Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

विश्वकप छनोट प्लेअफको खेलतालिका : नेपालको पहिलो खेल इटलीसँग

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वकप छनोट प्लेअफको खेलतालिका : नेपालको पहिलो खेल इटलीसँग
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपालमा आगामी डिसेम्बर ४ देखि २१ सम्म आयोजना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्लेअफको खेलतालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले शुक्रबार सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले पहिलो खेल इटलीसँग खेल्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा डिसेम्बर ४ मा नेपाल र इटलीबीच प्रतिस्पर्धा हुनेछ । घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालले दोस्रो खेल डिसेम्बर ६ मा युगाण्डासँग खेल्नेछ । त्यस्तै, नेपालले डिसेम्बर १० मा संयुक्त अरब इमिरेट्स (युएई), डिसेम्बर १२ मा जर्सी, डिसेम्बर १४ मा क्यानडा, डिसेम्बर १८ मा नामिबिया र डिसेम्बर २१ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोट प्लेअफमा नेपालसहित आठ टोली सहभागी हुनेछन् । लिग-२ को पुछारमा रहेका नामिबिया, नेपाल, क्यानडा र युएईसँगै आइसिसी च्यालेन्ज लिगबाट छनोट भएका इटली, कुवेत, युगाण्डा र जर्सीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा सहभागी आठ टोलीले एकअर्कासँग एक-एक खेल खेल्नेछन् । सिंगल राउण्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगिताबाट अंकतालिकाको शीर्ष चार स्थानमा रहने टोली सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन् । यसअघि नै लिग-२ को शीर्ष चारमा रहँदै अमेरिका, स्कटल्याण्ड, नेदरल्याण्ड्स र ओमानले ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरिसकेका छन् । ग्लोबल क्वालिफायरमा कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । त्यसबाट छनोट हुने टोलीले सन् २०२७ को एकदिवसीय क्रिकेट विश्वकपमा स्थान बनाउनेछन् । घरेलु मैदानमा हुने छनोट प्लेअफ नेपालका लागि विश्वकप यात्रालाई निरन्तरता दिने महत्त्वपूर्ण अवसरका रूपमा रहनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोर्चुगलका फुटबल प्रशिक्षकले भने : टोली बनाउँदै थिएँ, रोनाल्डोले एक्कासि सन्न्यास घोषणा गरे
Latest NewsJust now

पोर्चुगलका फुटबल प्रशिक्षकले भने : टोली बनाउँदै थिएँ, रोनाल्डोले एक्कासि सन्न्यास घोषणा गरे

पोर्चुगलका फुटबल प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने कुरा पहिले जानकारी नभएको बताएका छन्।  ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास सन्न्यास घोषणा गरेपछि मात्रै थाहा भएको प्रशिक्षक जर्ज जेससको भनाइ छ।  प्रशिक्षक जर्ज जेससका अनुसार उन... ...

नेपालखबर
परम्परागत पारपाचुकेको संस्कृति र दर्शन
Latest NewsJust now

परम्परागत पारपाचुकेको संस्कृति र दर्शन

काठमाडौं उपत्यका नेपालमण्डल जीवन्त संस्कृतिको धनी शहर हो, जहाँ थुप्रै सामाजिक परम्परा र संस्कृति छन । नेवारहरूका विभिन्न किसिमका संस्कार र परम्परागत रीतिथितिले गर्दा नै नेवारहरू संस्कृतिमा धनी भएका हुन् । यही नेवारी संस्कृति नै नेपालको राष्ट्रिय संस्कृति बनेको छ भने विश्वमा नै नेपालको परिचयमा यसले भूमिका खेलेको छ । कतिपय नेवारी संस्कृति, कलाकृति र धार्मिक सम्पदाहरू विश्व सम्पदाको सूचीमा ...

हिमालय टाइम्स
पुस्तक : नियात्राकार उप्रेतीको ‘अलोहा’ को अवलोकन
Latest NewsJust now

पुस्तक : नियात्राकार उप्रेतीको ‘अलोहा’ को अवलोकन

नियात्राकार हरिप्रसाद उप्रेती कानुन व्यवसायका क्षेत्रका एक अब्बल एवं अध्ययनशील, विज्ञ व्यावसायी हुन् । कानुन व्यवसायको क्षेत्रमा उनको विषय-विज्ञता सम्पूर्ण न्यायिक क्षेत्रका लागि नै विश्वासिलो एवं विशिष्ट रहेको महसुस हुन्छ । हरिप्रसाद उप्रेतीले नियात्रा विधाका दुइटा कृति प्रकाशित गरेका छन् । पहिलो नियात्रा कृति २०८० सालमा ‘अमेरिका यात्राका डोबहरू’ शीर्षकमा प्रकाशित भएको छ । त्यस कृतिले उप्रेतीको नियात्रा विधामा उनको ...

हिमालय टाइम्स
तिहारका धार्मिक सांस्कृतिक पक्ष
Latest NewsJust now

तिहारका धार्मिक सांस्कृतिक पक्ष

तिहार उत्सव अर्थबोधक शब्द हो । विशेषगरी हर्षोल्लासपूर्वक मनाइने भएकाले पनि तिहारलाई रमाइलो पर्वका रूपमा लिइन्छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक अर्थात् तिहार भनिन्छ । यमदीपदान, कागबलि, नरकचतुर्दशी स्नान, कुकुर पूजा, लक्ष्मीपूजा, गाईपूजा, गोवर्द्धनपूजा, ह्मःपूजा, भाइटीकाका शास्त्रीय विधिविधान पाइन्छन् । जो धार्मिक पक्ष हुन् । यसैगरी धनतेरस मनाउने, नेपालसंवत् नयाँवर्ष ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play