Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

विपद्का बाबजुद लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापन, भारततर्फ ५८७ मेगावाट निर्यात

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्का बाबजुद लक्ष्मीपूजाको विद्युत् माग व्यवस्थापन, भारततर्फ ५८७ मेगावाट निर्यात
Photo / Coverage: नेपालन्युज

काठमाडौं। प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन र प्रसारण प्रणालीमा क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको विद्युत् माग सफलतापूर्वक व्यवस्थापन गरेको छ। विपद्का कारण रसुवा क्षेत्रमा ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहे पनि प्राधिकरणले माग व्यवस्थापन गर्न सफल भएको हो। प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको थियो। सो समयमा कुल प्रणालीको पिक भार २ हजार ४००.३० मेगावाट रहेको थियो। आन्तरिक माग पूरा गरेर प्राधिकरणले भारततर्फ ५८७.३० मेगावाट विद्युत् निर्यात गरेको छ। यस वर्षको लक्ष्मीपूजाको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो। गत वर्षको लक्ष्मीपूजाको उच्चतम माग १ हजार ७४५ मेगावाट थियो। त्यस्तै, यस वर्ष काठमाडौं उपत्यकाको विद्युत् माग ४८९ मेगावाट पुगेको छ, जुन गत वर्ष ४०२ मेगावाट थियो। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले विद्युत् प्रणालीलाई अविच्छिन्न राख्न देशभर प्राविधिक टोली र आवश्यक उपकरण तयारी अवस्थामा राखिएको बताए। कुनै समस्या देखिए १५ मिनेटभित्र समाधान गर्ने गरी टोली परिचालन गरिएको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चुनौतीपूर्ण परिस्थितिमा पनि माग व्यवस्थापन गर्न सफल भएकोमा प्राधिकरणका कर्मचारी र व्यवस्थापनलाई धन्यवाद दिएका छन्। मन्त्री श्रेष्ठले आइतबार साँझ भार प्रेषण केन्द्र पुगेर विद्युत् माग र आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए। प्राधिकरणको तथ्यांकअनुसार यस वर्ष स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ– १. फोहोर व्यवस्थापन ठुला चाडपर्वहरू; दसैँ र तिहारको समयमा काठमाडौँ उपत्यकामा अत्यधिक... ...

रातोपाटी
बिजुली पसलमा भीषण आगलागी
Latest NewsJust now

बिजुली पसलमा भीषण आगलागी

बाँके । नेपालगन्ज बजारसँग जोडिएको जानकी गाउँपालिका वडा नं ३ को कोरियनपुरस्थित दुई बिजुली पसलमा आज भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार... ...

रातोपाटी
फैलिँदै तिहार, फेरिँदै शैली
Latest NewsJust now

फैलिँदै तिहार, फेरिँदै शैली

तिहार नेपालबाट विश्वभर फैलिँदै जाँदा यसलाई मनाउने शैली पनि परिवर्तन आएको छ । देउसी–भैलोको मौलिक भाकादेखि चंगा र परम्परागत खेलसम्म फेरिँदै गएको छ । नयाँ पुस्ताले परम्परागत असमानतामाथि प्रश्न पनि उठाउन थालका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play