Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई पक्राउ
Photo / Coverage: नेपालन्युज

काठमाडौं। वैदेशिक रोजगारीको बहानामा ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका-६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका-९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ र रसाइलीले क्यानडा पठाइदिन्छु भन्दै ३० लाख रुपैयाँ लिएका थिए। रकम बुझेपछि उनीहरू सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापाक्षेत्रीले जानकारी दिनुभयो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
Latest NewsJust now

चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ, कात्तिक १६ गते । चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ आयोजित... ...

गोरखापत्र
म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित
Latest NewsJust now

म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

• म्याग्दीमा मनसुनजन्य विपदबाट करिब ८०० घरपरिवार प्रभावित भएका छन्, जसमा ७८९ घरपरिवार पूर्ण र आंशिक क्षति भइसकेका छन्। • विपदका कारण ५ जनाको मृत्यु भएको र २४३ घर पूर्ण तथा १८४ घर आंशिक क्षति भएको विवरण संकलन गरिएको छ। • सरकारले प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गर्दै पुनर्निर्माणका लागि अनुदान र कार्ययोजना तयार गरेको छ। ...

नेपालबहस
मझिमटारमा आकाशे पुलको गर्डर राखिँदै, पृथ्वी राजमार्ग तीन घण्टा बन्द
Latest NewsJust now

मझिमटारमा आकाशे पुलको गर्डर राखिँदै, पृथ्वी राजमार्ग तीन घण्टा बन्द

• मलेखु–मुग्लिङ सडकखण्डको बेनिघाट रोराङ गाउँपालिका–९ मा निर्माणाधीन आकाशे पुलको गर्डर राख्नका लागि सवारी आवागमन बन्द गरिएको छ। • सोमबार पूर्वान्ह ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द रहनेछ। • सवारी चालक र यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन र ट्राफिक नियमको पालना गर्न अनुरोध गरिएको छ। ...

नेपालबहस
‘कबड्डी-५’ ले १० दिनमै कमायो १० करोड
Latest NewsJust now

‘कबड्डी-५’ ले १० दिनमै कमायो १० करोड

दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कबड्डी-५: आफ्टर द फाइनल म्याच’ व्यापार १० करोड नाघेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार, यस फिल्मले १० करोड ७६ लाख ६३ हजार ७१५ ग्रस कलेक्सज गरेको हो।  कात्तिक ६ गतेबाट प्रदर्शन भएको ‘कबड्डी-५’ ले १० दिनमै १० करोडको आँकडा पार गरेको छ। यस अवधिभर फिल्मलाई ती... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play