Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

विदेश भ्रमणको औचित्य पुष्टि गर्न सांसद संग्रौलाको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेश भ्रमणको औचित्य पुष्टि गर्न सांसद संग्रौलाको माग
Photo / Coverage: नेपालन्युज

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला संग्रौलाले सांसदहरूको विदेश भ्रमण उपलब्धिमूलक हुनुपर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले विदेश भ्रमणको विरोध नभई राज्य कोषबाट हुने खर्चको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिएकी हुन्। देशको आर्थिक अवस्था कमजोर रहेका बेला जनताले तिरेको करबाट हुने भ्रमण घुमघाममा मात्र सीमित हुन नहुने उनको भनाइ छ। भ्रमणबाट प्राप्त हुने उपलब्धिबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उनले उल्लेख गरेकी छन्। पार्टीभित्रैबाट विदेश भ्रमण र सरकारी खर्चबारे प्रश्न उठ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै उनले महामन्त्री विपिन आचार्यले आफ्नो सुझावलाई सकारात्मक रूपमा ग्रहण गरेकोमा धन्यवाद दिएकी छन्। जनताले गरेको विश्वास र मतको सम्मान गर्दै नेता तथा जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा जोड दिँदै संग्रौलाले विदेश भ्रमणमा जाने टोलीलाई शुभकामना समेत दिएकी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौं महानगरको जलवायु भिडियो प्रतियोगिता
Latest NewsJust now

काठमाडौं महानगरको जलवायु भिडियो प्रतियोगिता

काठमाडौं।काठमाडौं महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्य दृश्य) प्रतियोगिता आयोजना गरेको छ। महानगरले एक सूचना जारी गरी ‘काठमाडौं जलवायु कार्य सप्ताह–२०८३’ अन्तर्गत विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गरेको हो। जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासको प्रर्वद्धन तथा क्षति न्यूनीकरणका लागि व्यक्ति र समुदायको जिम्मेवारी प्रर्वद्धन गर्ने उद्देश्यले उक्त ...

नेपालन्युज
काठमाण्डु महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता
Latest NewsJust now

काठमाण्डु महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता आयोजना गरेको छ । महानगरले एक सूचना जारी गरी ‘काठमाण्डु जलवायु कार्य सप्ताह–२०८३’ अन्तर्गत विद्यालय उमेरका बालबालिकालाई लक्षित गरी ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा १ मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गरेको हो । जलवायु परिवर्तनले पारिरहेको विश्वव्यापी असर घटाउन समुदायस्तरमा गर्न सकिने प्रयासको प्रर्वद्धन तथा क्षति […] ...

काठमाण्डुपाटी
नेपालले अब पूरै भूगोलमा रहेको वनक्षेत्रको कार्वन व्यापार गर्दै
Latest NewsJust now

नेपालले अब पूरै भूगोलमा रहेको वनक्षेत्रको कार्वन व्यापार गर्दै

अन्ताल्या (टर्किए), कात्तिक २९ गते । नेपालले अब पूरै मुलुकभरको वनजङ्गलको कार्वन व्यापार गर्ने भएको छ । केही दशकअघिसम्म काठको व्यापार मात्र गर्ने गरेको नेपालले पछिल्ला दिनमा वनजङ्गल... ...

गोरखापत्र
रोनाल्डोको सम्मानमा पोर्चुगलले ७ नम्बर जर्सीको नयाँ डिजाइन गर्दा विवाद
Latest NewsJust now

रोनाल्डोको सम्मानमा पोर्चुगलले ७ नम्बर जर्सीको नयाँ डिजाइन गर्दा विवाद

काठमाडाैं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट २३ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर अन्त्य गरेपछि उनको चर्चित जर्सी नम्बर ७ को भविष्यलाई लिएर चर्चा चुलिएको छ । पोर्चुगल फुटबल महासंघले रोनाल्डोको विरासतलाई सम्मान गर्ने भन्दै सात नम्बरको जर्सीमा नयाँ डिजाइन ल्याएको छ । तर, महासंघको यो निर्णयले समर्थक असन्तुष्ट बनेका छन् । राष्ट्रिय टोलीबाट बिदाइको घोषणा गर्दै रोनाल्डोले आफूले लगाउँदै ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play