Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

वैदेशिक रोजगारीको नाममा १ लाख ५० हजार महिलाहरू बेचबिखन र हिंसाको शिकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैदेशिक रोजगारीको नाममा १ लाख ५० हजार महिलाहरू बेचबिखन र हिंसाको शिकार
Photo / Coverage: टक्सार

काठमाडाैँ । विज्ञहरूले वैदेशिक रोजगारीको नाममा महिलाहरु मानव बेचबिखन तथा विभिन्न प्रकारका हिंसाको सिकार भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न नीतिगत सुधारको आवश्यकता औँल्याएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उनीहरूले आन्तरिक तथा अन्तर्रष्ट्रिय रुपमा बेचबिखनलाई नियन्त्रत्रण गर्नेगरी विधेयकलाई समृद्ध बनाउनुपर्ने बताएका हुन् । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईरालाले नेपालमा मुख्यतः तीन प्रकारबाट मानव बेचबिखन भइरहेको उल्लेख गरिन् । खुला सीमाबाट भारतमा लगेर गरिने बेचबिखन, स्वदेशमै नाबालिक बालबालिकामाथि हुने शोषण र यौन हिंसा तथा वैदेशिक रोजगारीका नाममा हुने हिंसा तथा शोषण प्रमुख समस्याका रुपमा व्याख्या गरिन् । उनले वैदेशिक रोजगारीमा जाने महिलाहरु विदेशमा शारीरिक तथा यौन हिंसामा पर्ने गरेको र उद्धारका लागि विदेशस्थित नेपाली दूतावासबाट समेत सहयोगको आग्रह आउने गरेको बताइन् । राज्यकै अनुमति लिएर वैदेशिक रोजगारीमा जाने महिलाहरु विदेश पुगेपछि हिंसा तथा शोषणमा पर्ने अवस्थालाई सम्बोधन गर्न जरुरी रहेको उनको भनाइ छ । अध्यक्ष कोइरालाले काठमाडौं उपत्यसकाका डान्सबार तथा क्लबहरुमा समेत नाबालिक बालबालिकालाई लागू औषध सेवन गर्न लगाई शोषणका गतिविधि भइरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताइन् ।राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले वैदेशिक रोजगारीका नाममा विदेशमा अनुमानित एक लाख ५० हजार महिलाहरु हिंसामा परेको दाबी गरिन् । उनले आयोगले ७७ वटै जिल्लाका खुला सीमा नाकाको अनुगमन गर्दा मानव बेचबिखन नियन्त्रणका नाममा काम गर्ने केही संस्थाबाटै गैरकानूनी गतिविधि भइरहेको पाइएको समेत बताइन्। मानब बेचबिखन नियन्त्रणका लागि खुलेका संस्था नै मानव तस्करीमा सहयोग गर्ने गरेको पाइएको भन्दै यस्ता संस्थालाई कानुनी दायरामा ल्याउन राज्यका सबै निकायबिच समन्वय आवश्यक रहेको उल्लेख गरिन् । उनले मानब बेचबिखन नियन्त्रण विधेयकमार्फत मुलुकमा विद्यमान सबै प्रकारका समस्या हल गरिनुपर्नेमा जोड दिइन् ।नेपाल प्रहरीकी अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआईजी) मिरा चौधरीले मानव बेचबिखनलाई आन्तरिक र अन्तर्राष्ट्रिय गरी छुट्टाछुट्टै रूपमा विश्लेषण गरी सोहीअनुसार नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले तत्काल बेचबिखनको रूपमा नदेखिएका घटनाले पनि भविष्यमा शोषण तथा तस्करीको जोखिम निम्त्याउन सक्नेतर्फ राज्य सचेत हुनुपर्ने बताइन् । चौधरीले काठमाडौँलगायतका क्षेत्रमा भइरहेका यौन व्यवसाय तथा यौन हिंसाका घटनालाई समेत विधेयकमा समेटेर नियन्त्रणका लागि स्पष्ट व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । बैठकमा बोल्ने अन्य सरोकारवालाहरुले अवैध अङ्ग निष्कासन तथा मानव अङ्ग तस्करीका विषयलाई समेत विधेयकमा समेट्न सुझाव दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाण्डुविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै
Latest NewsJust now

काठमाण्डुविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा चितवन राईनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनका कप्तान रवि बोपाराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय... ...

रातोपाटी
पाँचखालमा १५५ मोबाइल र ४९ ल्यापटपको अनुसन्धान
Latest NewsJust now

पाँचखालमा १५५ मोबाइल र ४९ ल्यापटपको अनुसन्धान

काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिका–७ शिखरपुरबाट नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले प्रयोग गर्दै आएको आशङ्कामा १५५ थान मोबाइल र ४९ वटा ल्यापटपको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्राविधिक अनुसन्धान गरिरहेको छ। मङ्गलबार अपराह्न नियन्त्रणमा लिइएका उनीहरू बस्दै आएको रिसोर्टबाट बरामद डिजिटल उपकरणको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालयका प्राविधिकले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए। रिसोर्टमा बस्दै आएका चिनियाँ नागरिकको ...

नेपालन्युज
सम्यक महादानको महत्त्व
Latest NewsJust now

सम्यक महादानको महत्त्व

दान ‘दान’ गर्नु बुद्ध धर्मको प्रमुख अभ्यास हो । दानबाट अरुलाई उपकार र आफूलाई पुण्य सम्भार वृद्धि हुने हुन्छ । बोधिचर्याका लागि दान अपरिहार्य कर्म हो । नेपालमण्डलको बज्रयानी समाजमा दानकार्यलाई सामाजिकीकरण... ...

रातोपाटी
चलचित्र ‘जलाकी’को बुकिङ खुल्यो
Latest NewsJust now

चलचित्र ‘जलाकी’को बुकिङ खुल्यो

• निर्देशक अशोक थापा मगरको नयाँ सिनेमा ‘जलाकी’ को अग्रिम टिकट बुकिङ खुलिसकेको छ, जसमा प्रमुख भूमिकामा उपासना सिंह ठकुरी र सोनम तोप्देन छन्। • सिनेमाले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ र निर्देशकले यसको उत्कृष्टता प्रति सकारात्मक प्रतिक्रिया पाएको बताएका छन्। • सिनेमा एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो र गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play