Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो
Photo / Coverage: पर्दाफास

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रतिबन्धित अवामी लिगका समर्थकहरूको प्रदर्शनपछि हिंसा र अशान्ति बढेको छ । प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै सरकारी तथा प्रहरी संरचनामा तोडफोड गरेपछि सरकारले जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीसी) र प्रहरी प्रमुख (एसपी) को सरुवा गरेको छ । शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा पछिल्ला केही दिनयता प्रदर्शन, तोडफोड र झडपका घटना भइरहेका छन् । आइतबार भएको एक प्रदर्शनमा सहभागीहरू लाठी र खुकुरीजस्ता धारिला घरेलु हतियार बोकेर सडकमा उत्रिएका थिए । बंगलादेशको दैनिक पत्रिका प्रोथोम आलोका अनुसार प्रदर्शनकारीले प्रहरीको सशस्त्र बख्तरबन्द गाडी (एपीसी) र प्रहरी बिटमा तोडफोड गरेका छन् । उनीहरूले जुलाई स्मारक र हादी स्क्वायरमा राखिएका शिलालेखसमेत क्षति पु¥याएका छन् । स्थिति नियन्त्रणमा लिन बंगलादेश सरकारले गोपालगञ्जमा सीमा सुरक्षा बल (बीजीबी) का ६ प्लाटुन सुरक्षाकर्मी परिचालन गरेको छ । बीजीबीले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । अपदस्थ प्रधानमन्त्री हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेपछि उनको गृहजिल्ला गोपालगञ्जमा अवामी लिगका गतिविधि बढेको बताइएको छ । यसैबीच, बंगलादेशका कानुनमन्त्री एमडी असदुज्जमानले हसिना कानुनी प्रक्रियाअन्तर्गत सुपुर्दगी सन्धिमार्फत मात्रै स्वदेश फर्किन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलाविरुद्ध पुनरावेदन गर्ने निर्धारित समय समाप्त भएपछि ढिलाइ माफी दिएर पुनरावेदन गर्ने कानुनी आधार नरहेको उनको भनाइ छ । उनले सन् १९७३ मा शेख मुजिबुर रहमानको शासनकालमा संविधान संशोधन गरी मानवताविरुद्धको अपराधमा अभियुक्त तथा दोषी ठहर भएका व्यक्तिले मौलिक अधिकारको दाबी गर्न नसक्ने व्यवस्था गरिएको पनि उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका प्रमुख अभियोजक अमिनुल इस्लामले भने फैसलाको पूर्णपाठ प्रकाशित भएको ३० दिनभित्र पुनरावेदन गर्न सकिने व्यवस्था रहेको बताएका छन् । सन् २०२५ नोभेम्बर १७ मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले सन् २०२४ जुलाईको जनविद्रोहका क्रममा भएको मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त मुद्दाको फैसलाको पूर्णपाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
किसानको बाली जोगाउन प्रहरी खेतमा
OthersJust now

किसानको बाली जोगाउन प्रहरी खेतमा

झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न जुटेका छन् । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्रमा आइतबार हात्ती प्रभावित स्थान तथा सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसानको संयुक्त सहभागितामा धान काटिएको हो । यसअघि हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको ...

पर्दाफास
कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह- ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’
OthersJust now

कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह- ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन् । कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै पक्षको सहमति र सम्झौताबिना सामूहिक सफलता सम्भव नहुने बताए । “प्रत्येक पक्षबाट सम्झौता र सहमति नभएसम्म सामूहिक सफलता सम्भव छैन”, उनले भने, “प्रत्येक देशको आफ्नै धारणा ...

पर्दाफास
यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली
OthersJust now

यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा अनुभवी र युवा खेलाडी समावेश छन् । क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार घोषित नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, ...

पर्दाफास
विश्वविजेता स्पेन इंग्ल्यान्डसँग पराजित, ४३ खेलको अपराजित यात्रा टुङ्गियो
OthersJust now

विश्वविजेता स्पेन इंग्ल्यान्डसँग पराजित, ४३ खेलको अपराजित यात्रा टुङ्गियो

३० कात्तिक, काठमाडौं । विश्व विजेता स्पेन युइएफए नेसन्स लिग अन्तर्गत आइतबार राती भएको खेलमा इंग्लयान्ड्सँग ३-२ ले पराजित भएको छ । घरेलु मैदानमै बेहोरेको यो हारपछि स्पेनको लगातार ४३ खेलमा अपराजित यात्रामा पनि ब्रेक लागेको छ । मड्रिडस्थित रियाद एअर मेट्रोपोलिटानोमा भएको खेलमा थोमस टुचेलको टिम इंग्ल्यान्डले विश्व विजेता स्पेन विरुद्ध ३-० को अग्रता… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play