Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

शूरु भयो तिहार, आज धनतेरस

Share:WhatsAppFacebookX (Twitter)Telegram
शूरु भयो तिहार, आज धनतेरस
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदैछन् । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन समुद्र मन्थनको क्रममा भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएको भन्ने धार्मिक मान्यता रहदै आएको छ । भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानिन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् । धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ । यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ । यस दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिने र शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइने बताएको छ । भगवान् धन्वन्तरीलाई पित्तल मनपर्ने भएकाले यस दिन विशेष रूपमा पित्तलका सामानहरू किनिन्छ । नेपाली बजारमा यस दिन विशेषगरी पित्तलका थाल, गिलास, कचौरा, कलशहरूको खरिद–बिक्री हुने गर्छ । धनतेरसको दिन किनिएको कुवेर यन्त्र तथा श्री यन्त्रलाई शुभ मानिन्छ । यस दिन किनिएको यन्त्रलाई घरको दराज तथा पसल व्यवसायमा राख्नाले वर्षभर पैसाको कमी नहुने विश्वास गरिन्छ । साथै, यस दिन लक्ष्मी र गणेशको लोगो भएको चाँदीको सिक्का किन्ने प्रचलन छ । यसले घरमा शुभफल दिनुका साथै समृद्धि भित्रिने जनविश्वास रहेको छ । धनतेसरमा अधिकांशले कुचो किन्ने गरेका पाइन्छ । यस दिन कुचो किनेर घरमा ल्याउँदा पैसाको अभाव नहुने तथा घर परिवारका सदस्यलाई रोगले नसताउने विश्वास गरिन्छ । सवारी साधन किन्नेहरू पनि यसै दिनको प्रतीक्षामा रहेका हुन्छन् । यस दिनलाई सवारी साधन किन्न शुभ मानिनुका साथै नेपालमा दसैँ (तिहारको अफर पनि चल्ने भएकाले यस दिन सवारी साधनको बिक्रीसमेत अत्यधिक हुने गरेको छ । आजदेखि भाइटीकाको दिनसम्म व्यवसाय तथा व्यक्तिगत कारोबारमा उधारो गर्दा अशुभ हुने जनविश्वाससमेत रहेको छ । आजकै दिनदेखि तिहार सुरु भए पनि आइतबार काग तिहार, यमदीपदान र धन्वन्तरी जयन्ती मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । The post शूरु भयो तिहार, आज धनतेरस appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ
Latest NewsJust now

यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ

रुपन्देही समाचारदाता रुपन्देही, कात्तिक २० गते । गाडी भाडाको विषयमा झगडा गरी यात्रुलाई कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ परेका छन् । बुटवलको बसपार्कमा भाडाबारे विवाद हुँदा यात्... ...

गोरखापत्र
साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत
Latest NewsJust now

साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

काठमाडौं । बंगलादेशले साफ च्याम्पियनसिपको १५औँ संस्करणमा भुटानलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । बिहीबार नै भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले पनि विजयी सुरुआत गरेको हो । बंगलादेशका प्रशिक्षक थोमस डुलीको टोलीलाई भुटानले खेलभर दबाबमा राखेको थियो । खेलको ६४औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मोहम्मद इब्राहिमले पाँच मिनेटभित्रै गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । जयान ...

केन्द्रबिन्दु
चाडपर्वलाई लक्षित गर्दै प्रहरीको विशेष सुरक्षा योजना लागू
Latest NewsJust now

चाडपर्वलाई लक्षित गर्दै प्रहरीको विशेष सुरक्षा योजना लागू

काठमाडौँ, कात्तिक २० गते । नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ ।चाडपर्वका... ...

गोरखापत्र
गृहमन्त्री सुधन गुरुङको जिल्लामा नुन किलोकै २०० रुपैयाँ
Latest NewsJust now

गृहमन्त्री सुधन गुरुङको जिल्लामा नुन किलोकै २०० रुपैयाँ

गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play