Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने
Photo / Coverage: नेपालन्युज

काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर पनि फरार रहेका आरोपितहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवका अनुसार वैदेशिक रोजगार विभागले फरार आरोपितहरूको विवरण संकलन गरी नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्राचार गर्ने तयारी गरेको छ । विभागले गत कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको थियो । सूचनामा तोकिएको समयभित्र सम्पर्कमा नआए बैंक खाता रोक्का गर्नुका साथै यात्रा अनुमतिसम्बन्धी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको थियो । मन्त्री यादवका अनुसार सूचनामा उल्लेखित म्यादभित्र सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण तयार पारेर आगामी मङ्सिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र पठाउने तयारी भइरहेको छ । यसका लागि विभागले सम्बन्धित शाखालाई फरार आरोपितहरूको सूची तयार गर्न र बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ । ३५ दिने समयसीमा पूरा भएपछि फरार आरोपितहरूको आर्थिक कारोबार नियन्त्रण गर्ने उद्देश्यले बैंक खाता रोक्का गर्ने प्रक्रिया सुरु गरिने मन्त्री यादवले बताएका छन् । मन्त्रालयका अनुसार वैदेशिक रोजगारीको नाममा ठगी गरी फरार रहेका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा ल्याउन यो कदम प्रभावकारी हुने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारसम्बन्धी ठगी नियन्त्रण गर्ने, पीडितलाई न्याय दिलाउने र दोषीलाई कानुनी दायरामा ल्याउने उद्देश्यसहित मन्त्रालय र विभागले उक्त प्रक्रिया अघि बढाएका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या
Latest NewsJust now

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा स्थानीय विद्यालयमा सञ्चालित निःशुल्क आँखा जाँच शिविरमा परीक्षण गरिएका एक हजार... ...

रातोपाटी
जनकपुरधाम–अयोध्या रेल सञ्चालन हुने भएपछि खुसी
Latest NewsJust now

जनकपुरधाम–अयोध्या रेल सञ्चालन हुने भएपछि खुसी

विजयकुमार साह ढल्केबर, मङ्सिर ६ गते । जनकपुरधाम र भारतको अयोध्याबिच रेल सेवा सञ्चालन हुने भएपछि जनकपुरसहित मधेश प्रदेशका स्थानीय उत्साहित भएका छन् । धार्मिक, सांस्कृतिक तथा ऐतिहासि... ...

गोरखापत्र
रातोपाटी समाचार प्रभाव : राइड सेयरिङको अस्वाभाविक भाडा नियन्त्रण गर्न मन्त्रालयको निर्देशन
Latest NewsJust now

रातोपाटी समाचार प्रभाव : राइड सेयरिङको अस्वाभाविक भाडा नियन्त्रण गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । राइड सेयरिङ सेवामा यात्रुबाट अस्वाभाविक रूपमा बढी भाडा असुल्ने गरेको विषयमा रातोपाटीले समाचार प्रकाशित गरेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चासो देखाएको छ । रातोपाटीले शनिबार 'संकटमा यात्रुको... ...

रातोपाटी
ट्याक्टरबाट खसेर पुरुषको मृत्यु
Latest NewsJust now

ट्याक्टरबाट खसेर पुरुषको मृत्यु

सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसेबाट आफ्नै बारीमा उत्पादन भएको बन्दागोपी बिक्रीका लागि रा १ त ४६६१ नम्बरको ट्याक्टरमा दाङ लैजाँदै गर्दा उक्त ट्याक्टरबाट खसेर सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसे का वर्ष २८ का राजन भनेर चिनिने एकराज केसीको मृत्यु भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play