Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

विपद्बाट प्रभावित २६९ बालबालिकालाई संरक्षणको आवश्यकता, १८ वर्षसम्मको पालनपोषण र शिक्षाको व्यवस्था गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्बाट प्रभावित २६९ बालबालिकालाई संरक्षणको आवश्यकता, १८ वर्षसम्मको पालनपोषण र शिक्षाको व्यवस्था गरिने
Photo / Coverage: पर्दाफास

भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विपद्बाट प्रभावित २ सय ६९ जना बालबालिकालाई विशेष संरक्षणको आवश्यकता रहेको पाइएको छ । तीमध्ये ४१ जना बालबालिकाले बाबुआमा दुवै गुमाएका वा दुवै सम्पर्कविहीन भएका छन् ।सरकारले गरेको विस्तृत अध्ययनका क्रममा यस्तो तथ्य फेला परेको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रभावित बालबालिकाको संरक्षण, पालनपोषण तथा शिक्षाको व्यवस्था गर्न विभिन्न संस्थासँग सहकार्य गरिएको जानकारी दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा बालबालिकाको अवस्था पहिचान गर्न स्थलगत अध्ययन गरिएको बताए । उनका अनुसार विपद्पछि एक साताभित्र गरिएको द्रुत लेखाजोखामा १ हजार २३३ जना बालबालिका विभिन्न होल्डिङ सेन्टरमा रहेको पाइएको थियो । तीमध्ये ६९२ जना बाबुआमासँगै र ५ सय ४१ जना आफन्तसँग रहेका थिए । त्यसपछि गरिएको विस्तृत अध्ययनमा होल्डिङ सेन्टरमा रहेका २ सय ९८ जना र काठमाडौंका विभिन्न स्थान तथा गुम्बामा रहेका २ सय ८६ जना गरी ५ सय ८४ जना बालबालिकाको अवस्था मूल्याङ्कन गरिएको थियो । अध्ययनबाट २ सय ६९ जना बालबालिकालाई विशेष संरक्षणको आवश्यकता रहेको निष्कर्ष आएको राउतले बताए । संरक्षणको आवश्यकता देखिएका बालबालिकामध्ये ४१ जनाले बाबुआमा दुवै गुमाएका वा दुवै सम्पर्कविहीन भएका छन् । त्यस्तै, १ सय ६१ जनाले बाबु गुमाएका वा बाबु सम्पर्कविहीन भएका छन् भने ६७ जनाले आमा गुमाएका वा आमा सम्पर्कविहीन भएका छन् । यस्ता बालबालिकाको संरक्षणका लागि सरकारले ललितपुरको गोदावरी नगरपालिका–ठेचोस्थित पुरानो बालमन्दिर भवन मर्मत तथा व्यवस्थापन गरी अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । कानुनी व्यवस्थाअनुसार निर्देशिका र सञ्चालन कार्यविधि तयार गरी राष्ट्रिय बाल अधिकार परिषद्अन्तर्गत केन्द्र सञ्चालन गरिएको राउतले जानकारी दिए । यसैगरी, भोटेकोशी बाढीका कारण बाबुआमा गुमाएका वा बेपत्ता भएका बालबालिकाको दीर्घकालीन पालनपोषण, शिक्षा र हेरचाहको व्यवस्था गर्न एमआईटी ग्रुप फाउन्डेसनसँग राष्ट्रिय बाल अधिकार परिषद्ले समझदारी गरेको छ । समझदारीअनुसार प्रभावित बालबालिकालाई १८ वर्ष उमेर नपुग्दासम्म बसोबास, खानपान तथा शिक्षाको सम्पूर्ण खर्च फाउन्डेसनले व्यहोर्ने व्यवस्था गरिएको छ । यस कार्यक्रमका लागि ५७ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको राउतले बताए । बालबालिकाको शिक्षालाई निरन्तरता दिन एसओएस चिल्ड्रेन भिलेजसँग पनि सहकार्य गरिएको छ । एमआईटी ग्रुप फाउन्डेसनको सहयोगमा बालबालिकालाई एसओएसमा राखेर शिक्षा प्रदान गरिने र त्यहाँ स्थान अभाव भए अन्य विद्यालयमा कक्षा १२ सम्मको अध्ययन खर्चसमेत फाउन्डेसनले बेहोर्ने समझदारी भएको उनले बताए । यसैबीच, रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित हाकुबेँसी आधारभूत विद्यालयका विद्यार्थीको पढाइ प्रभावित भएपछि अस्थायी विद्यालय सञ्चालनको व्यवस्था गरिएको छ । विद्यालय भवनमा क्षति पुगेपछि काठमाडौं उपत्यकाका स्थानीय तह तथा शिक्षा क्षेत्रसँग समन्वय गरी प्रस्ताव आह्वान गरिएको र पुनर्निर्माण अभियान नेपालको प्रस्ताव स्वीकृत गरिएको राउतले जानकारी दिए । असोज ३० गते मन्त्रीस्तरीय निर्णयबाट अस्थायी विद्यालय सञ्चालनका लागि समझदारी भएपछि कार्यक्रम अघि बढेको उनको भनाइ छ । बालबालिकाको मनोसामाजिक अवस्था सुधार तथा मनोरञ्जनका लागि प्रभावित क्षेत्रमा ५३ वटा बालमैत्री सुरक्षित स्थान निर्माण गरिएको छ । ती स्थानबाट ४ हजार ४५७ जना बालबालिका लाभान्वित भएको मन्त्रालयको तथ्याङ्क छ । विपद् प्रभावित महिला तथा किशोरीको संरक्षणका लागि सञ्चालन गरिएका १० वटा महिला मैत्री स्थानबाट २ हजार ९१० जना महिला र ७५७ जना किशोरीले सेवा लिएका छन् । विपद्का क्रममा महिला तथा बालबालिकाको बेचबिखन र हिंसाका घटना हुन नदिन नेपाल प्रहरीसँगको समन्वयमा निगरानी तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको राउतले बताए । स्थानीय प्रहरी, रेडक्रसका स्वयंसेवक तथा विभिन्न संघसंस्थाको सहकार्यमा अस्थायी संरक्षण केन्द्र र प्रभावित समुदायमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यसम्बन्धी कार्यक्रम गरिएको थियो । विपद् प्रभावित क्षेत्रमा आवश्यकताभन्दा बढी स्वयंसेवक सीमित स्थानमा जम्मा हुँदा भीडभाड र व्यवस्थापनमा समस्या देखिएपछि केही संघसंस्थालाई स्वयंसेवक परिचालन रोक्नसमेत आग्रह गर्नुपरेको उनले बताए । यसैगरी, नुवाकोटस्थित देवघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका ज्येष्ठ नागरिकको उद्धार तथा व्यवस्थापनमा पनि मन्त्रालयले काम गरेको छ । प्रतिष्ठानमा रहेका ३४ जनामध्ये चार जना उपचारका लागि यसअघि नै काठमाडौं आएका थिए भने बाँकी ३० जनामध्ये पाँच जना अझै बेपत्ता रहेको र एक जनाको शव फेला परेको राउतले जानकारी दिए । बाँकी ज्येष्ठ नागरिकमध्ये आफन्तकहाँ गएका व्यक्तिबाहेक सात जनालाई काठमाडौं ल्याएर नेपाल सिनियर केयर होममा राखिएको छ । त्यस्तै, काठमाडौंस्थित पशुपति वृद्धाश्रममा समेत आवश्यकताअनुसार थप ज्येष्ठ नागरिकलाई आश्रय दिन सकिने गरी व्यवस्था खुला गरिएको उनले बताए । राउतले स्थानीय तह, प्रहरी प्रशासन, प्रदेश सरकार, राष्ट्रिय बाल अधिकार परिषद् तथा विभिन्न सामाजिक संघसंस्थाको समन्वयका कारण प्रभावित महिला, किशोरी तथा बालबालिकाको संरक्षणका काम अघि बढाउन सम्भव भएको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरविरुद्ध विराटनगरका तीन खेलाडीको अर्धशतक
OthersJust now

जनकपुरविरुद्ध विराटनगरका तीन खेलाडीको अर्धशतक

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका तीन खेलाडीले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरका लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धशतकीय इनिङ्स खेलेका हुन् । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए । उनले ४० बलमा दुई छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेका थिए ...

पर्दाफास
नेपालकै पहिलो पटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा इक्मो सेवा सुरु
OthersJust now

नेपालकै पहिलो पटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा इक्मो सेवा सुरु

मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन इक्मो सञ्चालनमा ल्याएको छ । ...

अनलाइन खबर
अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु
OthersJust now

अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु

१७ कात्तिक, काठमाडौं । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ सुरु भएको छ । अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले अपि हिमालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ । अपिहिमाल, कालीढुंगा, रिछार्दे… ...

अनलाइन खबर
आवश्यकता अनुसार स्वास्थ्य संस्थामा अस्थायी दरबन्दी थप्दैछौं :  मुख्यमन्त्री थापामगर
OthersJust now

आवश्यकता अनुसार स्वास्थ्य संस्थामा अस्थायी दरबन्दी थप्दैछौं :  मुख्यमन्त्री थापामगर

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play