काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा छठ पर्वलाई लक्षित गरी विद्युत् आपूर्ति व्यवस्थापनका लागि भइरहेका तयारीबारे जानकारी लिएका छन्। मन्त्री श्रेष्ठले आइतबार साँझ स्यूचाटारस्थित भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) मा रहेको केन्द्रीय कमाण्ड सेन्टरको निरीक्षण गर्दै विद्युत् आपूर्ति प्रणालीको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन्। निरीक्षणका क्रममा उनले चाडपर्वमा विद्युत्को माग र आपूर्तिको अवस्था, प्रणाली व्यवस्थापन तथा नियमित र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन भइरहेका तयारीबारे जानकारी लिएका थिए। सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले चाडपर्वका समयमा विद्युत् आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन भइरहेका गतिविधिबारे जानकारी गराएका थिए।
विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिन मन्त्री श्रेष्ठ केन्द्रीय कमाण्ड सेन्टरमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






