Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

विभिन्न संसदीय समितिको बैठक बस्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
विभिन्न संसदीय समितिको बैठक बस्दै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । विधेयकमा प्रस्ताव गरिएका कानुनी व्यवस्था, संशोधनका प्रावधान तथा खारेज गर्न प्रस्ताव गरिएका कानुनका विषयमा विस्तृत छलफल हुनेछ । यसैगरी बिहान ११ः०० बजे बस्ने उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘बालश्रम ९निषेध तथा नियमित गर्ने० विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यक्रम छ । महिला तथा सामाजिक समितिमा दफावार छलफलका लागि प्राप्त ‘मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ९पहिलो संशोधन० विधेयक, २०८३’ माथि छलफल हुने छ । समितिको बैठक बिहान ९ः०० बजे बस्दैछ । बिहान ११ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूची छ । त्यसैगरी, बिहान ९ः३० बजेका लागि निर्धारित सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तार सम्बन्धमा समितिमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति थापाले सम्बोधन गर्ने
Latest NewsJust now

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति थापाले सम्बोधन गर्ने

ललितपुरस्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगन थापाले प्रारम्भमै विशेष सम्बोधन गर्नेछन्। ...

कान्तिपुर
रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा
Latest NewsJust now

रिभानको मैँचे डाँडामा सहिद पार्क, पर्यटन प्रवर्द्धनको अपेक्षा

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण र प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र... ...

रातोपाटी
बबई पुल निर्माण : असी प्रतिशत भौतिक प्रगति
Latest NewsJust now

बबई पुल निर्माण : असी प्रतिशत भौतिक प्रगति

लीलाधर वली घोराही, मङ्सिर ८ गते । दाङको बबई नदीमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । घोराही उपमहानगरपालिका–५, खैरागनार र वडा नं. ६ को लखुवार जोड्ने बबई नदी पुलको भौतिक न... ...

गोरखापत्र
लिपिङ खोला जलविद्युत् आयोजना सञ्चालनमा, आईपीओ निष्कासनको तयारी
Latest NewsJust now

लिपिङ खोला जलविद्युत् आयोजना सञ्चालनमा, आईपीओ निष्कासनको तयारी

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण भएको १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ । हिम रिभर पावर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाले २०८३ मंसिर ६ गतेदेखि राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा विद्युत् पठाउन थालेको हो । भोटेकोशी गाउँपालिका–२ मा रहेको आयोजनाको निर्माण सम्पन्न भएपछि विद्युत् उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement