Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

विश्वभर बर्सेनि १ करोड २० लाख बालिकाको बालविवाह

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वभर बर्सेनि १ करोड २० लाख बालिकाको बालविवाह
Photo / Coverage: नेपालन्युज

काठमाडौं। संयुक्त राष्ट्रसङ्घले बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तरराष्ट्रिय दिवसका अवसरमा विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ। विश्वभर प्रत्येक वर्ष करिब १ करोड २० लाख बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै राष्ट्रसङ्घले यस हानिकारक प्रथाको अन्त्यमा जोड दिएको हो। राष्ट्रसङ्घको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरेपछि नोभेम्बर २७ लाई यो दिवसका रूपमा मनाउन थालिएको हो। यस वर्ष पहिलोपटक यो दिवस मनाइँदैछ। राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको बाल्यकालमै विवाह भएको थियो। तथ्याङ्कअनुसार विश्वभर प्रत्येक पाँचमध्ये एक बालिका बालविवाहको सिकार हुने गरेकी छिन् भने प्रत्येक तीन सेकेन्डमा एक बालिकाको विवाह हुने गरेको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालविवाहले बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पार्ने बताउनुभएको छ। उहाँका अनुसार बालविवाहको मूल कारण गरिबी हो र द्वन्द्व वा जलवायु विपद्का समयमा यसको जोखिम अझ बढ्छ। पछिल्लो २५ वर्षमा शिक्षा र कानुनी सुधारका प्रयासबाट करिब ६ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको छ। यद्यपि, वर्तमान प्रगतिको गतिले बालविवाह पूर्ण रूपमा अन्त्य गर्न अझै शताब्दीयौँ लाग्ने महासचिव गुटेरेसले चेतावनी दिनुभएको छ। युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइबानले सन् २०३० सम्मको लक्ष्य हासिल गर्न विद्यमान प्रयासको गति २० गुणा बढाउनुपर्नेमा जोड दिनुभएको छ। विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ, जहाँ विश्वका कुल बालविवाहको ४४ प्रतिशत हिस्सा रहेको छ। त्यसपछि उपसहारा अफ्रिकामा १८ प्रतिशत हिस्सा छ। पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेर २१ प्रतिशतमा झरेको छ। दिगो विकास लक्ष्य ५.३ ले सन् २०३० सम्म सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको भए पनि हालको गति कायम रहे बालविवाह अन्त्य हुन अझै करिब ३०० वर्ष लाग्ने राष्ट्रसङ्घले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड
Latest NewsJust now

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

काठमाडौँ । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) को... ...

रातोपाटी
कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै
Latest NewsJust now

कर्णालीबाट रास्वपाले प्रशिक्षण चलाउँदै, रविदेखि सोबितासम्म वीरेन्द्रनगर आउँदै

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णालीबाट प्रदेश स्तरीय प्रशिक्षण सुरु गर्ने भएको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछानेदेखि सोबिता गौतमसम्मका नेताहरू वीरेन्द्रनगर आउन लागेको पार्टीका कर्णाली प्रदेशका... ...

रातोपाटी
अशक्त हुनुको पीडा
Latest NewsJust now

अशक्त हुनुको पीडा

बझाङ समाचारदाताबझाङ, मङ्सिर ११ गते । केदारस्युँ गाउँपालिका–१, देउरा बजारनजिक सेती नदीको किनारमा रहेको एउटा सानो टिनको छाप्रोमा हरुदेवी दमार्इंको परिवारको निकै कष्टकर दैनिकी बितिरहे... ...

गोरखापत्र
बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]
Latest NewsJust now

बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]

बादलको सेतो घुम्टोमाथि बसेको दुल्लु बजार र वरिपरिका हरियाली डाँडाकाँडाले यहाँको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement