काठमाडौँ।नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पत्रकार रोशन खड्कासँग सहमति गरेपछि साइबर ब्युरोबाट फर्किएका छन् । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर परेको उजुरीबारे छलफल गर्न आइतबार साइबर ब्युरो पुगेका शिवाकोटी र खड्काबीच अबदेखि अप्रमाणित सामग्री पोस्ट नगर्ने सहमति भएको हो । पत्रकार खड्काले आफूविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै शिवाकोटीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका थिए। ब्यूरोले आज दुबैलाई बोलाएर छलफल गराएको थियो। त्यसक्रममा शिवाकोटीले माफी मागेको छलफलमा सहभागी एक जनाले बताए।सहमतिअनुसार शिवाकोटीले पुरानो स्ट्याटस डिलिट गरेर सामाजिक सञ्जालमै माफी माग्ने छन्। शिवाकोटी प्रहरीको ताकेतापछि आज साइबर ब्युरो गएका हुन्। बिचौलिया इनम सापकोटा र नेपाली कांग्रेससम्बन्धी समाचारबारे दिएको टिप्पणी सम्बन्धमा खड्काले उजुरी दिएपछि शिवाकोटीलाई १९ कात्तिकमै साइबर ब्युरोले बोलाएको थियो।
शिवाकोटी र खड्काबीच साइबर व्युरोमा सहमति

Read Complete Original Article
Published originally on नेपालन्युज






