Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

‘श्लोक एक : छन्द अनेक’ एक कोशेढुङ्गो

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘श्लोक एक : छन्द अनेक’ एक कोशेढुङ्गो
Photo / Coverage: हिमालय टाइम्स

सिर्जनात्मक संसार स्रष्टत्वको जन्मजात वरद एउटा उपहार हो । चाहनामात्रले कुनै पनि स्रष्टा सिर्जनाको माथिल्लो फूलबारीमा उक्लिन सक्दैन । अभ्यासले परिष्कारमा सहयोग पुर्‍याउँछ जुठा भाँडा माजेर टिलिक्क टल्काएझैँ । भाँडो त हुनैपर्ने अनिवार्य आवश्यकता भएझैँ । स्रष्टत्व पनि जन्मजात प्रकृतिको वरदानका रूपमा रहनुपर्ने अनिवार्य आवश्यकता हुन्छ नै आख्यानादि अन्य विधाविशेष चाक्षुस बिम्बमा अटाएका सामग्री जोडजाड गरेर हामी बलजफ्ती पनि लेख्न सकौंँला तर सृष्टिकै पहिलो सिर्जनाको राजमहल कविता यसरीमात्र लेख्न सकिन्न । कल्पनाको मिर्मिरे उज्यालोमा वस्तु कम भावको चुल्ठी कविता लेखनको अनिवार्य सर्त हो । वस्तु बढी र भाव कम भयो भने कविता त्यसमा पनि पद्य कविताश्लोक बन्छ या अमरकोश या भास्वतीको ग्रन्थ बन्छ वा अन्य कुनै निःरस शब्द जोड्दा कविता बन्न सम्भव छैन । नेपाली कविता साहित्यको वर्तमान अवस्था पनि यसबाट अलग रहेको छैन । फुटकर कवितामा देखापरेका कवि स्रष्टाका त कुरै छोडौँ महाकाव्यका भीमकाय ठेली अजङ्गका थुप्रा तयारमा समेत महाकाव्यकारका अनेकौँ महाकाव्य पढेर खोज्यौँ भने पनि कवित्व चेतनाको कल्पनात्मक शक्तियुक्त हरिया भावले भरिएका दुई पङ्क्तिसम्म हामी भेट्टाउन सक्दैनौँ । यो दुःखद् अवस्था कविता लेखनका क्षेत्रमा अहिले छ । छन्द कवितामा त्यो सुरुसुरुतिरको अभ्यासरत साधनामा भन्न खोजेको /चाहेको कुरा जस्ताको त्यस्तै व्यक्त गर्न मै हुँ भन्ने कविलाई त असम्भव हुन्छ भने नवमार्ग उत्खननको उकालो उठ्न उद्यत कवि स्रष्टाहरू निकै अप्ठ्यारोमा पर्छन् । यस कविता सङ्ग्रहको अवलोकन गर्दा स्रष्टा ओमकुमारी रानाभाटलाई पनि यस्ता परिस्थितिहरू पङ्क्तिपङ्क्तिमा आएको हामी पाउन सक्छौँ । एउटी नारी स्रष्टा जो नयाँ कोशेढुङ्गोको विशेषता बोकेर नेपाली कविता फाँटमा आउने तयारीमा म सामु छिन् ती हुन् कवि ओमकुमारी रानाभाट । यो अचम्मको साहसप्रति उनलाई नमन गर्नुपर्छ । ‘श्लोक एक ः छन्द अनेक’ शीर्षक कविता सङ्ग्रह मेरो सामु छ । म अत्तालिएँ, डराएँ, हेरेँ र पढेँ । अलिकति छन्द अभ्यास ज्ञानको कमीमै भए पनि मसँग भएको जानकारी गलत नभएका खण्डमा यस खालको कविता लेखनकी पहिलो कवि स्रष्टा हुन् ओमकुमारी रानाभाट । जाम्बवानका रूपमा महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने अनुभूत हुन्छन् भने हनुमानका रूपमा सरयु किनारबाट बुरुक्क उफ्रेर सुनको लङ्का स्वरूप ‘श्लोक एक : छन्द अनेक’ लिएर नेपाली कविता साहित्य भण्डारमा साँच्चै अनौठो रूपमा देखापरेकी छिन् कवि ओमकुमारी रानाभाट । विषयगत हिसाबले यस सङ्ग्रहका एक हजार आठ श्लोकले नै जीवन र जगत्का भिन्न अवस्थालाई आत्मस्थ गराउँदै तिनलाई देखाउने काम गरेका छन् । धरा अखण्ड हो तर यसमा असङ्ख्य सीमाहरू कोरिएका छन् । अग्ला पिल्लरहरू उभ्याइएका छन् जसलाई देश नामले पुकारिन्छ । सत्ताका शासक असल भए देश असल हुन्छ । खराब शासकका हातमा परेका विश्वकै देशका हाल बेहाल छन् । एक वर्गविशेषको आसन अग्लो निकै अग्लो छ । अर्को वर्ग शिरसम्म नदेखिने अतलतलको खाडलमा निस्किनै नसक्ने गरी भाँसिएको छ । यी दुई वर्गमध्ये पनि कवि ओमकुमारी राणाभाटले तल्ला वर्गका विवशतालाई, दुःखदर्दलाई कविताका निकै पङ्क्तिहरूमा पोख्ने प्रयास गरेकी छिन् । छन्द कवितामा त्यो सुरुसुरुतिरको अभ्यासरत साधनामा भन्न खोजेको/चाहेको कुरा जस्ताको त्यस्तै व्यक्त गर्न मै हुँ भन्ने कविलाई त असम्भव हुन्छ भने नवमार्ग उत्खननको उकालो उठ्न उद्यत कवि स्रष्टाहरू निकै अप्ठ्यारोमा पर्छन् । यस कविता सङ्ग्रहको अवलोकन गर्दा स्रष्टा ओमकुमारी रानाभाटलाई पनि यस्ता परिस्थितिहरू पङ्क्तिपङ्क्तिमा आएको हामी पाउन सक्छौँ । यस अवस्थाको सिर्जना नहुन्जेल एउटा साधक अथक सिर्जनाका साधनामा पलेटी कस्ने अवसर पनि पाउँदैन । यस स्थितिको सिर्जना कवि ओमकुमारी रानाभाटलाई यो कृति लेखनको अवसरमा मिल्यो र नै यिनले पद्य कविता लेखनको साधनामा यति बिघ्न छट्पटाउने मनोविज्ञान तयार पारिन् । यसमा मैले सुखदानुभव गरेको छु ।प्रचलित छन्दमा कविता लेख्न वातावरणले पनि अनुकूल बनाएको हुन्छ । वाचन गर्नेका प्रशस्त आवाज श्रवणले पनि एक प्रकारको लय सर्जकले अजमाइसकेको अवस्था देखापरेका हामी पाउन सक्छौँ । लय निर्मित भएपछि भावयुक्त शब्द भर्न त्यति गाह्रो हुँदैन । लयले नै लगभग एक प्रकारको छन्दको गति बनाइसक्छ वार्णिक छन्दको गति । ‘श्लोक एकः छन्द अनेक’ कविता सङ्ग्रहकी सर्जक नायिका ओमकुमारी रानाभाटले यति सजिलो बाटो हुँदाहुँदै यसलाई छाडेर जटिल बाटो रोजिन् किन हो ? उनै जानुन् । नयाँ कार्यारम्भको चस्का पसेर उनले यसो गरेकी हुन सक्छिन् । जड् भन्नु कुनै अलौकिक काल्पनिक विषय होइन । हामीभित्र जन्मेपछि बाबुआमाले, अभिभावकले, घरले र समाजले सुम्पेका भौतिक प्रलोभनका ज्यादामात्रा मायाका खोल्नै नसक्ने तगाराहरू घरपरिवारको ज्यादातर स्नेहिल बन्धन नै जड्का अँध्यारा घेराहरू हुन् । यसभित्र घुमिरहने मान्छेहरू नपाएको चिन्ताले, केही पाएका खुशीले, पाउनु र गुम्नुका आशा र निराशाले निरन्तर छट्पटिन्छन् । यसको वा यस कृतिको नितान्त नयाँ विशेषता पनि यसमै अन्तर्निहित भएर रहेको छ । यिनले केही भुजंगप्रयात, रथोद्धता शार्दूलजस्ता छन्दबाहेक प्रायः प्रचलनमा नआएका/नआउने पनि र प्रयोगमा ल्याउन नचाहने छन्द प्रयोगमा सङ्घर्ष गरेको देखिन्छ । छन्दमा कविता लेख्न इच्छुक नवसर्जकलाई यो एकदमै जटिल काम हो । लामो समयको समाधिविना यस्ता कार्यहरू सम्भव हुन्नन् । राष्ट्रप्रेम यिनका प्रत्येक कविताका पङ्क्तिमा दृष्टिबिन्दु बनेर देखापरेको छ । यसलाई दृष्टिबिन्दु बनाएर नलेख्ने मबाहेक सायद अर्को कवि वा सर्जक नपाइन सक्छ । कवि ओमकुमारी पनि यसै धारमा आफूलाई अभ्यस्त गराउन चाहन्छिन् उनको बुताले भ्याएसम्म । मनोचेतना अर्को यिनको यस कविता सङ्ग्रहको प्रमुख विशेषता हो । कवि ओमकुमारी रानाभाट साहित्यिक सञ्जाल समाजसमेतमा त्यति भाइरल भइनसकेकी व्यक्तित्व हुन् । यसले पनि हुनसक्छ मनोचेतनाको विस्तारमा उनले बढी जोड दिएकी छिन् । अन्तरचेतना विकास नै मानवीय सुखको मूलस्थल हो । यसको विकसित स्वरूपमा मान्छे एक्लै पनि सुखानुभूतिको सागर पौडिन सक्छ । सायद, उनको जीवन परिवेश यस भोगाइमा साक्षात्कार भएर पनि होला यस कविता सङ्ग्रहमा यो पक्ष जीवन्त बनेर आएको/उभिएको देखिन्छ । यसभित्रै विवेकको फराकिलो द्यौराली हुन्छ जहाँबाट मानवताको आकाश उघ्रिन्छ, व्यवहारको विकास सुध्रिन्छ, संसार सार भन्नु नै यसमा अपार बनेर उभिएको हुन्छ । यसै महत्तम् पक्षलाई पक्रिनु कवि ओमकुमारी रानाभाटको सुखद् कवितात्मक भविष्य हो । निरन्तर यस बिन्दुबाट सङ्कल्पित भएर कविता लेखन यात्रामा रहिन् भने कवित्वको उचाइ उक्लिन धेरै समय लाग्दैन तर लक्ष्य नै यही बन्नुपर्दछ । अरू छन् र म छु भन्ने भएमा हामी रह्यौँ भने निश्चित क्षेत्र विशेषलाई लक्ष्य बनाउन सकिन्न । हाम्रा सोचहरू छरिन्छन् । इरादाहरू बदलिन्छन् हामी अस्थिर हुन्छौँ । अस्थिर मानसिकताले स्थिर कार्य गर्न सक्दैन । स्थिर कार्यमा समर्पित नहुनु नै जीवनको असफलता हो । असफल जीवन नै असन्तुष्टिको कारक हो । अधिकांश मानिसहरू यसै मानसिकतामा भएकाले छन्द छट्पटाहट नै तिनका जीवनचर्या बन्न पुग्दछन् यसै अवस्थाका सङ्ख्याका मानिसलाई हामी जड् भविताका अनुहार भन्दछौँ । जड् भन्नु कुनै अलौकिक काल्पनिक विषय होइन । हामीभित्र जन्मेपछि बाबुआमाले, अभिभावकले, घरले र समाजले सुम्पेका भौतिक प्रलोभनका ज्यादामात्रा मायाका खोल्नै नसक्ने तगाराहरू घरपरिवारको ज्यादातर स्नेहिल बन्धन नै जड्का अँध्यारा घेराहरू हुन् । यसभित्र घुमिरहने मान्छेहरू नपाएको चिन्ताले, केही पाएका खुशीले, पाउनु र गुम्नुका आशा र निराशाले निरन्तर छट्पटिन्छन् । यसबाट नै तनाव उत्पन्न भई आयुका वर्षहरू घटाउँदै जान्छन् । यस सङ्कीर्ण परिधिबाट मुक्त भएर सन्तुलनको सन्तुष्ट जीवन यात्रामा अग्रसर गराउने संसारमा एउटै विषय छ । असल साहित्यको सरोवरमा नित्य स्नान गर्ने मानसिकता विकास गर्नु । यसै यात्राको नाम हो–चिद्भविता । यस तलामा उक्लेपछि मान्छेका अन्तस्करणबाट तनाव कोशौँ पर भाग्छ । तन्दुरुस्तीका तानहरू शब्दका बिहानमा बुनिन लाग्छन् । यो नै स्रष्टत्वको मर्मबोध हो । अलिकति ढिला भए पनि ओमकुमारी रानाभाटले ‘श्लोक एकः छन्द अनेक’ शीर्षक कविता सङ्ग्रहमार्फत आफूलाई चिद्यात्राको पहिलो श्रेणीमा उकालेकी छिन्, यो सुखद् सन्दर्भ हो । भावमायिनी स्पष्ट छिन् । मनोविकारसँग मजाले खेल्नसक्ने चेतनाको विकास यिनीभित्र भइसकेको कुरा कविताले स्पष्ट गरेको छ । देशप्रेममा यिनी अभिसिञ्चित भएर चौतर्फी विकासको सपना कवितामा कुदेकी छिन् । विद्यमानमा देखापरिरहेका विकृतिप्रति हुने शालीन आक्रोश पनि व्यक्त गर्दछिन् । राष्ट्रिय हुन् वा अलिअलि अन्तर्राष्ट्रिय विसङ्गतिप्रति पनि उनी रुष्ट छिन् । परम्परागत ईश्वरीय आस्थाका झलक पनि व्यवहारदेखि कवितासम्ममा हुने जीवन्त रूपमै देखाउने प्रयास यस कविता सङ्ग्रहका माध्यमले गरिरहेकी छिन् । राम्रो पकडमा नआइसकेको छन्दसाधनामा खेलेर यस अवस्थासम्म आइपुग्नु यिनका लागि गौरवको कुरा हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आउँदै जाँदै गरौँला सिमल बारुलै
Latest NewsJust now

आउँदै जाँदै गरौँला सिमल बारुलै

“पाँचैमा र मुखे हो रुद्राक्षको माला सिमल बारुलैजोगीले हजुर जपने सिमल बारुलै मरने र जति बैकुण्ठमा पुगे सिमल बारुलै आयौ है हजुर बाँचने सिमल बारुलै ।’’लोकगीतले समाजका विभिन्न पहलुलाई... ...

गोरखापत्र
डुबेर दुई बालकको मृत्यु
Latest NewsJust now

डुबेर दुई बालकको मृत्यु

सल्यान समाचारदातासल्यान, कात्तिक २१ गते । सल्यानको कालीमाटी गाउँपालिका–७ घुईयाबारीमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय आठ वर्षीय योगेश बुढा र अंकित बुढा... ...

गोरखापत्र
कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
Latest NewsJust now

कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौँ। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ। सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play