काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले पावरप्लेको समाप्तिमा २ विकेट गुमाएर ४६ रन बनाएको छ। विराटनगर किङ्ग्सविरुद्ध ब्याटिङमा उत्रिएको पोखराले सुरुवातमै आफ्ना दुई महत्त्वपूर्ण ब्याट्सम्यान गुमाउन पुग्यो। ओपनर अर्जुन कुमाल १ रन बनाएर एन्जेलो म्याथ्युजको बलमा आउट भए भने कुशल भुर्तेल खाता नै नखोली चरिथ असालंकाको बलमा एलबीडब्ल्यू आउट भए। सुरुवाती दबाबका बीच अघिल्लो खेलमा ऐतिहासिक शतक प्रहार गरेका युवराज सामरा भने क्रिजमा डटेर आक्रामक ब्याटिङ गरिरहेका छन्। उनले मात्र २१ बलमा ४ चौका र २ छक्काको मद्दतले ३९ रन जोडेर खेलिरहेका छन् । विराटनगरका लागि बलिङमा एन्जेलो म्याथ्युज र चरिथ असालंकाले समान १-१ विकेट हात पारेका छन्।
विराटनगरविरुद्ध पोखराको मध्यम सुरुवात, क्रिजमा छन् सामरा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






