काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले ४६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्। सुदूरपश्चिमले सुरुवाती ८ रनमै ४ विकेट गुमाएर संकटपूर्ण अवस्थामा पुगेका बेला दीपेन्द्रले टोलीको इनिङ्स सम्हालेका थिए। उनले आरिफ शेखसँग पाँचौँ विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हालेका हुन्। जारी एनपीएलमा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो। यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए। दीपेन्द्र जारी प्रतियोगितामा दुई अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि काठमान्डु गोर्खाजका रासिद खानले पनि दुई अर्धशतक बनाइसकेका छन्।
संकटमा चम्किए दीपेन्द्र, एनपीएलमा प्रहार गरे दोस्रो अर्धशतक

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






