Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

शान्ति सुरक्षाको अवस्थाबारे प्रधानमन्त्री बालेनले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
शान्ति सुरक्षाको अवस्थाबारे प्रधानमन्त्री बालेनले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे जानकारी लिएका हुन् । प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् । साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्तदुरुस्त बनाउन उनले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रूपन्देहीमा एक पुरुष मृत फेला
OthersJust now

रूपन्देहीमा एक पुरुष मृत फेला

१९ कात्तिक, रूपन्देही । रूपन्देहीमा एक पुरुष मृत अवस्थामा फेला परेकी छिन् । सम्मरीमाई गाउँपालिका–६ रूदलापुर बस्ने ७० वर्षीय धन्नि कुर्मी सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । ...

अनलाइन खबर
बलरको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको अपराजित यात्रा कायम, जनकपुरको तेस्रो हार
OthersJust now

बलरको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीको अपराजित यात्रा कायम, जनकपुरको तेस्रो हार

लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले पूरै २० ओभर खेल्दा ८ विकेट गुमाएर ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो । ...

अनलाइन खबर
इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल
OthersJust now

इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल

अर्यालले अहिलेको सरकार रास्वपा नेतृत्वको भएकाले सरकारले गरेका कामको जवाफदेहीता पनि रास्वपाले लिनुपर्ने तर्क गरिन् । ...

अनलाइन खबर
परराष्ट्रमन्त्री खनाल र अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुखबीच भेटवार्ता
OthersJust now

परराष्ट्रमन्त्री खनाल र अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुखबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालस्थित अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play