Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

विपद् प्रभावित परिवारलाई १५ हजार रुपैयाँ राहत तिहारपछि वितरण गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् प्रभावित परिवारलाई १५ हजार रुपैयाँ राहत तिहारपछि वितरण गर्ने तयारी
Photo / Coverage: पर्दाफास

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा घरभाडा राहत तिहारलगत्तै वितरण गर्ने तयारी गरेको छ । प्राविधिक जटिलता र कार्यालयको बिदाका कारण रोकिएको राहत वितरण तिहारपछिको पहिलो दिनबाटै सुरु गर्ने गरी कार्ययोजना बनाइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताएका हुन् । शुक्रबार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै कार्यकारी प्रमुख उप्रेतीले राहत वितरणमा ढिलाइ हुनुका कारण र प्राधिकरणले गरिरहेका प्रयासबारे जानकारी दिए । उनले सरकारी प्रक्रियागत झन्झट र विपद् प्राधिकरणको प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण राहत वितरणमा केही विलम्ब भएको स्वीकार गरे । उप्रेतीका अनुसार सर्भर डाउन भएको अवस्थामा पनि लाभग्राहीको खातामा रकम पुर्‍याउन कागजी प्रमाणीकरणसहितको ‘मिटिगेसन एप्रोच’ अपनाइएको छ । यसअघि नै विकास साझेदार संस्थाहरूसँगको सहकार्यमा ५ हजार ११६ जना लाभग्राहीलाई ४५ हजार रुपैयाँ बराबरको नगद वा भाउचर उपलब्ध गराइएको छ । मादक पदार्थबाहेक दैनिक उपभोग्य वस्तु खरिद गर्न मिल्ने गरी उक्त भाउचर वितरण गरिएको उनले जानकारी दिए । राहत वितरणको तयारीबारे उप्रेतीले भने, ‘विपद् प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थानका लागि सरकारले विभिन्न पहल गरिरहेको छ । विकास साझेदारहरूसँगको सहकार्यमा कृषि उपज, विशेषगरी काउली र आलु नष्ट हुन नदिन बिदुरसम्म ढुवानी गर्ने व्यवस्था गरिएको छ । प्रभावित परिवारलाई दिइने १५ हजार रुपैयाँको जीविकोपार्जन तथा घरभाडा सहायता वितरणका लागि लाभग्राही विवरण तयार भइसकेको छ । प्राविधिक समस्या र प्रशासनिक प्रक्रियाका कारण केही ढिलाइ भएपनि वैकल्पिक व्यवस्था अपनाएर तिहारपछि पहिलो दिनदेखि लाभग्राहीको खातामा रकम पठाउने तयारी गरिएको छ ।’ यसअघि नै ५ हजार ११६ जना लाभग्राहीलाई ४५ हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको र दोहोरो सहायता नपर्ने गरी व्यवस्था मिलाइएको उनले बताए । तिहारलाई लक्षित गरी विकास साझेदारमार्फत आवश्यक सामग्री खरिद गर्न मिल्ने भौचर वितरणसमेत भइरहेको उनको भनाइ छ । सडक पूर्वाधारको विषयमा बोल्दै उनले भूगोलको जटिलताका बाबजुद सडक खुलाउने प्रयास भइरहेको बताए । ‘सडक तथा पुल पुनःस्थापनामा पनि निरन्तर काम भइरहेको छ । कठिन भौगोलिक अवस्थाका बाबजुद धुन्चेसम्मको सडक सञ्चालनमा ल्याइएको छ । स्याफ्रुबेँसीमा निर्माण गरिएको अस्थायी पुल बाढीले क्षति पुर्‍याए पनि पुनःस्थापनाका प्रयास जारी छन्,’ उनले भने । दीर्घकालीन समाधानका लागि रसुवागढी–त्रिशूली सडक खण्डलाई चीन सरकारको सहयोगमा वातावरणीय सन्तुलन कायम गर्दै स्तरीय सडक निर्माण गर्नुपर्ने अवधारणा अघि सारिएको उनले उल्लेख गरे । यस विषयमा चीन सरकारसँग छलफल भइरहेको र आधुनिक, सुरक्षित तथा वातावरणमैत्री सडक निर्माणले व्यापार, पर्यटन र आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको उनले बताए । उप्रेतीले भने, ‘अस्थायी आवाससँगै स्थायी आवास निर्माणको मोडेललाई अन्तिम रूप दिने काम पनि तीव्र रूपमा भइरहेको छ । प्रशासनिक तथा प्राविधिक अवरोध हटाउँदै प्रभावित नागरिकलाई छिटो राहत, सहायता र पुनःस्थापनाको सुविधा उपलब्ध गराउनु सरकारको प्राथमिकता हो ।’ अस्थायी र स्थायी आवास निर्माण कार्यलाई तीव्रता दिइएको बताउँदै उप्रेतीले तिहारको बिदाका समयमा पनि सम्बन्धित टोलीले काम गरिरहेको जानकारी दिए । विपद् व्यवस्थापनमा देखिएका नीतिगत र प्रक्रियागत बाधा फुकाउन प्राधिकरण सक्रिय रहेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य
OthersJust now

एनपीएल : सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २) ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनायो । जसमा शैफ जैबले सर्वाधिक ३५ र विनोद भण्डारीले २७ रन बनाए। कर्णालीका मार्क वाटले २ विकेट लिए। चार खेल खेलेको सुदूरपश्चिमले दुई ...

पर्दाफास
प्रस्तावित न्यायाधीश बागचन्दले ल्याए ‘भिजन २०३५’
OthersJust now

प्रस्तावित न्यायाधीश बागचन्दले ल्याए ‘भिजन २०३५’

संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तुत उनको कार्ययोजनामा न्यायको वास्तविक अनुभूति, फैसला कार्यान्वयन, मुद्दा व्यवस्थापन, डिजिटल सुरक्षा र नागरिकको न्यायमा समान पहुँचलाई प्राथमिकतामा राखिएको छ । ...

अनलाइन खबर
प्रस्तावित न्यायाधीश बागचन्दलाई वर्षमानको प्रश्न : दबाबमुक्त भएर न्याय सम्पादन गर्न सक्ने आत्मविश्वास छ ?
OthersJust now

प्रस्तावित न्यायाधीश बागचन्दलाई वर्षमानको प्रश्न : दबाबमुक्त भएर न्याय सम्पादन गर्न सक्ने आत्मविश्वास छ ?

स्वतन्त्र रूपले, दबाबमुक्त भएर न्याय सम्पादन गर्न सकिन्छ भन्ने यहाँको आत्मविश्वासको आधार के हो ?’ पुनले बागचन्दलाई सोधे । ...

अनलाइन खबर
सनी देओलले फार्महाउस पुगेर यसरी सम्झिए पिता धर्मेन्द्रलाई
OthersJust now

सनी देओलले फार्महाउस पुगेर यसरी सम्झिए पिता धर्मेन्द्रलाई

बलिउड अभिनेता सनी देओल आफ्ना छोरा करण देओलसँग दिवंगत पिता धर्मेन्द्रको महाराष्ट्रस्थित १०० एकडको फार्महाउस पुगेका छन्। मुम्बईको व्यस्त जीवनबाट टाढा लोणावला पहाडमा रहेको फार्महाउस पुग्दा सनी आफ्ना पितालाई सम्झेर भावुक देखिए । उनले सामाजिक सञ्जालमा फार्महाउस भ्रमणको एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उनी खेतको बीचमा उभिएर धान काट्ने काम हेरिरहेका छन् ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play