Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

विभिन्न संसदीय समितिको बैठक बस्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
विभिन्न संसदीय समितिको बैठक बस्दै
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ। बिहान ११:०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ। विधेयकमा प्रस्ताव गरिएका कानुनी व्यवस्था, संशोधनका प्रावधान तथा खारेज गर्न प्रस्ताव गरिएका कानुनका विषयमा विस्तृत छलफल हुनेछ। यसैगरी बिहान ११:०० बजे बस्ने उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यक्रम छ। महिला तथा सामाजिक समितिमा दफावार छलफलका लागि प्राप्त ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ माथि छलफल हुने छ। समितिको बैठक बिहान ९:०० बजे बस्दैछ। बिहान ११:०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूची छ। त्यसैगरी, बिहान ९:३० बजेका लागि निर्धारित सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाका सम्बन्धमा छलफल हुनेछ। त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तार सम्बन्धमा समितिमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बीपी विचारमा फर्किए मात्रै बन्छ कांग्रेस
Latest NewsJust now

बीपी विचारमा फर्किए मात्रै बन्छ कांग्रेस

नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल होइन, यो नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास, संघर्ष, बलिदान र जनताको भरोसासँग जोडिएको ऐतिहासिक संस्था हो । यसको स्थापना कुनै व्यक्ति वा समूहको राजनीतिक महत्त्वाकांक्षा... ...

रातोपाटी
‘स्मृतिका प्रतिविम्ब : देवी पोख्रेल’ सार्वजनिक
Latest NewsJust now

‘स्मृतिका प्रतिविम्ब : देवी पोख्रेल’ सार्वजनिक

एमाले नेता स्वर्गीय देवी पोख्रेलको जीवनी र राजनीतिक तथा सामाजिक योगदानलाई समेटेर प्रकाशन गरिएको पुस्तक गरिएको छ । उनी एमाले महासचिव शंकर पोख्रेलका दाजु हुन् । ...

कान्तिपुर
जब गुञ्जियो राल्फाका गीतहरू
Latest NewsJust now

जब गुञ्जियो राल्फाका गीतहरू

सम्झना आइरहन्छ... गइरहन्छ...। जीवन हो, जीवन चलुञ्जेल जीवनका दिन–पलसँगै सम्झना जोडिएको छ । बेला–कुबेला, जतिसुकै बेला सम्झना आइरहन्छ । र, आएपछि बसिरहँदैन फेरि गइहाल्छ । सम्झनाको कुनै... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement