Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

शेख हसिनाको स्वदेश फिर्तीका लागि भारतले दुई सर्त राखेको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
शेख हसिनाको स्वदेश फिर्तीका लागि भारतले दुई सर्त राखेको दाबी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन भारतले बंगलादेश सरकारसमक्ष दुईवटा सर्त राखेको दाबी गरिएको छ । मिडिया रिपोर्टका अनुसार भारतले बंगलादेशी सेनालाई नै भारत आएर हसिनालाई सुरक्षित रूपमा स्वदेश लैजानुपर्ने र उनलाई निष्पक्ष सुनुवाइको सुनिश्चितता दिनुपर्ने सर्त राखेको हो । यद्यपि, भारत सरकारले यी सर्तबारे आधिकारिक पुष्टि गरेको छैन । भारतको पहिलो सर्तअनुसार हसिनालाई सन् २०२४ अगस्ट ५ मा जसरी सैन्य विमानमार्फत भारत ल्याइएको थियो, त्यसरी नै बंगलादेशी सेनाले आफ्नै जिम्मेवारीमा फिर्ता लैजानुपर्नेछ । त्यसका लागि बंगलादेशले सैन्य विमान दिल्ली पठाउन वा सेनामार्फत उनलाई सीमासम्म लैजान सक्ने विकल्प रहेको समाचारमा उल्लेख छ । दोस्रो सर्तमा हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्ने र सन् २०२४ जुलाईमा भएको हिंसासम्बन्धी आरोपमा निष्पक्ष सुनुवाइको अवसर दिनुपर्ने भारतको चाहना रहेको बताइएको छ । उक्त कानुनी प्रक्रियालाई अन्तर्राष्ट्रिय समुदाय र सञ्चारमाध्यमले समेत निगरानी गर्न पाउनुपर्ने भारतीय पक्षको धारणा रहेको समाचारमा उल्लेख छ । हसिनाले नोभेम्बर ९ मा नयाँ राहदानी तथा यात्रा कागजातका लागि आवेदन दिएको र डिसेम्बरमा बंगलादेश फर्कने इच्छा व्यक्त गरेको बताइएको छ । यसैबीच, भारतका विदेशमन्त्रीस्तरीय निकायका प्रवक्ता रणधीर जयसवालले नोभेम्बर १३ मा यस विषयमा सोधिएको प्रश्नमा टिप्पणी गर्न अस्वीकार गरेका थिए । बंगलादेशले भने सुपुर्दगी सन्धिअनुसार उनको फिर्ती प्रक्रिया अघि बढाउन सक्ने बताउँदै आएको छ । यद्यपि, भारतीय अधिकारीहरूले डिसेम्बरमै हसिनाको स्वदेश फिर्ती सहज नहुने आकलन गरेको समाचारमा उल्लेख छ । बंगलादेशले सार्वजनिक रूपमा उनको सुपुर्दगी मागे पनि स्वदेश फर्किएपछि उत्पन्न हुन सक्ने राजनीतिक तथा प्रशासनिक चुनौतीले प्रक्रिया जटिल बन्न सक्ने बताइएको छ । भारतका दुई सर्त र बंगलादेशसँग भइरहेको भनिएको वार्ताबारे दुवै देशबाट औपचारिक पुष्टि भने भएको छैन । The post शेख हसिनाको स्वदेश फिर्तीका लागि भारतले दुई सर्त राखेको दाबी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य, अशलङ्काको अर्धशतक
Latest NewsJust now

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य, अशलङ्काको अर्धशतक

उनले ४३ बलमा छ छक्का र एक चौकासहित ६४ रन बनाए । यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन बनाए । ...

मकालु खबर
पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन
Latest NewsJust now

पाथीभरामा एकै दिन ११ हजारभन्दा बढी भक्तजन

• ताप्लेजुङको पाथीभरामा शनिबार ११,२७२ भक्तजनले दर्शन गरेका छन्, जबकि शुक्रबार ३,६२३ जना आएका थिए। • भक्तजनहरू नेपालका विभिन्न जिल्लासँगै भारतका सिक्किम र दार्जिलिङबाट पनि पाथीभरामा दर्शन गर्न आइरहेका छन्। • पाथीभरा समुद्री सतहदेखि ३,७९४ मिटरको उचाइमा रहेको धार्मिकस्थलमा दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वास गरिएको छ। ...

नेपालबहस
छठ पर्व मर्यादित रूपमा मनाउन पर्सा प्रशासनको अपिल
Latest NewsJust now

छठ पर्व मर्यादित रूपमा मनाउन पर्सा प्रशासनको अपिल

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले छठ पर्वलाई भव्य, सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणमा अपिल गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले आस्था, विश्वास र सद्भावको पर्व छठका अवसरमा शुभकामना व्यक्त गर्दै पर्वका क्रममा हुन सक्ने आगलागी, मानवीय तथा भौतिक क्षति रोक्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले छठ पर्वका अवसरमा पटका, आतिसबाजीजस्ता प्रज्वलनशील तथा विस्फोटक पदार्थको ...

केन्द्रबिन्दु
मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने
Latest NewsJust now

मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने

• रास्वपा सभापति रवि लामिछानेले सांसदहरुलाई जनताको सेवक बन्न निर्देशन दिएका छन्। • उनले सांसदहरुको जीवनशैलीमा परिवर्तन ल्याउन र जनताको अपेक्षाअनुसार काम गर्न सुझाव दिए। • टिकटको लागि आर्थिक लेनदेन नगर्न आग्रह गर्दै, पार्टीले यस्तो गतिविधिमा संलग्नलाई उजुरी दिन पनि भनेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play