Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना
Photo / Coverage: नेपालन्युज

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था गर्न तीन वर्षअघि निर्माण गरिएको संरचना अझै सञ्चालनमा आउन सकेको छैन। मुख्य खानेपानीको मुहान र पाइपलाइनमा समस्या हुँदा प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको संरचना पछिल्लो विपद्का बेला पनि उपयोगविहीन बनेको छ। खडेरी, मुहान सुक्ने, पाइप फुट्ने र पहिरोका कारण खानेपानी आपूर्ति अवरुद्ध हुने समस्या समाधान गर्न म्याग्दी नदीको पानी तानेर वितरण गर्ने योजनासहित उक्त संरचना निर्माण गरिएको थियो। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–२ स्थित म्याग्दी नदी किनारको हाडेभिरबाट बराहपाखोमा रहेको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पानी संकलनस्थलसम्म पानी पुर्‍याउने संरचना बनाएको हो। विसं २०८० मा निर्माण सम्पन्न भएको उक्त संरचना प्राविधिक समस्या देखिएपछि हालसम्म सञ्चालनमा आउन सकेको छैन। संस्थालाई हस्तान्तरणसमेत नभएको संरचना पछिल्लो विपद्का बेला पनि प्रयोग गर्न नसकिएको संस्थाका अध्यक्ष रमेश गिरीले बताए। उनका अनुसार असोज ८ देखि ११ गतेसम्मको विपद्ले मुख्य खानेपानी पाइपलाइन क्षतिग्रस्त बनाएपछि बेनीमा आपूर्ति प्रभावित भएको थियो। तर, विकल्पका रूपमा निर्माण गरिएको संरचना सञ्चालनयोग्य नहुँदा त्यसबाट पानी आपूर्ति गर्न सकिएन। विपद्का बेला समेत प्रयोगमा आउन नसकेको संरचनाको औचित्य र सरकारी लगानीको प्रतिफलमाथि उपभोक्ताले प्रश्न उठाएका छन्। उनीहरूले प्राविधिक समस्या समाधान गरी तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्। काठमाडौँको एएम प्याराडाइजले विसं २०७८ असोजमा वैकल्पिक खानेपानी आपूर्ति तथा शुद्धीकरणसम्बन्धी संरचना निर्माणका लागि रु दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो। बेनी नगरपालिका–२ को हाडेभिरमा जमिनको सतहदेखि सात मिटर गहिरो इनार निर्माण गरी विद्युत्बाट सञ्चालन हुने तीनवटा सबमर्सिबल पम्प जडान गरिएको छ। इनारबाट करिब नौ सय मिटर लामो चार इञ्चको जीआई पाइप बिछ्याएर एक सय ३० मिटर उचाइमा रहेको बराहपाखोस्थित रिजर्भ ट्याङ्कीसम्म पानी पुर्‍याउने व्यवस्था गरिएको छ। तीनवटै पम्प सञ्चालन गर्दा प्रतिसेकेन्ड १५ लिटर पानी आपूर्ति गर्न सकिने क्षमता छ। म्याग्दी नदीको सडक पुलदेखि रिजर्भ ट्यांकीसम्मको पाइपलाइन भने प्रयोगमा आएको छ। यसैबीच, बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट पानी ल्याउने १४ किलोमिटर लामो मुख्य पाइपलाइन अस्थायी रूपमा मर्मत गरी कात्तिक २७ गतेदेखि वितरण सुरु गरेको छ। हाल ती मुहानबाट प्रतिसेकेन्ड आठ लिटर पानी आपूर्ति भइरहेको छ। विपद्अघि उक्त मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटर पानी बेनीमा आपूर्ति हुने गरेको थियो। विपद्का कारण पाइपलाइन क्षतिग्रस्त भएपछि आपूर्ति बन्द भएको थियो। संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा दैनिक आवश्यकताका लागि प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी चाहिन्छ। संस्थाले बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार दुई सय घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण गर्दै आएको छ। मागअनुसार पानी आपूर्ति हुन नसकेपछि टोल विभाजन गरेर आलोपालो प्रणालीबाट वितरण गर्नुपरेको उपाध्यक्ष श्रेष्ठले बताए। बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि रु १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु ७० करोड आवश्यक पर्ने लागत अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकामा हवाई प्रणालीपछि अनलाइन बैकिङमा समस्या, आर्थिक कारोबारमा अवरोध
Latest NewsJust now

अमेरिकामा हवाई प्रणालीपछि अनलाइन बैकिङमा समस्या, आर्थिक कारोबारमा अवरोध

केही दिनअघि मात्रै अमेरिकी अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि समस्याहरू देखिएका थिए । बिहीबार माइक्रोसफ्टका सेवाहरु प्रभावित भएका थिए भने शुक्रबार देशको हवाइ ट्राफिक नियन्त्रण प्रणालीमा देखिएको समस्या पूर्ण रुपमा समाधान हुन आइतबारसम्म लागेको थियो ...

कान्तिपुर
पर्यटक पर्खिरहेको रसुवाको डिल्पु कुण्ड
Latest NewsJust now

पर्यटक पर्खिरहेको रसुवाको डिल्पु कुण्ड

• रसुवाको डिल्पु कुण्ड नयाँ पर्यटकीय गन्तव्यको रूपमा चिनिन्छ, जहाँको प्राकृतिक सौन्दर्य र धार्मिक महत्व छ। • स्थानीय तामाङ समुदायले यस कुण्डलाई पवित्र तीर्थस्थलका रूपमा सम्मान गर्छन् र यहाँ विशेष पर्वमा पूजाआजा गर्न आउने परम्परा छ। • डिल्पु कुण्डको विकासका लागि आधारभूत पूर्वाधार, पदमार्ग सुधार र प्रचारप्रसार आवश्यक रहेको छ, जसले स्थानीय अर्थतन्त्र र रोजगारीमा सहयोग पुर्याउनेछ। ...

नेपालबहस
६४९ मेगावाट बिजुली निर्यातको म्याद सकियो, दैनिक साढे १३ करोड गुम्दै
Latest NewsJust now

६४९ मेगावाट बिजुली निर्यातको म्याद सकियो, दैनिक साढे १३ करोड गुम्दै

‘अक्टोबरमा निर्यात अनुमतिको म्याद सकिने जानकारी हुँदाहुँदै पनि ऊर्जा मन्त्रालय र प्राधिकरणको उच्च नेतृत्वबाट समयमै प्रभावकारी पहल भएन’ ...

कान्तिपुर
मुक्तिनाथबाट सुरु भएको रथयात्रा त्रिवेणीधाम पुगेर समापन
Latest NewsJust now

मुक्तिनाथबाट सुरु भएको रथयात्रा त्रिवेणीधाम पुगेर समापन

चितवन। मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ। मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य) को सत्संकल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए। ‘देशका विभिन्न स्थानको यात्रा गर्दै मेची र महाकालीको जल ल्याएका छौँ। उक्त जल गण्डकीमा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play