Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

शेख हसिना सुम्पन बंगलादेशको अनुरोध, ट्राभल डकुमेन्टबिना फिर्ता नगर्ने भारतको अडान

Share:WhatsAppFacebookX (Twitter)Telegram
शेख हसिना सुम्पन बंगलादेशको अनुरोध, ट्राभल डकुमेन्टबिना फिर्ता नगर्ने भारतको अडान
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । बंगलादेशले भारतलाई आफ्ना पूर्वप्रधानमन्त्री शेख हसिना प्रत्यर्पण (फिर्ता) गर्न माग गरिरहेको छ। विद्यार्थी आन्दोलनले सत्ताच्युत भएपछि २०२४ अगस्ट ५ तारिख हेलिकप्टर चढेर भागेकी हसिना त्यसयता भारतमै छिन्। बंगलादेशले बारम्बार उनको सुपुर्दगी माग गरे पनि भारतले सुनुवाइ गरिरहेको छैन। यसैबिच बुधबार भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यस विषयमा प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, ‘बंगलादेशले गरेको प्रत्यर्पण अनुरोधका विषयमा हामी हाम्रो प्रक्रियाअनुसार विचार गरिरहेका छौँ। जहाँसम्म नागरिक फिर्ताको सवाल छ, यसका लागि यात्रा कागजात (ट्राभल डकुमेन्ट) आवश्यक हुन्छ जुन प्रत्यर्पण अनुरोधभन्दा फरक कुरा हो।’ हालै मात्र हसिनाले आफू आगामी डिसेम्बर १६ तारिख स्वदेश फर्किने भन्दै यसका लागि विमानको व्यवस्था गरिदिन बंगलादेश सरकारसँग अनुरोध गरेकी छन्। हसिनाका प्रवक्ता सैयद मोजामेल अलीले मंगलबार भनेका छन्, ‘५ अगस्ट २०२४ मा शेख हसिना बंगलादेशको विमानबाटै भारत गएकी थिइन्, त्यसैले उनले अहिले दिल्लीबाट ढाका फर्किन पनि हवाई यातायातको व्यवस्था मिलाइदिन (बंगलादेश) सरकारसँग आग्रह गरेकी छन्।’ बंगलादेशमा डिसेम्बर १६ मा विजय दिवस मनाइन्छ। सन् १९७१ यो तारिख बंगलादेशले पाकिस्तानविरुद्ध युद्ध जितेर स्वतन्त्रता प्राप्त गरेको दिन हो। हसिनाका सहयोगी अबु ओबैदा अरिनले एसोसिएटेड प्रेससँग भनेका छन्, ‘उनले बंगलादेश फर्कन डिसेम्बर १६ विजय दिवस रोज्नु धेरै महत्त्वपूर्ण छ।’ अरिनले हसिनाको नेतृत्वमा बंगलादेश फेरि एकपटक शान्ति, स्थिरता र प्रगतिको बाटोमा अगाडि बढ्ने कुरामा आफू विश्वस्त रहेको पनि बताए। हसिनाले देश छाडेपछि २०२५ नोभेम्बर १७ मा ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले विद्यार्थी आन्दोलनमा हिंसा गरेको भन्दै उनीविरुद्ध मृत्युदण्डको सजाय सुनाएको छ। संयुक्त राष्ट्र संघका अनुसार २०२४ अगस्टमा बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा तत्कालीन हसिना सरकारले दमन गर्दा १,४०० जनाको मृत्यु भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मुलुकभरबाट लागुऔषधसहित २७ जना पक्राउ
Latest NewsJust now

मुलुकभरबाट लागुऔषधसहित २७ जना पक्राउ

• नियमित गस्तीमा रहेको प्रहरी टोलीले २६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। • पक्राउ गरिएका व्यक्तिहरूमा काठमाडौँ, सुनसरी, झापा, बाराका साथै अन्य स्थानका नागरिकहरू समावेश छन्। • अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेट र नगद बरामद भएको छ। ...

नेपालबहस
अमेरिकाले चीन र भारतसहित १४ देशमाथि लगायो नयाँ भन्सार शुल्क
Latest NewsJust now

अमेरिकाले चीन र भारतसहित १४ देशमाथि लगायो नयाँ भन्सार शुल्क

काठमाण्डु –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, युरोपेली संघ (ईयू०, जापान र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका हुन् । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा […] ...

काठमाण्डुपाटी
चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण
Latest NewsJust now

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

चितवन । चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ । प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा नेपाल र चीनका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement