Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

शेख हसिनाको घरफिर्ती घोषणाले तात्यो ढाका

Share:WhatsAppFacebookX (Twitter)Telegram
शेख हसिनाको घरफिर्ती घोषणाले तात्यो ढाका
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशको राजनीतिक माहोल पुनः तात्ने संकेत देखिएको छ । दुई वर्षभन्दा बढी समयदेखि भारतमा निर्वासनको जीवन बिताइरहनु भएकी हसिनाको यो घोषणाले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ । तर, उहाँको स्वदेश फिर्ती राजनीतिक इच्छाशक्तिले मात्रै सम्भव हुने अवस्था छैन । मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाइएकी हसिनाका लागि स्वदेश प्रवेश नै ठूलो कानुनी र राजनीतिक चुनौती बन्ने देखिएको छ । हसिनाका प्रवक्ता सैयद मोजाम्मेल अलीका अनुसार उहाँले दिल्लीबाट ढाका फर्किन राष्ट्रिय ध्वजावाहक विमान र आवश्यक यात्रा कागजातको व्यवस्था मिलाइदिन बंगलादेश सरकारसँग आग्रह गर्नुभएको छ । सन् २०२४ अगस्ट ५ मा आफूलाई बंगलादेशी विमानमार्फत भारत लगिएको उल्लेख गर्दै उहाँले स्वदेश फर्कने प्रबन्ध पनि सरकारले नै गर्नुपर्ने बताउनुभएको हो । तर, बंगलादेश सरकारले हसिनाको स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उहाँ फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । हसिनाले स्वदेश फर्कन डिसेम्बर १६ रोज्नुको पछाडि पनि विशेष राजनीतिक सन्देश रहेको देखिन्छ । सन् १९७१ मा पाकिस्तानसँगको स्वतन्त्रता युद्ध समाप्त भएको दिनको सम्झनामा बंगलादेशले यस दिनलाई विजय दिवसका रूपमा मनाउँदै आएको छ । उहाँका पिता शेख मुजिबुर रहमान बंगलादेशको स्वतन्त्रता आन्दोलनका प्रमुख नेतासमेत हुनुहुन्थ्यो । ऐतिहासिक दिनमा आफ्नै जनतामाझ उपस्थित हुने हसिनाको चाहनालाई उहाँका समर्थकले प्रतीकात्मक रूपमा महत्त्वपूर्ण मानेका छन् । तर, हसिनाको स्वागतका लागि ढाका तयार देखिँदैन । मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै बंगलादेशको अदालतले गत वर्ष उहाँलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएको दमनमा उहाँको भूमिका अहं रहेको आरोपमा अदालतले यस्तो फैसला गरेको हो । हसिनाले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आउनुभएको छ । बंगलादेशका विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले हसिना आफ्नै सर्तमा स्वदेश फर्कन नसक्ने स्पष्ट पार्नुभएको छ । मंगलबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा उहाँले हसिना सामान्य यात्रुका रूपमा व्यावसायिक उडानबाट फर्कन नसक्ने र हतकडी लगाएर ल्याइने दाबी गर्नुभएको थियो । उहाँले हसिना र भारतमाथि बंगलादेशमा भइरहेका अशान्ति तथा आतंकवादी गतिविधिलाई समर्थन गरेको आरोपसमेत लगाउनुभयो । भारतको विदेश मन्त्रालयले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन । यसअघि अप्रिलमा भारतले बंगलादेशको सुपुर्दगीसम्बन्धी अनुरोध अध्ययन गरिरहेको जनाएको थियो । हसिनाको घोषणाले उहाँको दल अवामी लिगका समर्थकलाई उत्साहित बनाएको छ । राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लागे पनि पार्टी समर्थकले विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले हसिनाको स्वदेश फिर्तीको मागसहित देशव्यापी बन्दको आह्वानसमेत गरेका छन् । उहाँका सहयोगी अबु ओवैधा अरिनले डिसेम्बर १६ मा हसिना आफ्नै जनतामाझ उपस्थित हुने विश्वास व्यक्त गर्दै उहाँ पुनः बंगलादेशको नेतृत्वमा फर्किने दाबी गर्नुभएको छ । अर्कोतर्फ, हसिनाको सत्ताच्युतपछि बनेको राजनीतिक समीकरण पनि अहिले चुनौतीपूर्ण मोडमा छ । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले गत वर्ष ‘मे’ महिनामा अवामी लिगका राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि पार्टीलाई फेब्रुअरीमा भएको आमनिर्वाचनमा सहभागी हुनसमेत रोक लगाइयो । निर्वाचनबाट अवामी लिगको पुरानो प्रतिस्पर्धी बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) सत्तामा पुग्यो भने तारिक रहमान प्रधानमन्त्री बन्नुभयो । हसिनाको फिर्तीको चर्चाबीच प्रधानमन्त्री रहमानले राजनीतिक संवादलाई पनि तीव्रता दिनुभएको छ । सोमबार उहाँले विद्यार्थी आन्दोलनबाट उदाएको नेसनल सिटिजन पार्टी (एनसिपी) का नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो । ढाकास्थित क्याबिनेट डिभिजन सचिवालयमा भएको करिब ४० मिनेट लामो छलफलमा एनसिपी संयोजक नाहिद इस्लामसहित चार सदस्यीय टोली सहभागी थियो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता महदी अमिनले राजनीतिक विचार र सिद्धान्त फरक भए पनि देशलाई अस्थिर बनाउने प्रयासविरुद्ध लोकतान्त्रिक तथा अधिनायकवादविरोधी शक्तिहरू एकजुट हुनसक्ने बताउनुभएको छ । तर, एनसिपी संयोजक नाहिद इस्लामले संवादलाई औपचारिकतामा सीमित गर्न नहुने बताउनुभएको छ । छलफलबाट ठोस परिणाम आउनुपर्नेमा जोड दिँदै उहाँले सरकारले राजनीतिक संवादलाई परिणाममुखी बनाउन के कदम चाल्छ भन्ने विषय महत्त्वपूर्ण हुने बताउनुभएको छ । सन् २०२४ जुलाई-अगस्टमा विद्यार्थीले सरकारी जागिरमा आरक्षणको व्यवस्थाविरुद्ध सुरु गरेको आन्दोलन प्रहरी दमनपछि व्यापक सरकारविरोधी विद्रोहमा परिणत भएको थियो । अगस्ट ५ मा हजारौँ प्रदर्शनकारी राजधानी ढाका प्रवेश गरेपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाड्नुभएको थियो । त्यसयता उहाँ भारतमा बस्दै आउनुभएको छ । संयुक्त राष्ट्रसंघको अनुमानअनुसार उक्त आन्दोलनका क्रममा एक हजार चार सय जनासम्मको मृत्यु भएको थियो । अहिले बंगलादेशका विभिन्न क्षेत्रमा कच्चा बम विस्फोट, आगजनी र हिंसाका घटना सार्वजनिक भइरहेका छन् । हसिनाको सम्भावित फिर्तीलाई लिएर केही सातादेखि प्रदर्शन भइरहेका बेला उहाँको पछिल्लो घोषणाले राजनीतिक ध्रुवीकरण थप चर्काउने जोखिम बढाएको छ । यसअघि पनि हसिनाले स्वदेश फर्किने इच्छा व्यक्त गर्दै त्यसक्रममा जेल पर्न वा ज्यानसमेत जानसक्ने जोखिम स्वीकार गर्नुभएको थियो । तर, यसपटक उहाँले फर्किने निश्चित मिति नै सार्वजनिक गर्नुभएको छ । डिसेम्बर १६ नजिकिँदै गर्दा बंगलादेश सरकार उहाँको फिर्तीप्रति कस्तो व्यवहार गर्छ, भारतले सुपुर्दगीसम्बन्धी विषयमा के निर्णय लिन्छ र अवामी लिगका समर्थकको प्रतिक्रिया कस्तो हुन्छ ? भन्ने प्रश्न महत्त्वपूर्ण बनेका छन् । एजेन्सीको सहयोगमा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लगानी जुटेपछि मात्र जलविद्युत् कम्पनी आईपीओ जारी गर्न योग्य हुने
Latest NewsJust now

लगानी जुटेपछि मात्र जलविद्युत् कम्पनी आईपीओ जारी गर्न योग्य हुने

आईपीओ जारी गर्ने कम्पनीको वित्तीय अवस्था खुल्ने गरी बिक्री प्रबन्धकले भिडियो बनाएर सार्वजनिक गर्नुपर्ने ...

कान्तिपुर
नेपाल एसिया कप राइजिङ स्टार्सको समूह चरणबाटै बाहिरियो
Latest NewsJust now

नेपाल एसिया कप राइजिङ स्टार्सको समूह चरणबाटै बाहिरियो

काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान एसँग ९६ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा आज भएको खेलमा पाकिस्तान एले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटियो । नेपालका लागि मयन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५० बलमा चार चौका र ...

केन्द्रबिन्दु
इरानका सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता गरिन्न : गालिबाफ
Latest NewsJust now

इरानका सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता गरिन्न : गालिबाफ

इरानको संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता नहुने बताएका छन्। इरानका प्रमुख वार्ताकारसमेत रहेका उनले मंगलबार संसद्‌मा सम्बोधन गर्दै अमेरिकासँग वार्ताका लागि आफूहरूको अडान यथावत् रहेको बताएका हुन्।  बीबीसी फारसीका अनुसार गालिबाफले भने, ‘हाम्रो अडान पहिले भनेजस्तै छ। इरानका&... ...

नेपालखबर
विश्वस्तरीय आइआइटी अब नेपालमै
Latest NewsJust now

विश्वस्तरीय आइआइटी अब नेपालमै

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर ९ गते । विश्व प्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) को क्याम्पस अब नेपालमै स्थापना हुने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement