झापा । झापाको शिवसताक्षी नगरपालिका–८ बुद्धचोकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ निवासी २१ वर्षीय साहित गजमेर रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार साँझ करिब ५ः१५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बुद्धचोकस्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८०३५ नम्बरको कारले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ३३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएका गजमेरको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
शिवसताक्षीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Read Complete Original Article
Published originally on नेपालन्युज






