Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

विषादी सेवन गरेकी बिरामीलाई सुर्खेत लैजाँदै गरेको जिप दुर्घटना, एकजनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
विषादी सेवन गरेकी बिरामीलाई सुर्खेत लैजाँदै गरेको जिप दुर्घटना, एकजनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार भएको दुर्घटनामा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ निवासी ४१ वर्षीय रने सार्कीको मृत्यु भएको हो । उनको उपचारका क्रममा सोमबार बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेत लैजाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा जिप चालक सन्नित्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिम्खडा, १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा तथा वडा नम्बर ६ का जादुकाल सार्की र कैसी सार्की घाइते भएका छन् । घाइतेमध्ये कैसी सार्की विषादी सेवन गरेकी बिरामी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका पाँचै जनालाई तत्काल उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
म्यानचेस्टर युनाइटेडको संकटमा आशाको किरण बने १९ वर्षीय सिया लेसी
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडको संकटमा आशाको किरण बने १९ वर्षीय सिया लेसी

काठमाडौँ । म्यानचेस्टर युनाइटेड अहिले कठिन समयबाट गुज्रिरहेको छ । मैदानमा निरन्तर कमजोर प्रदर्शन, समर्थकको बढ्दो असन्तुष्टि र क्लबको व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला एउटा युवा खेलाडीले भने समर्थकहरूमा नयाँ आशा... ...

रातोपाटी
लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ
Latest NewsJust now

लुम्बिनीका १२ जिल्लामा १ सय रोपनी फूल खेती: उत्पादन बढी कपिलवस्तुमा, कारोबारमा अगाडि दाङ

तिहार लक्षित फूलखेतीबाट लुम्बिनी प्रदेशका किसानले १० करोड रुपैयाँसम्म आम्दानी गरेको अनुमान गरिएको छ । ...

कान्तिपुर
रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल
Latest NewsJust now

रेडक्रसको अगुवाइमा पुनः सञ्चालनमा ल्याइयो स्याफ्रुबेँसीको पुल

रसुवा । भदौ १० को भ‍ीषण बाढीका कारण क्षतिग्रस्त रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुन:र्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त श्रमदानमा ३ दिनमै पुल पुनर्निर्माण गरिएको हो । नेपाल रेडक्रसले पुलका लागि आवश्यक सामग्री र मिस्त्रीको ज्याला उपलब्ध गराएको थियो । विपद्को कठिन घडीमा ...

कर्पोरट खबर
बसको ठक्करबाट एक जनाको मृत्यु
Latest NewsJust now

बसको ठक्करबाट एक जनाको मृत्यु

• कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ। • लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहेका अहिरलाई ठक्कर दिएको हो। • दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई कपिलवस्तु अस्पतालमा लगिएको थियो, जहाँ मृत्यु भएको घोषणा गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play