काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा १७५ रनको लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले कमजोर सुरुवात गरेको छ। पहिलो पावर प्लेको समाप्तिमा जनकपुरले ३ विकेटको क्षतिमा ४० रन मात्र बनाएको छ। जनकपुरका ओपनर त्रित राज दास ६ रनमा एन्जेलो म्याथ्युजको बलमा बोल्ड भए भने मोइन अली १० रन र अनिल शाह शुन्य रनमा आन्द्रे रसेलको शिकार बने। हाल क्रिजमा सैफ हसन ८ रन र विशाल सुस्लिङ ७ रन बनाएर खेलिरहेका छन्। जनकपुरलाई जितका लागि बाँकी ८४ बलमा १३५ रन आवश्यक रहेको छ। विराटनगरका लागि रसेलले २ तथा एन्जेलो म्याथ्युजले १ विकेट लिएका छन्।
विराटनगरविरुद्ध जनकपुरको पावर प्लेमै ३ विकेट पतन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






