Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

विपद् प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् प्रभावित क्षेत्रका लागि प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने
Photo / Coverage: नेपालन्युज

ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुन:स्थापना र पुनर्निर्माण गर्न प्रदेश सरकारले छ अर्ब परिचालन गर्ने बताएका छन्। बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको भोटेकोशी बाढीपश्चात् पुनर्निर्माण र पुन:स्थापनाका क्षेत्रमा हालसम्म भएका कार्य, आगामी कार्ययोजनासम्बन्धी समन्वय बैठकमा उनले बाढी प्रभावित क्षेत्रमा पुन:स्थापना, पुनर्निर्माण र प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकतामा राखेर काम गरिने जानकारी दिए। उनले भने, “विभिन्न क्षेत्रका योजना कटौती गरी विपद् प्रभावित क्षेत्रको पुन:स्थापना तथा पुनर्निर्माणका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ। विपद् कोषमा रहेको १० करोड पाँच लाख तत्कालै खर्च हुने अवस्था आएपछि चालु बजेटमा रहेका कम प्राथमिकताका विकास योजना कटौती गरी प्रत्येक मन्त्रालयबाट १० देखि २० प्रतिशतसम्म बजेट व्यवस्थापन गरेको छ।” मुख्यमन्त्री थापा मगरले सडक, पुल, बस्ती व्यवस्थापन, व्यवसाय पुन:स्थापना तथा अन्य प्रभावित संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने विश्वास दिलाए। गत भदौ १० गतेको बाढीपछि प्रदेश सरकारले तत्कालै विपद् परिषद्को बैठक बसेर खोज, उद्दार, उपचार, राहत वितरण तथा वैकल्पिक सडक सञ्चालनका काम सुरु गरेको मुख्यमन्त्रीले स्मरण गरे। उनले प्रभावित नागरिकका माग र आवश्यकताका आधारमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर योजनाबद्ध रूपमा बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा संघ, प्रदेश र स्थानीय तहबीच एउटै लक्ष्य र योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री थापा मगरले तीनै तहका सरकार छुट्टाछुट्टै ढंगले अघि बढ्दा अपेक्षित परिणाम हासिल गर्न नसकिने बताए। प्रभावित नागरिकको पीडा प्रदेश सरकारले गम्भीरतापूर्वक महसुस गरेको उल्लेख गर्दै उनले स्थानीय जनप्रतिनिधिले सीमित स्रोतसाधनका बाबजुद उद्दार, राहत तथा व्यवस्थापनमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
संसदीय समितिले विद्युत प्राधिकरणसँग माग्यो डिजिटल सञ्चार सञ्जालका कागजात
Latest NewsJust now

संसदीय समितिले विद्युत प्राधिकरणसँग माग्यो डिजिटल सञ्चार सञ्जालका कागजात

नेपाल विद्युत प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धी आयोजनाका आवश्यक कागजात सात दिनभित्र बुझाउन लेखा समितिले निर्देशन दिएको छ।  संघीय संसद्को सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकले आयोजनाको आर्थिक, प्राविधिक तथा प्रक्रियागत पक्षबारे छलफल भएपछि सभापति भरतबहादुर खड्काले थप अध्ययनका लागि आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको ब... ...

नेपालखबर
कालीमाटीमा भित्रिन थाले गोरखा र स्याङ्जाका सुन्तला
Latest NewsJust now

कालीमाटीमा भित्रिन थाले गोरखा र स्याङ्जाका सुन्तला

काठमाडौँ । सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तलाको कारोबार बढ्न थालेको छ । अहिले बजारमा नेपालका विभिन्न जिल्लाबाट ल्याइएका सुन्तला बिक्रीका लागि राखिएका छन्... ...

रातोपाटी
सहिदभूमिमा सुरु भयो पापानी चाडको रौनाक
Latest NewsJust now

सहिदभूमिमा सुरु भयो पापानी चाडको रौनाक

धनकुटा, मङ्सिर ८ गते । धनकुटाको सहिदभूमि गाउँपालिकामा बसोबास गर्ने राई जातिको पापानी चाड सुरु भएको छ । स्थानीय राई जातिहरू नयाँ बाली भित्र्याउने अवसरमा खुसियाली मनाउँदै मङ्गलबारदेख... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement