Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

विद्यार्थीले जोगाउँदै पञ्चैबाजाको मौलिक संस्कृति

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्यार्थीले जोगाउँदै पञ्चैबाजाको मौलिक संस्कृति
Photo / Coverage: हिमालय टाइम्स

स्याङ्जा । विद्यालयमा बाजा बजिरहेको थियो, तर मञ्चमा अतिथिहरू थिएनन्। साना विद्यार्थीहरूले पञ्चैबाजा बजाउन थालेपछि मञ्चमा बसिरहेका प्रमुख अतिथिलगायत अन्य अतिथिको मन थामिएन । उनीहरू विद्यार्थीले बजाएको पञ्चैबाजाको तालमा छमछमी नाचे। यो दृश्य हो, स्याङ्जाको पुतलीबजार नगरपालिका–४, नागडाँडास्थित सामुदायिक विद्यालय सरस्वती माध्यमिक विद्यालयको। शुक्रबार विद्यालयमा पुष्पचन्द्र ट्रस्टले आयोजना गरेको शैक्षिक सामग्री सहयोग कार्यक्रममा विद्यार्थीहरूले पञ्चैबाजाको कलात्मक धुन प्रस्तुत गरेर दर्शकलाई चकित पारेका थिए। पुष्पचन्द्र ट्रस्टकी संस्थापक स्वर्गीय चन्द्रलक्ष्मी श्रेष्ठको ७७औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा कक्षा ८ का सौरभ चौधरी, रिजन परियार, विवश परियार र इसु चौधरी तथा कक्षा ७ का सफल परियारलगायत सात जना विद्यार्थीले पञ्चैबाजा बजाएर सबैको ध्यान खिचेका थिए। साना विद्यार्थीहरूको उत्कृष्ट कला देखेर प्रभावित भएका ट्रस्टका अतिथिहरूले उनीहरूलाई प्रोत्साहनस्वरूप सात हजार रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरे। पुरस्कार पाएपछि विद्यार्थीहरू पनि खुसी भए। सरस्वती माध्यमिक विद्यालयले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै लोकसंस्कृतिको संरक्षण गर्ने उद्देश्यले उनीहरूलाई बाजा बजाउन सिकाउँदै आएको छ। विद्यालयका विभिन्न कार्यक्रममा विद्यार्थीहरूले आफ्नो कला प्रस्तुत गर्ने गरेका छन्। विद्यालयका प्रधानाध्यापक देवनाथ लामिछानेले हराउँदै गएको लोकसंस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले विद्यालयले विद्यार्थीहरूलाई सीपमूलक तालिम दिइरहेको बताउनुभयो। कार्यक्रममा बोल्दै ट्रस्टका अध्यक्ष तथा प्रमुख अतिथि महेन्द्रमान श्रेष्ठ ‘व्यथित’ले विद्यालयले विद्यार्थीहरूको प्रतिभा पहिचान गरी उनीहरूलाई प्रत्यक्ष आयआर्जनमा जोडिन सक्ने सीप सिक्न अभिप्रेरित गरेको देख्दा आफू निकै खुसी भएको बताउनुभयो। उहाँले अन्य विद्यालयले पनि यसबाट सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो। पुष्पचन्द्र ट्रस्टले आयोजना गरेको सहयोग वितरण कार्यक्रममा विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, ज्यामितीय बक्स र विद्यालय झोलालगायत शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै विद्यालयलाई बौद्धिक तथा खेलकुद सामग्रीसमेत प्रदान गरिएको ट्रस्टले जनाएको छ। स्वर्गीय पुष्पमान श्रेष्ठको सामाजिक प्रेरणा तथा स्वर्गीय चन्द्रलक्ष्मी श्रेष्ठले जीवनभर आत्मसात् गर्नुभएको निःस्वार्थ सेवाभाव, त्याग र करुणाको भावनालाई व्यवहारमा उतार्दै बालबालिकाको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको ट्रस्टले जनाएको छ। पुष्प–चन्द्र ट्रस्टका अध्यक्ष महेन्द्रमान श्रेष्ठ ‘व्यथित’को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीयको सहभागिता थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीतादेवी उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्रस्टका सचिव ऋषिराम शर्मा, सहायक प्रधानाध्यापक विशाल गौतम तथा ट्रस्टका संस्थापक सदस्य अनन्तमान श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यार्थी नारायण उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम शिक्षक युवराज पौडेलले सञ्चालन गर्नुभएको थियो। पुष्पचन्द्र ट्रस्टले विगतदेखि नै स्याङ्जा जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न शैक्षिक सामग्री वितरण गर्दै आएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणाली ह्याक
Latest NewsJust now

अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणाली ह्याक

वासिङ्टन डिसी । ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्लेटफर्म ‘क्लाउड वन’ मा साइबर हमला गरी अनधिकृत पहुँच बनाएका छन्। यस मामिलाबारे जानकार तीन व्यक्तिले रोयटर्सलाई दिएको जानकारी अनुसार, यस घटनाले... ...

रातोपाटी
दक्षिण एसियाली खेलकुद फेरि सर्‍यो
Latest NewsJust now

दक्षिण एसियाली खेलकुद फेरि सर्‍यो

पाकिस्तानी मिडियाका अनुसार साउदी अरबको रियादमा आयोजना हुने एसियाली इन्डोर तथा मार्सल आर्ट्स खेलकुदसाग समय तालिका जुधेपछि यो निर्णय लिइएको हो । ...

कान्तिपुर
बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते
Latest NewsJust now

बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६: ३० बजे पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement