Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

विश्वस्तरीय निर्माण उपकरण ब्रान्ड लिउगङ अब नेपालमा, आधिकारिक वितरकमा ओम्नी मुभर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वस्तरीय निर्माण उपकरण ब्रान्ड लिउगङ अब नेपालमा, आधिकारिक वितरकमा ओम्नी मुभर्स
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । चीनको विश्वप्रसिद्ध निर्माण उपकरण निर्माता कम्पनी लिउगङ (LiuGong) ब्रान्डका उपकरणको नेपालका लागि आधिकारिक वितरकमा ओम्नी मुभर्स प्रालि नियुक्त भएको छ। चीनको ग्वाङ्सी लिउगङ मेसिनरीले उत्पादन गर्दै आएका निर्माण उपकरणको बिक्री, बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्स अब ओम्नी मुभर्सले नेपालमा उपलब्ध गराउनेछ । यस सहकार्यले निर्माण, सडक, जलविद्युत् तथा पूर्वाधार विकास क्षेत्रमा कार्यरत व्यवसायीलाई आधुनिक निर्माण उपकरणमा सहज पहुँच पुर्‍याउने अपेक्षा गरिएको छ। सन् १९५८ मा चीनको लिउझाउमा स्थापना भएको लिउगङले ह्विल लोडर, एक्स्काभेटर, ब्याकहो लोडर र मोटर ग्रेडरलगायत ३० भन्दा बढी उत्पादन शृङ्खलाका उपकरण उत्पादन गर्दै आएको छ। कम्पनीका उत्पादन तथा सेवाहरू विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन्। ओम्नी मुभर्स प्रालि ओम्नी (काबरा) ग्रुपअन्तर्गतको कम्पनी हो। नेपालको अटोमोटिभ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव रहेको यस ग्रुपले व्यावसायिक सवारीसाधन, विद्युतीय मोबिलिटी, निर्माण उपकरण, वित्तीय सेवा, टायर तथा लुब्रिकेन्टलगायतका क्षेत्रमा व्यवसाय विस्तार गरेको छ। ग्रुपसँग भारतबेन्ज (BharatBenz), चेरी वान्डा (Chery Wanda), अपोलो टायर्स (Apollo Tyres) र भ्याल्भोलिन (Valvoline) जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरू आबद्ध छन्। लिउगङ र ओम्नी मुभर्सबीचको सहकार्यले नेपालमा आधुनिक निर्माण उपकरणको पहुँच विस्तार गर्नुका साथै बिक्रीपछिको सेवा र प्राविधिक सहयोगलाई थप सहज बनाउने विश्वास गरिएको छ। यसबाट निर्माण तथा पूर्वाधार क्षेत्रमा कार्यरत ग्राहकले उपकरण खरिददेखि मर्मतसम्भार र स्पेयर पार्ट्ससम्मको सेवा एकै वितरकमार्फत प्राप्त गर्न सक्नेछन्। The post विश्वस्तरीय निर्माण उपकरण ब्रान्ड लिउगङ अब नेपालमा, आधिकारिक वितरकमा ओम्नी मुभर्स appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१०औँ राष्ट्रिय खेलकुद :  महिला क्रिकेटतर्फ एपीएफ सेमिफाइनल प्रवेश
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुद :  महिला क्रिकेटतर्फ एपीएफ सेमिफाइनल प्रवेश

सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका अन्तर्गत विभागीय टोली एपीएफ क्लबले मधेस प्रदेशलाई पराजित गरेको छ । शुक्रबार दोस्रो जीतसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफले मधेसलाई ८० रन अन्तरमा... ...

रातोपाटी
एमालेलाई फेरि जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : शङ्कर पोखरेल
Latest NewsJust now

एमालेलाई फेरि जनताको भरोसायोग्य पार्टी बनाउँछौँ : शङ्कर पोखरेल

तनहुँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जितेर एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन् । एमाले तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताएका हुन् । उनले एउटा निर्वाचनमा पार्टी पराजित हुँदैमा एमालेको […] ...

लोकपथ
कानेपोखरीमा १४ वर्षीया बालिकामाथि बलात्कार, कुटपिटको भिडियो खिच्ने युवक पक्राउ
Latest NewsJust now

कानेपोखरीमा १४ वर्षीया बालिकामाथि बलात्कार, कुटपिटको भिडियो खिच्ने युवक पक्राउ

मोरङको कानेपोखरीमा बलात्कार आरोपितका २३ वर्षीय छोराले बालिकामाथि सोधपुछ गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा राखेका थिए। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement