहयोग गर्ने हो भने भविष्यमा ठूला विपद्का घटनामा थप सफलता पाउन सकिन्छ । (पत्रकार मरासिनी सेनाका विविध विषयका अनुसन्धानकर्ता हुनुहुन्छ ।)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भू-भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ। महाशाखाका... ...

रातोपाटी
अमेरिकन डलरको भाउ लगातार दोस्रो दिन स्थिर
Latest NewsJust now

अमेरिकन डलरको भाउ लगातार दोस्रो दिन स्थिर

नेपाल राष्ट्र बैंकले आज कात्तिक ३० गते सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज लगातार दोस्रो दिन अमेरिकन डलरको भाउ स्थिर बसेको छ। आज पनि हिजो आइतबारजस्तै अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा तोकिएको छ। यस्तै चाइनिज युआन, साउदी रियाल, मलेसियन रिंगेट, क... ...

नेपालखबर
धान काट्न व्यस्त छन् इलामका किसान
Latest NewsJust now

धान काट्न व्यस्त छन् इलामका किसान

इलाम । इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन् । यस वर्ष समयमा वर्षा भएकाले धान उत्पादन राम्रो हुनुका... ...

रातोपाटी
बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान
Latest NewsJust now

बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान

बर्दिया । स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहले बीउमा अनुदान दिन थालेपछि यसको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play