Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान
Photo / Coverage: हिमालय टाइम्स

जनकपुरधाम । जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ । जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा जनकपुरधामको नागरिक समाजका प्रतिनिधिहरू सम्मिलित टोली रामजन्मभूमि अयोध्याका लागि प्रस्थान गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसर भएको बताउनु भयो । त्रेतायुगमा राजा जनकले सीता-राम विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको प्रसङ्ग स्मरण गर्दै उहाँले सोही परम्परालाई पुनः जीवन्त बनाउन आफूहरू अयोध्या जान लागेको बताउनु भयो । विवाहपञ्चमीको निमन्त्रणा दिन अयोध्या जाने टोलीले आजदेखि औपचारिक रूपमा यात्रु सेवा सुरु गरेको सरयू-कमला एक्सप्रेस रेलमार्फत यात्रा गरेको हो । टोलीले अयोध्याका लागि निमन्त्रणासँगै लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लगेको छ । जनकपुरधाममा प्रत्येक वर्ष साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवमा सीता-राम विवाहको धार्मिक परम्परालाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गृहमन्त्रीद्वारा बिपी प्रतिष्ठानको अनुगमन, बिचौलिया नियन्त्रण गर्न निर्देशन
Latest NewsJust now

गृहमन्त्रीद्वारा बिपी प्रतिष्ठानको अनुगमन, बिचौलिया नियन्त्रण गर्न निर्देशन

सुनसरी । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै बिरामीको सुरक्षा र स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । अनुगमनका क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा बिचौलियाको सम्भावित प्रभावबारे जानकारी लिएका थिए । उनले बिरामीको हितलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रवाह गर्न […] ...

लोकपथ
१०औँ राष्ट्रिय खेलकुदको निरीक्षण गर्न पुगे रास्वपा सभापति लामिछाने
Latest NewsJust now

१०औँ राष्ट्रिय खेलकुदको निरीक्षण गर्न पुगे रास्वपा सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार सुर्खेतस्थित रङ्गशालामा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको निरीक्षणमा पुगेका छन् । लामिछानेले प्रतियोगिता सञ्चालन भइरहेको रङ्गशालाको अवलोकन गर्दै खेलकुद... ...

रातोपाटी
हर्क साम्पाङ भन्छन्– ‘सीमा सुरक्षामा प्रहरीको भूमिका महत्त्वपूर्ण’
Latest NewsJust now

हर्क साम्पाङ भन्छन्– ‘सीमा सुरक्षामा प्रहरीको भूमिका महत्त्वपूर्ण’

दुई ठूला आणविक हतियार सम्पन्न शक्तिशाली राष्ट्र चीन र भारतको बीचमा रहेको नेपालले आफ्नो सीमाको सुरक्षा गर्नु चुनौतीपूर्ण रहेको पनि उनले बताए। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement