Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
Photo / Coverage: टेक्नोलोजी खबर

विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ। ‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि गठित कार्यदलले ‘ब्यागलेस डे’ र ‘बुक फ्री फ्राइडे’ जस्ता अभ्यास, राष्ट्रिय मूल्यमा आधारित नैतिक शिक्षा, खेलकुद विज्ञान, स्वास्थ्य तथा कल्याण, जलवायु परिवर्तन, भाषा र सूचना प्रविधिको प्रयोग तथा त्यसको नैतिक पक्षलाई पाठ्यक्रममा समेट्ने तयारी गरेको हो। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ९८औं बैठकले गत वैशाख २२ गते गरेको निर्णयअनुसार काठमाडौं विश्वविद्यालयको शिक्षा सङ्कायका तत्कालीन डीन प्रा. डा. बालचन्द्र लुइँटेलको संयोजकत्वमा १९ सदस्यीय कार्यदल गठन गरी परिमार्जन प्रक्रिया अघि बढाइएको हो। कार्यदलका सदस्यसचिव एवं पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले पाठ्यक्रम प्रारूप परिमार्जनका क्रममा हालसम्मकै व्यापक सरोकारवालाको सहभागिता सुनिश्चित गरिएको बताए। उनका अनुसार विभिन्न माध्यमबाट हालसम्म करिब एक लाख ५० हजार सुझाव प्राप्त भएका छन्। वर्तमान आवश्यकता र भावी पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्ने गरी पाठ्यक्रम प्रारूप परिमार्जन गरिने जानकारि दिए। कार्यदलले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रम प्रारूप तयार पार्नेछ। परिमार्जित प्रारूप र सुझाव प्रतिवेदनका आधारमा क्रमशः नयाँ पाठ्यक्रम निर्माण तथा तर्जुमा गरिनेछ। परिमार्जनका लागि १२ वटा विषयगत समूह गठन गरी कार्यपत्र तयार पारिएको छ। ती समूहले सरोकारवालासँग छलफल, स्थलगत अध्ययन, वेबसाइट, विद्युतीय माध्यम, पेसागत तथा संस्थागत सङ्घसंस्था र विभिन्न फाराममार्फत सुझाव सङ्कलन गरेका छन्। प्रारूप परिमार्जनका क्रममा सङ्घीय शासन प्रणालीमा प्रदेश तथा स्थानीय तहको भूमिका, सामाजिक तथा राजनीतिक परिवर्तन, डिजिटल रूपान्तरण, युवाका आकाङ्क्षा, समावेशिता, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, अध्ययनको श्रेयभार, शिक्षण विधि तथा मूल्याङ्कन प्रणालीलाई प्रमुख विषयका रूपमा समेटिएको छ। केन्द्रका अनुसार पाठ्यक्रम प्रारूपको पुनरावलोकन, सरकारका नीतिगत प्रतिबद्धता, विश्वव्यापी शैक्षिक प्रवृत्ति, अनुसन्धान तथा प्रमाण, वर्तमान अवस्थाको विश्लेषण र सरोकारवालासँगको व्यापक परामर्शलाई परिमार्जनको आधार बनाइएको छ। शिक्षाविद्हरूसँगको छलफलमा व्यावहारिक तथा रोजगारीमुखी शिक्षा, पाठ्यभार र विषयवस्तुको दोहोरोपन हटाउने, डिजिटल साक्षरता तथा कृत्रिम बौद्धिकता, मूल्याङ्कन प्रणालीमा सुधार, शिक्षक सहायता प्रणाली, पेसागत मार्गदर्शन, व्यावसायिक शिक्षा तथा नैतिक र मूल्यमा आधारित शिक्षालाई प्राथमिकता दिन सुझाव प्राप्त भएका छन्। त्यसैगरी, विद्यालय तहदेखि नै खेलकुदलाई शिक्षाको अभिन्न अङ्ग बनाउने, विद्यार्थी परामर्श तथा कल्याण र शिक्षकको तयारी तथा व्यावसायिक विकासलाई पनि पाठ्यक्रम सुधारका महत्वपूर्ण पक्षका रूपमा औँल्याइएको छ। शैक्षिक क्षेत्रका जानकार वासुदेव काफ्लेले मूल्याङ्कन प्रणालीलाई वास्तविक सिकाइमा आधारित, समावेशी, बहुविधियुक्त र तनावमुक्त बनाउनुपर्ने सुझाव दिए। शिक्षकप्रति विश्वास गर्ने मूल्याङ्कन प्रणाली विकास गर्नुका साथै शिक्षक तयारी र सहयोग प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। The post विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने
TechnologyJust now

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने

१० मंसिर, काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता हुन गइरहेको छ । बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उक्त प्रतियोगिता संचालन गर्न लागेको हो । दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताले खेलप्रेमीहरुलाई खेल, प्रकृति र आपसी सद्धावको अनुपम अनुभव हुने विश्वास बैंकले लिएको छ । […] The post ग्लोबल आइएमई ...

आइसिटी फ्रेम
अब एक्स्ट्रिममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प
TechnologyJust now

अब एक्स्ट्रिममा पाँच नयाँ स्वादको मज्जा, उपभोक्तालाई थप विकल्प

१० मंसिर, काठमाडौं। एक्स्ट्रिममले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको छ । युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीहरुले एउटै ब्रान्डमा एक्स्ट्रिम इनर्जीका साथै थप पाँच फरक स्वादको मज्जा लिन पाउने भएका छन् । कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको हो । फरक स्वादसँगै आकर्षक नामले […] The post अब एक्स्ट्रिममा ...

आइसिटी फ्रेम
फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार : ऊर्जामन्त्री श्रेष्ठ
TechnologyJust now

फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार : ऊर्जामन्त्री श्रेष्ठ

१० मंसिर, काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताएका छन् । फोहोरबाट ऊर्जा परियोजनाको पुनःस्थापना, परीक्षण सञ्चालन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोतको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सरकार, स्थानीय तह र नागरिक सबैको […] The post फोहोरबाट ऊर्जा ...

आइसिटी फ्रेम
अनलाइन माग बढ्दा दक्षिण कोरियाको खुद्रा व्यापार ५.७ प्रतिशतले वृद्धि
TechnologyJust now

अनलाइन माग बढ्दा दक्षिण कोरियाको खुद्रा व्यापार ५.७ प्रतिशतले वृद्धि

अनलाइन किनमेलको माग बढेसँगै दक्षिण कोरियाको खुद्रा व्यापारमा अक्टोबरमा ५.७ प्रतिशतले वृद्धि भएको छ। सरकारी तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनामा प्रमुख खुद्रा व्यवसायहरूको कुल आम्दानी बढेको हो। दक्षिण कोरियाको उद्योग, व्यापार तथा स्रोत मन्त्रालयका अनुसार १५ वटा अफलाइन र ११ वटा अनलाइनसहित २६ प्रमुख खुद्रा व्यवसायको संयुक्त आम्दानी अक्टोबरमा वार्षिक रूपमा ५.७ प्रतिशतले बढेको छ। यस अवधिमा अनलाइन खुद्रा बिक्री १०.९ ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement