Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

वैकल्पिक विकास वित्त कोष सीईओ पदको सर्टलिस्टमा ६ जना

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैकल्पिक विकास वित्त कोष सीईओ पदको सर्टलिस्टमा ६ जना
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जनाको नाम सर्टलिस्टमा राख्दै कार्ययोजना प्रस्तुति र अन्तर्वार्तामा बोलाएको छ । अर्थ मन्त्रालयका अनुसार कोषको सीईओ पदमा एक दर्जन आवेदन परेको थियो । जसमध्ये ७ जनाको नाम अस्वीकृत भएको छ । तोकिए अनुसार कागजात प्राप्त नभएका आवेदकको नाम अस्वीकृत भएको मन्त्रालयले जनाएको छ । नाम स्वीकृत भएर सर्टलिस्टमा परेकामा अपार न्यौपाने, आशुतोष शर्मा, चन्दनकुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा र स्मृति शर्मा छन् । उनीहरूबाट व्यावसायिक रणनीति तथा कार्ययोजनाको प्रस्तुति र त्यसउपर रणनीतिक छलफल गरिने छ । साथै, उनीहरूको अन्तर्वार्ता समेत हुनेछ । यसका लागि ५ र ६ मंसिर तय गरिएको छ । यस्तो छलफल र अन्तर्वार्ता लोकसेवा आयोगको कार्यालयमा हुने छ । आवेदन दिएकामध्ये दिप्त साह, ऋतु प्रधान, सुमनकुमार वैद्य, प्रबुद्ध दाहाल, डा. होमनाथ गैरे, दिनेश दुलाल र दीलिपराज पौडेलको नाम भने अस्वीकृत भएको छ । The post वैकल्पिक विकास वित्त कोष सीईओ पदको सर्टलिस्टमा ६ जना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
Latest NewsJust now

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

किएभ । दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन् । यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ भने दर्जनौँ मानिस घाइते भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसले नौ क्षेत्रमा २८९ ...

केन्द्रबिन्दु
देउवा समूहले कति स्थानमा सक्यो अधिवेशन ? (सूचीसहित)
Latest NewsJust now

देउवा समूहले कति स्थानमा सक्यो अधिवेशन ? (सूचीसहित)

काठमाडौँ । आगामी मंसिर २१, २२ र २३ गतेका लागि समानान्तर केन्द्रीय महाधिवेशनको तयारीमा जुटेको कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले देशभर २६ जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । समूहका... ...

रातोपाटी
चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना
Latest NewsJust now

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

चीनको निजी अन्तरिक्ष कम्पनी क्यास स्पेसले विकास गरेको रकेटले मंगलबार १८ वटा भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यो प्रक्षेपण चीनको न्यून भू–कक्षीय स्याटेलाइट इन्टरनेट सञ्जाल विस्तार गर्ने अभियानका... ...

रातोपाटी
ओलीलाई प्रचण्डको प्रस्ताव: देश असाधारण संकटमा छ, एकतावद्ध होऔँ
Latest NewsJust now

ओलीलाई प्रचण्डको प्रस्ताव: देश असाधारण संकटमा छ, एकतावद्ध होऔँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन्।  मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गरेका हुन्। उनले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play