Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ
Photo / Coverage: पर्दाफास

पर्साको वीरगन्ज कारागारबाट बिहीबार बिहान फरार भएका कैदी सुनिल साह केही घण्टाभित्रै पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा १४ वर्षको कैद सजाय भोगिरहेका पोखरिया नगरपालिका–सतवरियाका ३० वर्षीय साह कारागारको पर्खाल नाघेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार कारागारभित्र सरसफाइको काम गर्दै आएका साह सुरक्षाकर्मीको आँखा छलेर बिहान फरार भएका थिए । उनको कैद भुक्तान हुन अब दुई वर्ष मात्रै बाँकी रहेको थियो । घटनालगत्तै पर्सा प्रहरीले व्यापक रूपमा खोजी अभियान तीव्र पारेको थियो । खोजतलासका क्रममा फरार साहलाई नेपाल–भारत सीमा नजिक पर्ने भारतको आदापुर क्षेत्र (मटिहर्वा भन्सार क्षेत्र नजिक)बाट नियन्त्रणमा लिइएको डिएसपी मल्लले जानकारी दिएका छन् । प्रहरीको तदारुकताका कारण फरार भएका कैदीलाई सीमा क्षेत्रबाटै छोटो समयमै पुनः पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा कारागारको सुरक्षा व्यवस्था बारे आवश्यक छानबिन भइरहेको छ । प्रहरिले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : विराटनगरको तेस्रो जित,पोखरा आउट
OthersJust now

एनपीएल : विराटनगरको तेस्रो जित,पोखरा आउट

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो। विराटनगरको यो तेस्रो जित हो। तेस्रो जितले विराटनगरले प्लेअफको सम्भावनालाई जीवित राखेको छ । पाचौं खेल हारेको पोखरा भने प्रतियोगिताबाट बाहिरिएको छ। जितका लागि पाएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। जसमा बसिर अहमदले ३७ ...

पर्दाफास
रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने
OthersJust now

रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपा सांसद मनिष झाले जानकारी दिए । झाले सभापति लामिछानेले… ...

अनलाइन खबर
मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने
OthersJust now

मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिए । प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play